...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
alt text

First meeting @Doha

First meeting of our AKC Forum (Aboard kohabara connection forum) @ Doha Qatar, Nearby Tarwar Get on 10 April 2010.

Read More >>>
alt text

कोहबरा गाउ विकास समितिको - एक परिचय

कोहवरा गाउँ विकास समितिको वार्ड न. ७ देखि बाहेक सबै वार्डहरुलाई रतुवा नदीले वर्षेनी कटान गरि कोहबरको जमिन नदि भैरहेको छ र गाउँ विकास समितिका प्रमुख मार्ग हरुमा शाहिद् मार्ग, भानुमार्ग, शिवभक्तिमार्ग , र वानियाटोलि मार्ग, रहेका छन् !

पुरा पढ्नुहोस >>>
alt text

शिव मन्दिर

माहादेवस्थान गाउको - शिव मन्दिर ! जुन कोहबरा -४ मा अबस्थित रहेको छ ! सत्यम, शिवम् सुन्दरम !

Read More >>
alt text

कोहबरा बजार

कोहबरा बजार विचको फलैचा ! वार्ड नम्बर -५ स्थित - कोहबरा बजार

Read More >>>
alt text

मौलाउदो धान खेति !

झापामा अधिकधान बालि हुने गाविस अन्तर्गत -कोहबरा गाविस पनि पर्दछ ! यो तस्विर कोहबरा -४, भानु मार्गको ठिक पश्चिम तिरको हो !

Read More >>>
alt text

शिवालय मन्दिर

कोहबरा गाउ बिकास् समिति वार्ड नम्बर - ७ (सात) स्थित बानियाटोलिको "आरातिनगर " मा रहेको शिवालय मन्दिरको !

फोटो : प्रकाश पराजुली !
AKC Forum GROUPING PIC

AKC Forum

कतारमा कार्यरत -कोहबेरेली साथीहरु ! भेटघाट गर्दै !

@ AKC Forum
alt text

Kohabara Online Team

This is our Work team for Kohabara Online, Prakash Parajuli, Bipin Ojha and Om Bahadur Bogati. We are going to Design and publish some post for Kohabara Online. Thanks for visit it. See you again.

Photo Via Bed Nath

बढी पढिएको पोस्टहरु :-

राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

गजल [ राजु न्यौपाने ]

  • 18 March 2015
  • by
  • Yumesh Pulami
  • सन्तान जन्माई ज्यूँदै फाल्ने,माउहरू बढ्न थाले ।
    आफ्नै छोरी बलात्कार गर्ने, बाउहरू बढ्न थाले ।
    समय काल उचित छैन, जोगिएर हिड्नु राम्रो,
    जागीर भन्दै अस्मिता लुट्ने,साउहरू बढ्न थाले ।
    Read More...पुरै पढ्नु होस् >>>

    कोहबराका केहि झलकहरु [फोटो फिचर्स ]

  • 09 March 2015
  • by
  • Yumesh Pulami
  • कोहबरा-५ ,  अबस्थित : श्री जनता प्रा.वी को अफिसको नाजुक अवस्था !
    Read More...पुरै पढ्नु होस् >>>

    गजल [ Raju RN ]

  • by
  • Yumesh Pulami
  • कर गर्दिन सोल्टिनी, हुन्न भने नाई भन,
    छुन्नै हुन्न भन्छौ भने, अबदेखि दाइ भन

    हुन त हरेक कुरा, मैले भन्दा जानेकी छौ,
    लाज लागे दाइ भन्न, हुन्छ नि त भाइ भन

    आशा मात्रै देखाउँछौ, नजिक पनि पर्दैनौ
    सधैं यसो गर्छौ भने, सदालाई बाइ भन

    केको नक्कल पार्छौ हँ? दुनिया यो जलाउन,
    होइन भने लु आँट, राजु इज माइ भन

    स्रोत: फेसबूक 
    Read More...पुरै पढ्नु होस् >>>

    सुखुना महादेवको मन्दिर पुनर्निर्माण , चैत २ पछी काम थालनी हुने |

  • by
  • Yumesh Pulami

  • झापाको कोहबरा—४ मा रहेको ऐतिहासिक सुखुना महादेवको मन्दिर पुनर्निर्माणका लागि स्थानिय ब्यबसायी तथा समाजसेवी शंकर संग्रौलाले अनुमानित २५ देखि ३० लाख सम्मको बजेटको लागतमा यहि फाल्गुन १५ मा सिलन्यास गर्नु भएको थियो ।उक्त समयमा दाता शंकर संग्रौला लाइ स्थानीयवासीले उनकै घर देखि पन्चे बाजा बजाएर स्वागत गर्दै कार्यक्रम स्थल सम्म पुर्याएका थिए !

    समितिका सचिव श्रीचन्द्र श्रेष्ठले मन्दिर पुनर्निर्माणका लागि सबै भौतिक समाग्रीहरु संग्रौलाले जुटाईदिने र निर्माण कार्य यहि चैत २ पछी शुचारु हुने कुरा जानकारी गराउनु भएको छ । प्रस्तोता कामेश्वर राजबंशीले संचालन गर्नु भएको उक्त कार्यकमको सभापतित्व भने समितिका अध्यक्ष रमेश पुलामीले गर्नु भएको थियो र उक्त कार्यक्रममा स्थानिय समाजसेवी तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो !
    उक्त कार्यक्रमका केहि झलकहरु : 
    Read More...पुरै पढ्नु होस् >>>

    मधेसका पहाडसिंहहरू !

  • 01 September 2014
  • by
  • Yumesh Pulami
  • चेतन अधिकारी
    २०४८ मा जिल्ला शिक्षा समिति झापाले स्थायी शिक्षकका लागि लिएको अन्तर्वार्तामा उनलाई पहिलो प्रश्न सोधियो- तपाईं मधेसमा जन्मिएको मान्छे तर नाम कसरी पहाडसिंह? उनी एकछिन अलमलिए । प्रश्न सोध्नेले नै उनलाई अलि खुकुलो पारिदिए, 'तपाईंका बुवा पहाडमा जागिर खानुहुन्थ्यो र तपाईंपनि उतै जन्मिनुभएको हो ?'


    'हैन सर,'उनले उत्तर दिए ।

    'त्यसो भए नाम कसरी पहाडसिंह त ?' प्रश्न रोकिएन । 

    झापाको दक्षिणी गाउँमा जन्मी-हुर्केका पहाडसिंह राजवंशीको नामलाई लिएर गरिएको पहिलो प्रश्न थिएन त्यो । स्कुलमै छँदादेखि शिक्षक, गाउँले र साथीभाइले यस्तै सोधेर हैरान बनाउँथे । फेरि उनलाई नामको अर्थ पनि थाहा थिएन त्यतिबेला। 'म त उत्तर दिँदा दिँदाहैरान भइसकेको छु,'बैराती प्रावि जुरोपानीका प्रधानअध्यापक पहाडसिंह राजवंशीले भने, 'आज तपाईं फेरि यही प्रश्न लिएर आइपुग्नुभएछ ।'
    Read More...पुरै पढ्नु होस् >>>

    ताजपुरियाको कोहबरा अधिवेशन सम्पन्न !

  • 27 March 2014
  • by
  • Yumesh Pulami
  •  
    ताजपुरिया समाज कल्याण परिषद्को कोहबरा गाउँ अधिवेशन सम्पन्न भएको छ !
      परिषद्का केन्द्रिय कोषाध्यक्ष विक्रम ताजपुरियाको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न सो गाउँ अधिवेशनले सम्पत लाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ! समितिका उपाध्यक्ष, सचिव , सह-सचिव र कोषाध्यक्षमा क्रमश: विपत लाल , देवी प्रसाद, केरकेरु र खड्गनारायण ताजपुरिया छन् !
    त्यस्तै सदस्यहरुमा क्रमश: मणि कुमारी, कुतल, पुस्पट, भक्तिराम, सुकारु, देवकुमारी, हिरालाल र उपेन्द्र ताजपुरिया चयन भएका छन् !
    त्यस्तै अधिवेशनले चैत्र १७ गते देखि दमकमा शुरु हुने केन्द्रिय महाधिवेशनमा सहभागी हुन् महाधिवेशन प्रतिनिधिका रुपमा सम्पत लाल , देवी प्रसाद, खड्ग नारायण र भक्तिराम ताजपुरिया लाइ पठाउने निर्णय गरेको छ ! पर्यवेक्षकका रुपमा लेल्टू र केरकेरु ताजपुरिया लाइ चयन गरिएको छ - भन्ने जानकारी गराएको छ !

    स्रोत: पिपुल्स टाइम्स !

    Read More...पुरै पढ्नु होस् >>>

    कृषि तालिमका लागि २ सयलाई इजरायल पठाइने !

  • 07 July 2013
  • by
  • Yumesh Pulami
  • साना किसानका सन्तानले इजरायलमा तालिमको अवसर पाउने भएका छन् । साना किसान बैंकले २ सय यस्ता युवालाई १० महिने तालिमका लागि त्यहाँ पठाउन लागेको हो । मासुजन्य र अन्य कृषि कर्जा र प्राविधिक सहायता समेत दिइरहेको बैंकले दक्षता अभिवृद्धिका लागि इजरायल पठाउन लागेको हो ।
    'इजरायली सरकारबाट हाम्रो अनुरोधलाई स्वीकार गरी २ सयजना किसानका छोराछोरीलाई १०/११ महिने कृषि लालिमको अवसर प्राप्त भएको छ । भविष्यमा यो संख्या वृद्धि गर्दै लगी कृषिमा आधुनिकीकरण भित्र्याउने हाम्रो अर्को लक्ष्य हो,' बैंकका अध्यक्ष खेमबहादुर पाठकले बैंकको १२ औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा भने । उक्त बैंकले विभिन्न चरणको अन्तर्वार्तापछि त्यहाँ जाने युवा छनोट गरिएको हो ।
      १२ वर्षमा बैंकबाट सेवा लिने परिवारको संख्या ३ लाख ५० हजार पुगेको छ । मुलुकभरका ५ सय ६० गाविसका विपन्न तथा साना किसान परिवारले बैंकमार्फत वित्तीय र गैरवित्तीय सुविधा लिइरहेका छन् । तीन सय ७५ सहकारी यसमा आवद्ध छन् । बैंकका अनुसार अन्य ९२ संस्था निर्माणको क्रममा रहेका छन् । निर्माण भइसकेका वित्तीय संस्थाले ८५ लाखसम्मको नाफा गर्न सफल भएको दाबी बैंकको छ ।
    बैंकका कार्यकारी अधिकृत जलनकुमार शर्माका अनुसार ०५८ साल असार २२ गते स्थापना भएको उक्त विकास बैंकको अधिकृत पुँजी २४ करोड, जारी पुँजी २० करोड र चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको छ । 'सेयरधनी साना किसान सहकारी संस्थाको संख्या २ सय ३१ भन्दा बढी भइसकेको छ । चुक्ता पुँजीमा संस्थाहरूको सेयरको हिस्सा ५५ प्रतिशतभन्दा बढी छ,' उनले भने, 'सर्वसाधारणका लागि छुट्याइएको ६ करोड रुपैयाँको सेयर निष्कासनको क्रममा छ ।' बैंकले मासुजन्य आयात प्रतिस्थापन गर्न १८ हजार पशुपालक साना किसानलाई १ अर्ब ५ करोड रुपैयाँ रकम लगानी गर्ने लक्ष्य समेत लिएको छ ।
    ५ जना पुरस्कृत
    बंैकमार्फत साना किसानको विकासमा योगदान गरेको भन्दै ५ जनालाई सम्मान गरेको छ । बैंकले कुशेश्वर महतो, पुरुषोत्तम श्रेष्ठ, एकराज उप्रेती, मीना ढकाल र स्वर्गीय पुण्यप्रसाद लम्साललाई -मराणोप्रान्त) सम्मान गरेको हो । साना किसान बैंकमार्फत ग्रामीण भेगको गरिबी न्यूनीकरणमा योगदान पुर्‍याएको भन्दै बैंकले राजधानीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
    १ सय ल्यापटप वितरण
    बंैकले वित्तीय कारोबारमा आबद्ध भएका मुलुकभरका १ सय संस्थालाई ल्यापटप वितरण गर्ने भएको छ । वाषिर्क उत्सवको अवसरमा घोषणा गरी केही समूहलाई ल्यापटप वितरणसमेत गरिसकेको छ ।
    साना किसान विकास बैंक मातहतका समूहलाई सम्बन्धित ठाउँमा ल्यापटप पुर्‍याइने बैंक अध्यक्ष पाठकले बताए । 'समूहमा प्रविधिको विकास, आर्थिक पारदर्शिताका लागि अभिलेख राख्ने र उत्पेरणा जगाउनका लागि ल्यापटप दिने अभियान सुरु गरेका हौं,' पाठकले भने, 'ल्यापटप पाउने समूहले कोषमा १० हजार रुपैयाँ रकम राख्नुपर्ने हुन्छ । उक्त रकमले थप संस्थाहरूलाई ल्यापटप दिने अभियान विस्तार गर्दै लैजानेछौं ।'
    Source Via : eKantipur.com - See more at: http://ekantipur.com/np/2070/3/23/full-story/371623.html#sthash.hKHcIuYN.dpuf
    Read More...पुरै पढ्नु होस् >>>

    स्वस्थानी, नारी र विरोधाभासहरु

  • 14 February 2013
  • by
  • Yumesh Pulami

  • Sadhana PratikshyaSadhana Pratiksha : हरेक वर्ष पुस शुक्लपूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म हिन्दु नारीहरूले अत्यन्त श्रद्धासाथ श्री स्वस्थानीको हरेक वर्ष पुस शुक्लपूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म हिन्दु नारीहरूले अत्यन्त श्रद्धासाथ श्री स्वस्थानीको व्रत गर्ने परम्पराअनुरूप यस वर्ष पनि व्रत गरिरहेका छन् । विगतका तुलनामा हाल व्रतालुको संख्या बढ्दो र व्रत गर्ने तरिका पनि औपचारिक बन्दै गएको देखिन्छ । शाली नदीमा स्नान गर्ने मात्र नभएर त्यहीँ बसेर महिनादिनभरि विधिपूर्वक व्रतको अनुष्ठान गर्ने महिलाहरूको संख्या उल्लेख्य रहेको छ । कति महान् छन्, हिन्दु नारीहरू ! पुस-माघको जाडोमा घरमा आगो तापेर वा वातानुकूलित कोठामा आनन्दसँग नबसेर नदी तटका धर्मशालामा बसेर महिना दिन लामो व्रत गर्छन्, आफ्नो परिवारको मंगल कामना गर्दै । तर विडम्बना ! नारीरूले गर्ने नारीरूपी स्वस्थानी देवीको व्रतकथामा उल्लिखित व्रतविधिअनुसार व्रत पूरा गरेपछि प्रसाद झिक्ने प्रसंगमा एक सय आठ विविध प्रसाद सामग्रीमध्ये आठ-आठ छुट्याएर '...पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरो नभए मीत छोरालाई दिनु, मीत छोरो पनि नभए मेरो फलानो कामना सिद्ध होस् भनी गंगामा बगाउनु' भनेर लेखिएको छ । कति ठूलो विभेद गरिएको छ यहाँ छोरीमाथि । त्यो प्रसाद पति नभए मीत छोराको सट्टा आफ्नै छोरीलाई दिनु भनिएको छैन । मीत छोरा नभए प्रसाद खोलामा फाल्ने तर आफ्नै कोखकी सन्तान छोरीलाई दिन नहुने । प्रश्न गर्न मन लाग्छ- कुन भगवान्को उर्दी हो यो ? जब कि भगवान् त सधैं नारी-पुरुष सँगसँगै देखिन्छन्— महादेवसँग पार्वती, विष्णुसँग लक्ष्मी, ब्रह्मासँग सरस्वती, राम-सीता, कृष्ण-राधा आदि । तर धार्मिक विधि बनाउनेहरूले किन यसरी विभेदको मसी पोखेर नारीप्रति अन्यायी नजिर लेखिदिए ? यस्ता थुप्रै प्रसंग छन्, हाम्रो सनातन धर्मसंस्कार अनि परम्परा र संस्कृतिभित्र तर पनि प्रसंग अहिले माघ महात्म्यको मात्र हो । स्वस्थानी कथाका मुख्य पात्रहरू महादेव, सतीदेवी -पार्वती), दक्ष प्रजापति, विष्णु, ब्रह्मा, जालन्धर, वृन्दा आदि दैवी तथा आशुरी पात्र र शिव भट्ट, शिव शर्मा, गोमा, नवराज आदि मानवीय पात्र । कथाअनुसार दक्ष प्रजापतिका सतीदेवीलगायत तेत्तीसकोटी कन्या भएकामा उनले सतीदेवीलाई छोरासरह सम्पत्तिको संरक्षणका लागि राखेका थिए । हिमालयले पनि छोरी पार्वतीलाई बिनाकुनै भेदभाव इच्छाएको व्यक्तिसँग विवाह गरिदिएका थिए । शिव भट्ट ब्राह्मणले गणेशको व्रत गरी सन्तानका रूपमा छोरी गोमालाई प्राप्त गर्दा अत्यन्त प्रसन्न भएका थिए, पुत्र प्राप्तिको हठ गरेका थिएनन् । तर त्यही कथाका विभिन्न प्रसंगमा नारीमाथि अन्याय गरिएको छ । वृन्दाको अस्तित्वमाथि विष्णुले खेलवाड गरेका छन्, सातवर्षे बालिका गोमालाई आदर्शको भारी बोकाएर सत्तरीवर्षे बूढोसँग बिहे गरिएको छ र गर्भवती बनाएर अलपत्र पारिएको छ । यसै प्रसंगमा स्त्रीले गर्न नहुने र गरेमा पाप लाग्ने उपदेश यसरी दिइएको छ— 'आफ्नो पुरुषलाई रिस गरेर हेरे डेढी हुन्छे, पुरुषको आज्ञा पालन नगरे पापिनी हुन्छे, पुरुषसँग मुखमुखै लागे लाटी हुन्छे, लुकाएर खाएमा कुकुर्नी हुन्छे, द्रोह गरेमा गोही हुन्छे' । तर पत्नीमाथि अन्याय गर्ने पतिका लागि खै त कुनै पापका प्रावधानहरू ? पत्नीमाथि हात उठाउने पति डुँडो हुन्छ, जाँड खाएर पत्नीलाई तथानाम गाली गरेमा लाटो हुन्छ, पत्नीमाथि ज्यादती र शोषण गर्ने पति महापातकी हुन्छ आदिजस्ता प्रसंगहरू खै त ? वृन्दाको पतिव्रताको त्यत्रो बखान छ, उसको पतिलाई मार्नसमेत छल गरेरै भए पनि उसको पतिव्रता धर्म नष्ट गराउनुपर्‍यो तर पुरुषको पत्नी व्रतासम्बन्धी प्रसंग खै त ? निष्ठा र इमानदारी केवल नारीहरूमा खोजिएको छ, पुरुषमा छैन किन ? महादेव स्वामी पाउन पार्वतीले गरेको व्रत भनी आज पनि थुप्रै अविवाहित नारीहरू स्वस्थानीको व्रत बस्छन्, तीजको व्रत बस्छन्, असल पति प्राप्तिको कामना गर्दै, तर खै त पुरुषले असल पत्नी प्राप्तिका लागि गर्नुपर्ने कुनै व्रत ? आफ्नो पति र परिवारको मंगलका लागि नारीहरू व्रत बस्छन्, तर कुनै पुरुष पत्नीका लागि व्रत बसेको उदाहरण हाम्रो समाजमा छ ? किन बनाइएनन् यस्ता व्रतहरू, जो पुरुषले गरून्, त्यो पनि नारीहरूका लागि ? यस्ता असंख्य प्रश्नको समाधान खोज्नका लागि धर्मग्रन्थ रचनाको प्रारम्भसम्म पुग्नुपर्ने हुन्छ । ईश्वरीय विषयवस्तुलाई लिएर कथा साहित्य सिर्जना गर्ने पुरुषप्रधान समाजका पुरुष लेखकको पुरुष मानसिकताको उपज हुनाले नै धार्मिक कथाहरू यस्तो विभेदकारी रूपमा प्रस्तुत भएका हुन् । जगतगुरुका रूपमा पुजित र प्रतिष्ठित दण्डी स्वामी शङ्कराचार्यले 'प्रश्नोत्तरी' मा नारीलाई नरकको द्वार, मदिरा, पिशाच, बन्धन आदि भनेर घोर निन्दा गरेका छन् । यसैलाई पछ्याउँदै गोस्वामी तुलसीदासले 'ढोल, गँवार, शूद्र, पशु, नारी ये सब ताडनके अधिकारी' भनेका छन् । संस्कृत साहित्यमा 'पिता रक्षति कौमार्य, भर्ता रक्षति यौवने । पुत्रश्च स्थविरे भावे न स्त्री स्वतन्त्र्यमहर्ति' अर्थात् कुमारी हुँदा पिता, यौवनकालमा पति र बुढ्यौलीमा पुत्रद्वारा रक्षित हुनुपर्ने नारी कुनै पनि अवस्थामा स्वतन्त्र रहन योग्य छैन भनिएको छ । पाश्चात्य साहित्यमा पनि अरिस्टोटलले दुःखान्त नाटकका चरित्रका विषयमा चर्चा गर्दा स्त्री र दास दुवै भद्र हुन सक्ने भए पनि स्त्रीलाई केही निम्नस्तरको प्राणी र दासलाई बिल्कुल निम्न दर्जाको जीव भन्दै सामाजिक प्रतिष्ठा र साहित्यिक मर्यादाक्रममा स्त्रीलाई पुरुषभन्दा तल र दासभन्दा केही माथि राखेका छन् । धार्मिक पुस्तकहरू पनि पुरुषहरूद्वारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्त्व दिनुभन्दा दबाउनेतिर नै बढी सचेतता देखिन्छ । किनभने नारीमाथि लगाइएका सामाजिक प्रतिबन्धहरूको वैधानिकता यस्तै पुस्तकहरूले पुष्टि गर्छन्, पापको त्रास देखाएर । तर वास्तविकता यो छ कि यहाँ अधिकांशलाई पाप र धर्मको अर्थबोध नै छैन । अठार पुराणका रचयिता व्यासले ती सम्पूर्ण पुराणको सार यसरी व्यक्त गरेका छन्— 'परोपकार पुण्याय, पापाय परपीडनम्' अर्थात् परोपकार नै धर्म हो, अर्कालाई पीडा दिनु पाप हो । प्रसंग उही स्वस्थानीको, यसमा राम्रा तथा पे्ररणादायी पक्षहरू पनि छन् । एकपल्ट कक्षामा 'पे्रमपिण्ड' नाटक पढाउने क्रममा कृष्ण भगवान्को प्रसंग आउँदा एकजना छात्रले प्रश्न गरेका थिए, 'पत्नीको मृत्युपश्चात् उनको शव बोकेर बहुलाहा भई सारा पृथ्वी भ्रमण गर्दै हिँडेका महादेवलाई छाडेर बहुपत्नी भएका विलासी कृष्णलाई पे्रमका देवता भन्न मिल्ला र ?' यो प्रसंग प्रेरणादायी पनि छ । महादेवले पत्नीको लास बोकेर बहुलाहा भई हिँड्दा त्यो लास सडेर खसेकोसम्म पत्तो नपाएको र चेतना आएपछि उनकै पुनर्जन्म पार्वतीसँग विवाह गरेर हरेक कुरामा सहकार्य गरेको प्रसंगबाट उनको पत्नीप्रतिको प्रेम र समर्पण सजिलै बुझ्न सकिन्छ । खै त हिन्दु परम्पराका पुरुषहरूले यसबाट पे्ररणा ग्रहण गरी पत्नीप्रति समर्पित भएको ? यहाँ त पत्नीलाई दासीका रूपमा हेरिनुका साथै पत्नी मर्नासाथ अर्को बिहे गर्नाका लागि पतिले पत्नीको काजकिरियासमेत गर्न नपर्ने नियम बनाइएको छ । स्वस्थानी व्रतकथाको आलोच्य पक्ष के छ भने ठाउँ-ठाउँमा ईश्वरलाई असुन्दर रूपमा चित्रण गरिएको छ । वृन्दाको प्रसंगमा, जालन्धर आशुरी प्रवृत्ति हुनाले पार्वतीप्रति मोहित भएर कुदृष्टि राख्यो, तर विष्णु देवता भएर पनि किन वृन्दालाई छल गर्न गए ? जालन्धरलाई अन्य कुनै उपायद्वारा मारेको देखाउन पनि सकिन्थ्यो, किन विष्णुद्वारा निर्दोष वृन्दाको पतिव्रता हरण गरियो ? शिव भट्टको दानशीलताले इन्द्रासन डगमगाउँदा उनलाई अन्य उपायद्वारा नरोकेर उनकी छोरी निर्दोष बालिका गोमालाई महादेवद्वारा किन कठोर श्राप दिइयो ? र पछि स्वयं महादेवले वृद्ध शिव शर्मा बनेर सातवर्षे गोमालाई बलपूर्वक बिहे गरी किन अलपत्र पारियो ? यस्ता थुप्रै प्रसंगबाट झिकिएका केही उदाहरण मात्र हुन् यी । वास्तवमा ईश्वर त निरञ्जन, निराकार, अनि सर्वव्यापी छ । हामी अनेक रूपमा कल्पना गछौर्ं, पूजा गर्छौं । मान्छेका आआफ्नै आस्था-विश्वास र कल्पनामा निर्मित छ ईश्वरीय स्वरूप । यसैअनुसार कवि, लेखकहरूले धार्मिक काव्य—कथा लेख्छन् । तर यसरी लेख्ने क्रममा उनीहरूले ईश्वरलाई सुन्दर रूपमा मात्र चित्रण गर्नुपर्छ भन्ने सचेतता देखाउन भने सकेको देखिँदैन । वास्तवमा ईश्वरले अबोध बालकले जोगीलाई भिक्षा नदिँदैमा श्राप दिँदैनन्, ईश्वरले अर्काकी श्रीमतीमाथि कुदुष्टि राख्दैनन् र छल पनि गर्दैनन् । पूजा नगर्दैमा र व्रत नबस्दैमा पाप पनि लगाइदिँदैनन्, किनकि ईश्वर सदा कल्याणकारी हुन्छन् । व्रत गर्ने परम्पराअनुरूप यस वर्ष पनि व्रत गरिरहेका छन् । विगतका तुलनामा हाल व्रतालुको संख्या बढ्दो र व्रत गर्ने तरिका पनि औपचारिक बन्दै गएको देखिन्छ । शाली नदीमा स्नान गर्ने मात्र नभएर त्यहीँ बसेर महिनादिनभरि विधिपूर्वक व्रतको अनुष्ठान गर्ने महिलाहरूको संख्या उल्लेख्य रहेको छ । कति महान् छन्, हिन्दु नारीहरू ! पुस-माघको जाडोमा घरमा आगो तापेर वा वातानुकूलित कोठामा आनन्दसँग नबसेर नदी तटका धर्मशालामा बसेर महिना दिन लामो व्रत गर्छन्, आफ्नो परिवारको मंगल कामना गर्दै । तर विडम्बना ! नारीरूले गर्ने नारीरूपी स्वस्थानी देवीको व्रतकथामा उल्लिखित व्रतविधिअनुसार व्रत पूरा गरेपछि प्रसाद झिक्ने प्रसंगमा एक सय आठ विविध प्रसाद सामग्रीमध्ये आठ-आठ छुट्याएर '...पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरो नभए मीत छोरालाई दिनु, मीत छोरो पनि नभए मेरो फलानो कामना सिद्ध होस् भनी गंगामा बगाउनु' भनेर लेखिएको छ । कति ठूलो विभेद गरिएको छ यहाँ छोरीमाथि । त्यो प्रसाद पति नभए मीत छोराको सट्टा आफ्नै छोरीलाई दिनु भनिएको छैन । मीत छोरा नभए प्रसाद खोलामा फाल्ने तर आफ्नै कोखकी सन्तान छोरीलाई दिन नहुने । प्रश्न गर्न मन लाग्छ- कुन भगवान्को उर्दी हो यो ? जब कि भगवान् त सधैं नारी-पुरुष सँगसँगै देखिन्छन्— महादेवसँग पार्वती, विष्णुसँग लक्ष्मी, ब्रह्मासँग सरस्वती, राम-सीता, कृष्ण-राधा आदि । तर धार्मिक विधि बनाउनेहरूले किन यसरी विभेदको मसी पोखेर नारीप्रति अन्यायी नजिर लेखिदिए ? यस्ता थुप्रै प्रसंग छन्, हाम्रो सनातन धर्मसंस्कार अनि परम्परा र संस्कृतिभित्र तर पनि प्रसंग अहिले माघ महात्म्यको मात्र हो । स्वस्थानी कथाका मुख्य पात्रहरू महादेव, सतीदेवी -पार्वती), दक्ष प्रजापति, विष्णु, ब्रह्मा, जालन्धर, वृन्दा आदि दैवी तथा आशुरी पात्र र शिव भट्ट, शिव शर्मा, गोमा, नवराज आदि मानवीय पात्र । कथाअनुसार दक्ष प्रजापतिका सतीदेवीलगायत तेत्तीसकोटी कन्या भएकामा उनले सतीदेवीलाई छोरासरह सम्पत्तिको संरक्षणका लागि राखेका थिए । हिमालयले पनि छोरी पार्वतीलाई बिनाकुनै भेदभाव इच्छाएको व्यक्तिसँग विवाह गरिदिएका थिए । शिव भट्ट ब्राह्मणले गणेशको व्रत गरी सन्तानका रूपमा छोरी गोमालाई प्राप्त गर्दा अत्यन्त प्रसन्न भएका थिए, पुत्र प्राप्तिको हठ गरेका थिएनन् । तर त्यही कथाका विभिन्न प्रसंगमा नारीमाथि अन्याय गरिएको छ । वृन्दाको अस्तित्वमाथि विष्णुले खेलवाड गरेका छन्, सातवर्षे बालिका गोमालाई आदर्शको भारी बोकाएर सत्तरीवर्षे बूढोसँग बिहे गरिएको छ र गर्भवती बनाएर अलपत्र पारिएको छ । यसै प्रसंगमा स्त्रीले गर्न नहुने र गरेमा पाप लाग्ने उपदेश यसरी दिइएको छ— 'आफ्नो पुरुषलाई रिस गरेर हेरे डेढी हुन्छे, पुरुषको आज्ञा पालन नगरे पापिनी हुन्छे, पुरुषसँग मुखमुखै लागे लाटी हुन्छे, लुकाएर खाएमा कुकुर्नी हुन्छे, द्रोह गरेमा गोही हुन्छे' । तर पत्नीमाथि अन्याय गर्ने पतिका लागि खै त कुनै पापका प्रावधानहरू ? पत्नीमाथि हात उठाउने पति डुँडो हुन्छ, जाँड खाएर पत्नीलाई तथानाम गाली गरेमा लाटो हुन्छ, पत्नीमाथि ज्यादती र शोषण गर्ने पति महापातकी हुन्छ आदिजस्ता प्रसंगहरू खै त ? वृन्दाको पतिव्रताको त्यत्रो बखान छ, उसको पतिलाई मार्नसमेत छल गरेरै भए पनि उसको पतिव्रता धर्म नष्ट गराउनुपर्‍यो तर पुरुषको पत्नी व्रतासम्बन्धी प्रसंग खै त ? निष्ठा र इमानदारी केवल नारीहरूमा खोजिएको छ, पुरुषमा छैन किन ? महादेव स्वामी पाउन पार्वतीले गरेको व्रत भनी आज पनि थुप्रै अविवाहित नारीहरू स्वस्थानीको व्रत बस्छन्, तीजको व्रत बस्छन्, असल पति प्राप्तिको कामना गर्दै, तर खै त पुरुषले असल पत्नी प्राप्तिका लागि गर्नुपर्ने कुनै व्रत ? आफ्नो पति र परिवारको मंगलका लागि नारीहरू व्रत बस्छन्, तर कुनै पुरुष पत्नीका लागि व्रत बसेको उदाहरण हाम्रो समाजमा छ ? किन बनाइएनन् यस्ता व्रतहरू, जो पुरुषले गरून्, त्यो पनि नारीहरूका लागि ? यस्ता असंख्य प्रश्नको समाधान खोज्नका लागि धर्मग्रन्थ रचनाको प्रारम्भसम्म पुग्नुपर्ने हुन्छ । ईश्वरीय विषयवस्तुलाई लिएर कथा साहित्य सिर्जना गर्ने पुरुषप्रधान समाजका पुरुष लेखकको पुरुष मानसिकताको उपज हुनाले नै धार्मिक कथाहरू यस्तो विभेदकारी रूपमा प्रस्तुत भएका हुन् । जगतगुरुका रूपमा पुजित र प्रतिष्ठित दण्डी स्वामी शङ्कराचार्यले 'प्रश्नोत्तरी' मा नारीलाई नरकको द्वार, मदिरा, पिशाच, बन्धन आदि भनेर घोर निन्दा गरेका छन् । यसैलाई पछ्याउँदै गोस्वामी तुलसीदासले 'ढोल, गँवार, शूद्र, पशु, नारी ये सब ताडनके अधिकारी' भनेका छन् । संस्कृत साहित्यमा 'पिता रक्षति कौमार्य, भर्ता रक्षति यौवने । पुत्रश्च स्थविरे भावे न स्त्री स्वतन्त्र्यमहर्ति' अर्थात् कुमारी हुँदा पिता, यौवनकालमा पति र बुढ्यौलीमा पुत्रद्वारा रक्षित हुनुपर्ने नारी कुनै पनि अवस्थामा स्वतन्त्र रहन योग्य छैन भनिएको छ । पाश्चात्य साहित्यमा पनि अरिस्टोटलले दुःखान्त नाटकका चरित्रका विषयमा चर्चा गर्दा स्त्री र दास दुवै भद्र हुन सक्ने भए पनि स्त्रीलाई केही निम्नस्तरको प्राणी र दासलाई बिल्कुल निम्न दर्जाको जीव भन्दै सामाजिक प्रतिष्ठा र साहित्यिक मर्यादाक्रममा स्त्रीलाई पुरुषभन्दा तल र दासभन्दा केही माथि राखेका छन् । धार्मिक पुस्तकहरू पनि पुरुषहरूद्वारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्त्व दिनुभन्दा दबाउनेतिर नै बढी सचेतता देखिन्छ । किनभने नारीमाथि लगाइएका सामाजिक प्रतिबन्धहरूको वैधानिकता यस्तै पुस्तकहरूले पुष्टि गर्छन्, पापको त्रास देखाएर । तर वास्तविकता यो छ कि यहाँ अधिकांशलाई पाप र धर्मको अर्थबोध नै छैन । अठार पुराणका रचयिता व्यासले ती सम्पूर्ण पुराणको सार यसरी व्यक्त गरेका छन्— 'परोपकार पुण्याय, पापाय परपीडनम्' अर्थात् परोपकार नै धर्म हो, अर्कालाई पीडा दिनु पाप हो । प्रसंग उही स्वस्थानीको, यसमा राम्रा तथा पे्ररणादायी पक्षहरू पनि छन् । एकपल्ट कक्षामा 'पे्रमपिण्ड' नाटक पढाउने क्रममा कृष्ण भगवान्को प्रसंग आउँदा एकजना छात्रले प्रश्न गरेका थिए, 'पत्नीको मृत्युपश्चात् उनको शव बोकेर बहुलाहा भई सारा पृथ्वी भ्रमण गर्दै हिँडेका महादेवलाई छाडेर बहुपत्नी भएका विलासी कृष्णलाई पे्रमका देवता भन्न मिल्ला र ?' यो प्रसंग प्रेरणादायी पनि छ । महादेवले पत्नीको लास बोकेर बहुलाहा भई हिँड्दा त्यो लास सडेर खसेकोसम्म पत्तो नपाएको र चेतना आएपछि उनकै पुनर्जन्म पार्वतीसँग विवाह गरेर हरेक कुरामा सहकार्य गरेको प्रसंगबाट उनको पत्नीप्रतिको प्रेम र समर्पण सजिलै बुझ्न सकिन्छ । खै त हिन्दु परम्पराका पुरुषहरूले यसबाट पे्ररणा ग्रहण गरी पत्नीप्रति समर्पित भएको ? यहाँ त पत्नीलाई दासीका रूपमा हेरिनुका साथै पत्नी मर्नासाथ अर्को बिहे गर्नाका लागि पतिले पत्नीको काजकिरियासमेत गर्न नपर्ने नियम बनाइएको छ । स्वस्थानी व्रतकथाको आलोच्य पक्ष के छ भने ठाउँ-ठाउँमा ईश्वरलाई असुन्दर रूपमा चित्रण गरिएको छ । वृन्दाको प्रसंगमा, जालन्धर आशुरी प्रवृत्ति हुनाले पार्वतीप्रति मोहित भएर कुदृष्टि राख्यो, तर विष्णु देवता भएर पनि किन वृन्दालाई छल गर्न गए ? जालन्धरलाई अन्य कुनै उपायद्वारा मारेको देखाउन पनि सकिन्थ्यो, किन विष्णुद्वारा निर्दोष वृन्दाको पतिव्रता हरण गरियो ? शिव भट्टको दानशीलताले इन्द्रासन डगमगाउँदा उनलाई अन्य उपायद्वारा नरोकेर उनकी छोरी निर्दोष बालिका गोमालाई महादेवद्वारा किन कठोर श्राप दिइयो ? र पछि स्वयं महादेवले वृद्ध शिव शर्मा बनेर सातवर्षे गोमालाई बलपूर्वक बिहे गरी किन अलपत्र पारियो ? यस्ता थुप्रै प्रसंगबाट झिकिएका केही उदाहरण मात्र हुन् यी । वास्तवमा ईश्वर त निरञ्जन, निराकार, अनि सर्वव्यापी छ । हामी अनेक रूपमा कल्पना गछौर्ं, पूजा गर्छौं । मान्छेका आआफ्नै आस्था-विश्वास र कल्पनामा निर्मित छ ईश्वरीय स्वरूप । यसैअनुसार कवि, लेखकहरूले धार्मिक काव्य—कथा लेख्छन् । तर यसरी लेख्ने क्रममा उनीहरूले ईश्वरलाई सुन्दर रूपमा मात्र चित्रण गर्नुपर्छ भन्ने सचेतता देखाउन भने सकेको देखिँदैन । वास्तवमा ईश्वरले अबोध बालकले जोगीलाई भिक्षा नदिँदैमा श्राप दिँदैनन्, ईश्वरले अर्काकी श्रीमतीमाथि कुदुष्टि राख्दैनन् र छल पनि गर्दैनन् । पूजा नगर्दैमा र व्रत नबस्दैमा पाप पनि लगाइदिँदैनन्, किनकि ईश्वर सदा कल्याणकारी हुन्छन् । 
    Via : eKantipur.com
    Read More...पुरै पढ्नु होस् >>>

    ब्लगिङबाट पनि आम्दानी गर्न सकिन्छ ?

  • 07 February 2013
  • by
  • Yumesh Pulami

  • आजको समयमा संसार एउटै उपकरणमा सीमित भएको छ। यसको मुख्य श्रेय सामाजिक सञ्जालका फेसबुक, म्याप तथा  अनलाइन वेबसाइट आदिलाई जान्छ, तर ब्लगलाई प्रयोगकर्ताहरूले बिर्सिएको वा महत्व नदिएजस्तो देखिन्छ। अलिकति  प्राविधिक ज्ञान हुने हो भने हामी आफैंले पनि आफ्नो निजी ब्लग बनाएर त्यसमा नयाँ सोच एवं खोजहरू प्रस्तुत गरी घर  बसी-बसी आम्दानी पनि गर्न सक्छौं।

    के हो ब्लग ?

    वास्तवमा ब्लग भनेको वेबलग हो। यो व्यक्तिगत वेबसाइट हुनसक्छ जसमा चाहेका सामग्रीहरू अपलोड गरी पोष्ट गर्न  सकिन्छ। प्रत्येक पोस्टिङमा हामीले आफ्नै लेख, रोचक जानकारी तथा त्यस्ता सामग्रीहरू अपलोड गर्न सक्छौं, जुन प्रयोगकर्ताहरूका लागि आकर्षक र उपलब्धिमूलक होस्। यति मात्र होइन, यसमा हामीले आफ्नो व्यक्तिगत अनुभव, आफ्नो जीवनमा  घटेका घतलाग्दा घटना वा प्रसंग आदि पनि राख्न सक्छौं। प्रयोगकर्ताले ती लेख तथा पोस्टिङहरू पढेर आफ्ना विचार तथा  सुझावहरू लेख्न पाउँछन्। यदि लेख तथा अपलोड गरिएका अन्य सामग्रीहरू साँच्चिकै रोचक, आकर्षक वा उपलब्धिमूलक  छन् भने निश्चय पनि प्रतिक्रियाहरू आउनेछन्। हामीले बनाएको वेबसाइट वा तिनमा राखिएका लेख तथा ती सँगै जोडिएका  प्रतिक्रिया, त्यससँग सम्बन्धित तस्बिर आदिलाई समग्र रूपमा 'ब्लग' को नाम दिइएको छ। जति-जति ब्लगमा प्रयोगकर्ताहरूले  प्रतिक्रिया, सुझाव दिंदै जान्छन् त्यति त्यति ब्लगले ख्याति प्राप्त गर्नेछ।

    एक युवा डाक्टर डुगि हाउजरले आफ्नो व्यक्तिगत रोचक प्रसंगहरू कम्प्युटरमा दैनिकीको हिसाबले संग्रहित गर्थे। उनले  आफ्ना रोचक प्रसंग तथा आफूसँग बितेका रमाइला तथा तीता प्रसंगहरू आफ्नो हार्ड ड्राइभमा स्टोर गर्थे र पछि तिनलाई  वेबमा अपलोड गर्थे। भनिन्छ, ब्लगिङको सुरुवात यहीबाट भयो, तर ब्लगिङको आधिकारिक परिचय भने सन् १९९७ मा जर्न  बार्गरले दिएका हुन्। उक्त ब्लग जो कसैले पनि बनाउन सक्ने तथा अन्य तेस्रो व्यक्तिले आफ्नो इच्छा लागेमा त्यसमा सल्लाह  र सुझाव दिन सक्नुका साथै तस्बिर, गीत तथा भिडियो पनि अपलोड गर्ने सक्ने खालको थियो। यसलाई आजभोलिको  फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालका वेबसाइटसँग तुलना गर्न सकिन्छ। फरक यति मात्र हो कि यी सामाजिक  सञ्जालका वेबसाइटहरूको पूर्ण नियन्त्रण केही सीमित व्यक्तिमा हुन्छ भने निर्माण गरेको ब्लगको सम्पूर्ण अधिकार तथा  नियन्त्रण हामीसँगै हुन्छ। यदि वेबसाइटसम्बन्धी थोरै पनि जानकारी छ भने हामीले आफैंले आफ्नो ब्लग निर्माण गर्न सकिन्छ।

    त्यस्ता थुप्रै अनलाइन पोर्टलहरू पनि छन् जसले ब्लग बनाइदिन्छन्, हामीले खाली आफ्ना सामग्रीहरू अपलोड गर्नुपर्ने हुन्छ।  ब्लगिङका दुई मुख्य फाइदा छन्। पहिलो, आजभोलि सबै ताजा प्रसंग, नयाँ तस्बिर तथा भिडियो हेर्न चाहन्छन्। यस्तो स्थितिमा  जुन ब्लगरले सबैभन्दा पहिले यस्ता सामग्री अपलोड गर्छ, उसैले सबैभन्दा बढी ख्याति प्राप्त गर्ने सम्भावना रहन्छ। दोस्रो हो,  ब्लगिङ सफ्टवेयर। इन्टरनेटमार्फत एकदमै स्तरीय ब्लगिङ वेबसाइट निर्माण गरिदिने ब्लगिङ सफ्टवेयर डाउनलोड गरी  आफूलाई पायक पर्ने खालका ब्लगिङ वेबसाइटहरू निर्माण गर्न सकिन्छ। यस्ता ब्लगिङ सफ्टवेयरहरू सःशुल्क तथा निःशुल्क  समेत हुन्छन्।

    ब्लगिङबाट आम्दानी 

    अहिलेसम्म प्रायः ब्लगहरू व्यक्तिगत अभिप्रायले वा रमाइलोका लागि मात्र निर्माण गरिएको देखिन्छ, तर तीमध्ये केहीले माथि  भनिएजस्तै उद्देश्य अपनाएर आफ्नो ब्लगलाई लोकप्रिय बनाउने मात्र नभई त्यसबाट राम्रै आम्दानी पनि गरेको देखिन्छ। मानौं  बजारमा एउटा नयाँ भर्सनको ल्यापटप आएको छ वा आउनेवाला छ जसको जानकारी प्रायःजसो प्रयोगकर्तालाई थाहा छैन।  अब हामीले उक्त ल्यापटपसम्बन्धी सम्पूर्ण जानकारी (सकारात्मक तथा नकारात्मक पक्षहरूसमेत) आफ्नो ब्लगमा  तस्बिरसहित राख्यौं भने निश्चित रूपले केही प्रयोगकर्ताले हेर्ने तथा पढ्नेछन्। त्यसपछि हामीले दिएको जानकारी सही र  उपलब्धिमूलक भएको खण्डमा हाम्रो ब्लग र त्यसको लोकप्रियता बढ्नेछ। यसबाट बिस्तारै आफ्नो ब्लगमा कुनै नयाँ प्रोडक्ट  वा उपकरणका निर्माताहरूसँग सम्बन्धन प्राप्त गरेर आम्दानी गर्न सकिन्छ। यसका लागि Affiliate program हरू  इन्टरनेटमा प्रशस्त भेटिन्छन् जसले आफ्नो ब्लग र उत्पादन संस्थाहरूको बीचमा सम्बन्धन स्थापना गराइदिन्छन्। यो त भयो  एउटा प्रोडक्टको मार्केटिङको उदाहरण। यसबाहेक हामीले युजर तथा ब्लगका पाठकहरूको रुचि केमा छ, उनीहरूले हरेक दिन  कस्तो विषयमा जानकारीको अपेक्षा राख्छन्, त्यसलाई सम्झेर, बुझेर आफ्नो ब्लगलाई अपडेट, अपलोड गर्नुपर्ने हुन्छ। ब्लग  हिट गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको खण्डमा विभिन्न संघ-संस्थाहरूसँग उनीहरूको लोगो वा विज्ञापन ब्लगको  कुनै स्पेसमा राखेर पनि आम्दानी गर्न सकिन्छ।

    यसबाहेक विभिन्न निर्माता कम्पनीहरूसँग आफ्नो ब्लगको सम्बन्धन जोडन सकिन्छ। यसका लागि भरपर्दो Affiliate program रोज्नुपर्ने हुन्छ। यस्ता सम्बन्धन प्राप्त निर्माता कम्पनीहरूसँग उनीहरूले निर्माण गरेका सामग्री, ल्यापटप, मोबाइल  आदि थुप्रै प्रोडक्ट आफ्नो ब्लगमा पोस्ट गराएर खरिद-बिक्री गर्न सकिन्छ। 

    Google Adsense (गुगलको एडसेन्स)ः आफ्नो ब्लगबाट राम्रो आम्दानी गर्ने अर्को उत्तम उपाय हो- गुगलको एड्सेन्स।  एउटा राम्रो ब्लग बनाउन आफ्ना तर्फबाट अत्यधिक समय तथा मेहनत खर्चिनुपर्ने हुन्छ। यसबाट ब्लगको ट्राफिक पनि बढ्दै  जान्छ। यहाँ ट्राफिक भन्नाले कति जना युजर वा प्रयोगकर्ताले आफ्नो ब्लग भ्रमण गरे भन्ने हो, त्यो संख्या जति जति बढ्दै  जान्छ, त्यति नै ब्लगको ट्राफिक रेट बढेको मानिन्छ।

    गुगलको एड्सेन्स अहिलेसम्मकै सबैभन्दा पुरानो वेब प्रोग्राम हो। वेबमा जति पनि प्रकाशित प्रोग्रामहरू उपलब्ध छन्, तीमध्ये  गुगलको एड्सेन्समा सबैभन्दा बढी वेब पब्लिसर्सहरूको डाटा संग्रहित छ। यति मात्र होइन, यो एड्सेन्स भनेको यस्तो प्रोग्राम  हो जसले प्रत्येक वेबसाइट, ब्लग आदिका ट्रयाक रेकर्ड गरिरहेको हुन्छ। यो प्रोग्राममा सहभागी हुन हामीले यसको सदस्यता  लिनुपर्ने हुन्छ जुन www.google.com बाट सजिलै प्राप्त गर्न सकिन्छ। सदस्यता लिइसकेपछि गुगलले हाम्रो ब्लगमा आफ्ना  पब्लिसर्सहरूको विज्ञापन राखिदिन्छ। उक्त विज्ञापन दिक्क लाग्ने pop-up, flashy विज्ञापन नभई साधारण टेक्स्ट जस्ता  विज्ञापन हुन्छन्। जति जति युजर वा प्रयोगकर्ताले उक्त विज्ञापनका लिंक खोल्छन्, त्यति त्यति गुगल एड्सेन्सले आफ्नो  खातामा केही रकम जम्मा गरिदिन्छ, तर हामीले चाहेको खण्डमा उसले तस्बिर वा फ्ल्यासका विज्ञापन राखिदिन सक्छ।  यसको विस्तृत नियम तथा शर्तहरू गुगलको एड्सेन्स पेजमा पढ्न सकिन्छ। यसका विभिन्न शर्तहरूमध्ये केही यसप्रकार छन्ः आफ्नो ब्लगमा अश्लील सामग्री, कुनै संस्था वा व्यक्तिगत विशेषलाई लक्षित गरी उनीहरूको मानहानी हुने खालका सामग्री  आदि अपलोड वा प्रकाशित गर्न पाइँदैन्। यसको अर्को नियमअन्तर्गत ब्लगमा गुगलले राख्ने विज्ञापनलाई आफ्नो इच्छाअनुसार  राख्न सकिँदैन। गुगलले ब्लगको ट्रयाक रेकर्ड तथा हिट रेकर्ड हेरेर नै विज्ञापनहरू हाम्रो ब्लगमा राखिदिन्छ। गुगलको एड्से न्सको तेस्रो महत्त्वपूर्ण पक्ष भनेको यसले एउटा ब्लगमा तीनवटाभन्दा बढी विज्ञापन राख्दैन। त्यति मात्र नभई अर्को वेबसाइट  वा ब्लगरलाई गुगल एड्सेन्सको जानकारी दिइयो भने Reterral program पनि गुगलले त्यसबापत हामीलाई आर्थिक  फाइदा गराउँछ। अहिले www तथा इन्टरनेट प्रविधिमा सबैभन्दा भरपर्दो भनेकै गुगलको एड्सेन्स हो, जसबाट हामीले मुनाफा  त गर्न सकिन्छ नै, त्यसबाहेक आफ्नो ब्लगको सही स्टाटस र पोजिसन पनि थाहा पाइन्छ।

    यसबाहेक ब्लगिङलाई लोकप्रिय बनाउने अन्य उपाय पनि छन्ः

    १. बजारमा चल्ने र प्रायःजसो बिक्री हुने प्रोडक्टका निर्माता कम्पनीहरूसँग सम्बन्धन प्राप्त गरी तिनका बारेमा विस्तृत  जानकारी तथा टिप्पणी आफ्नो ब्लगमा राख्ने। जति प्रयोगकर्ताले उक्त कम्पनीको कुनै पनि सूचनामा, विज्ञापन आदिमा क्लिक  गर्छन्, त्यसबाट उक्त कम्पनीले केही रकम हामीलाई दिन्छ।

    २. हामीले बनाउने ब्लग कुनै एउटा विषयमा केन्द्रित हुनुपर्छ किनभने कुनै पनि प्रयोगकर्ताले गुगलमा कुनै विशेष प्रोडक्टको  जानकारी लिन खोज्दा गुगलले हाम्रो ब्लगलाई (जुन यदि त्यही प्रोडक्टमा केन्द्रित छ भने) मुख्य प्राथमिकतामा राख्छ, अन्यथा  हाम्रो ब्लग गुगलको सर्च लिस्टमा धेरै तल पर्न सक्छ।

    ३. त्यसैगरी ब्लगमा प्रयोगकर्ताहरूलाई पनि सल्लाह-सुझाव दिने ठाउँ राख्दा ब्लगको लोकप्रियता बढ्न सक्छ। अझ यसलाई  विस्तृत रूपमा भन्नुपर्दा ती प्रयोगकर्ताहरूलाई तिनका बीचमै discussion forum बनाउनाले धेरै जना प्रयोगकर्ता  सहभागी हुने सम्भावना हुन्छ। त्यसैगरी पाठकले कुनै पनि लेख पढेपछि उक्त लेखका लेखकलाई त्यहींबाट इमेल वा अन्य  सल्लाह सुझाव दिने सुविधा उपलब्ध गराए ब्लगको महत्व बढ्छ।

    ४. आजभोलि एसएमएसको चलन व्यापक छ, हामीले आफ्नो ब्लगमा एसएमएसमार्फत पनि प्रयोगकर्ताहरूसँग सल्लाह -सुझाव माग्न सक्छौं। यसको एउटा सानो उदाहरण यसरी लिन सकिन्छः मानौं हामीले मोबाइल फोनलाई केन्द्रित गरेर  आफ्नो ब्लग निर्माण गरेका हौं। अब, बजारमा आउने विभिन्न मोबाइलका बीचमा तुलना गरी त्यसैका आधारमा कुन मो बाइल फोन खरिद गर्दा उपयुक्त हुन्छ, त्यसका बारेमा जानकारी दिंदा ब्लगले उच्च महत्व पाउने सम्भावना रहन्छ, किनभने  त्यस्ता तुलना गरिएका पेजलाई प्रयोगकर्ता मात्र नभई ती मोबाइल फोन उत्पादकलगायत अन्य थुप्रै पाठकले पढ्ने सम्भावना  हुन्छ।

    ५. आफ्नो ब्लगलाई अझ बढी लोकप्रिय बनाउन विशेषज्ञहरूको सल्लाह सुझावहरूका आधारमा टप टेनजस्ता लिस्ट पनि  राख्न सकिन्छ। त्यसबाहेक त्यस्ता अन्य थुप्रै उपाय अपनाउन सकिन्छ, जसले ब्लग लोकप्रिय हुन सक्छ र ब्लग जति लोकप्रिय  हुन्छ, त्यति नै आम्दानी पनि बढ्छ। 

    ब्लग बनाउँदा ब्लगरहरूले गर्ने गल्तीका बारेमा पनि जान्नु आवश्यक हुन्छ, नत्र ब्लगले नकारात्मक छाप छोड्न सक्ने  सम्भावना हुन्छ।

    १. हतारहतारमा अति उत्सुकताका साथ ब्लगलाई पब्लिस गर्नु। यसमा अनधिकृत सूचना, जानकारी तथा गलत जानकारी  प्रकाशित हुन सक्ने सम्भावना अत्यधिक हुन्छ। 

    यसले ब्लगलाई विवादास्पद पनि बनाउन सक्छ।

    २. त्यस्तै ब्लगलाई सार्वजनिक गर्न होस्टको आवश्यकता पर्छ। त्यस्ता होस्टमध्ये कतिपय निःशुल्क सुविधा दिने हुन्छन् भने  कतिपयले सशुल्क सुविधा दिन्छन्। यस्ता होस्ट रोज्दा विशेष गरेर उक्त होस्ट सर्भरको सत्यतथ्य बुझ्नु राम्रो हुन्छ।

    ३. ब्लगिङ सुरु गर्नासाथै आम्दानीको अपेक्षा गर्नु मूर्खता हुन्छ, किनभने हामीले जुन विषयवस्तुलाई केन्द्रित गरी ब्लग  बनाएका छौं, त्यो विषयवस्तुमा हजारौं ब्लग बनेका हुन सक्छन्। यसर्थमा सुरुमा लोकल विषयवस्तुलाई ध्यानमा राखी ब्लगिङ  गर्दा राम्रो हुन्छ।

    ४. ब्लगरहरूले गर्ने अर्को मुख्य गल्ती भनेको copy paste हो। यसलाई प्लेगरिज्म पनि भनिन्छ। आफ्नो ब्लगलाई लो कप्रिय बनाउन वा छिटो र सजिलोसँग अपडेट गर्न ब्लगरहरूले अन्य वेबसाइट तथा पोर्टलहरूबाट copy paste गर्छन्,  तर गुगलजस्ता प्रख्यात सर्च इन्जिनहरूले plagiarizing software  मार्फत त्यस्ता copy paste गरिएका  ब्लगलाई प्राथमिकता दिँदैनन्।

    ५. अर्को गल्ती भनेको पाठकहरूको सल्लाह, सुझाव र तिनले सोधेको प्रश्न वा गुनासाहरूको वास्ता नगर्नु वा तिनलाई  समयमा उत्तर नदिनु हो।

    Photo: via reviewsoftheday.com & Article Via कान्तिपुर साप्ताहिक 
    Read More...पुरै पढ्नु होस् >>>

    खाडीमा फुरेको जुक्ति !

  • 04 February 2013
  • by
  • Yumesh Pulami

  • धेरै कमाउन लागि सेना जागिर छाडेर कतार पुगेका निरजले खाडीमा भोगेको दुःखबाट स्वदेशमै केहि गर्ने उत्प्रेरण लिए ।
    जागिर छाडेर कतारको दोहा पुगेका निरज बोगटीले निर्माण सामग्री बेच्ने कम्पनीमा निकै दुःख पाए ।

    बढी कमाइका लागि सेनाको सेकेण्ड लेफ्टिनेन्ट जागिर छाडेर कतारको दोहा पुगेका निरज बोगटी (२८) ले निर्माण सामग्री बेच्ने कम्पनीमा निकै दुःख पाए । यसबीचमा उनले बाहै्रमास पानी लाग्ने खेत, घाँस–परालको पौलो र अभरमा साथ दिन हमेसा तम्तयार रहने छिमेकीको महत्व पनि राम्रैसँग बुझ्े । “जहाजले ओसारेको घाँसबाट चलेको गाई फार्म देखेपछि भने मेरो मगजको बिर्को राम्रैसँग खुल्यो”, निरज सम्झ्न्छन् ।
    यसरी गाउँ फर्किएपछि उनले छिमेकी दाजु रवि नेपालसँग गाई पाल्ने कुरा गर्दा मतो मिल्न गयो । दुवैको गरेर पाँच बिघा जमिन छँदैथियो, उनीहरूले पैसाको जोरजाम गरेर भारतको हरियाणाबाट उन्नत जातका चार वटा गाई ल्याइहाले । आजको दिनमा उनीहरूको फार्ममा एक पटकमा तीन पाथी दूध दिने लैना, बकेर्ना र ब्याउने गरी ५० गाई छन् । २५ वटा त बाछाबाच्छी नै छन् । बाछीहरू रु.२५ हजार गोटा हाताहाती बिक्छन्, तर सय वटा गाई पुरयाउन चाहने निरज र रविले बाछी बेचेका छैनन् ।
    नेपालको पूर्वी नाका काँकडभिट्टाबाट ६ किलोमिटर उत्तरको ग्राभेल सडकको दाहिने किनारमा बाँसको घेराबारा भित्र उनीहरूको फार्म रमितै लाग्दो छ । फार्ममा घाँस काट्न, गाई दुहुन र सरसफाई गर्न १४ जनाले रोजगारी पाएका छन् । उनीहरूको न्यूनतम मासिक तलब रु.८ हजार छ । फार्मको एकछेउमा चार हजार कुखुरा लगाइएको खोर छ भने अर्काे छेउमा बंगुर पाल्न ठिक्क पारिएको खोर । निरज भन्छन्, “यही माघको अन्तिम साता ५० वटा पाठा हाल्दैछौं ।”
    यो फार्ममा दैनिक साढे चारसय लिटर दूध र कम्तीमा २२ सय अण्डा उत्पादन भइरहेको छ । महीनामा ३० हजार रुपैयाँको त मल मात्र बिक्री हुन्छ । सबै खर्च कटाएर दैनिक सरदर रु.१० हजार खुद नाफा गरिरहेका निरज र रविले जुक्तिसँगै जाँगर चलाउँदा फलिफाप भएको बताए ।
    -गोपाल गडतौला, झापा
    Via : eKantipur.com 

    Read More...पुरै पढ्नु होस् >>>
    Waving Nepali Flag Click to get cool Animations for your MySpace profile
    नेपालीको छातीमा .......

    Followers

    Your Message

    प्रवास -कोहबरा सम्पर्क मञ्च, दोहा कतारको

    कार्य समितिको नामावलीहरु:-
    अध्यक्ष
    श्री भिम प्रसाद ठाकुर
    उपाध्यक्ष
    ...
    सचिब & कोषाध्यक्ष
    श्री बिपिन ओझा
    सह-सचिब
    श्री मदन श्रेष्ठ
    सदस्यहरु
    श्री प्रकाश गजमेर
    श्री तारा श्रेष्ठ
    श्री फगुलाल राजबंशी
    श्री भिम ओझा
    श्री प्रकाश भट्टराइ
    श्री केदारनाथ बराल
    सल्लाहकार समिति-
    श्री प्रकाश पराजुली
    श्री दिपक मगर
    श्री टिका श्रेष्ठ !