सुखना माहादेव मन्दिर कोहबराको वास्तविक माहादेवको शिवलिङ्गको मन्दिरमा नभएर अन्तै रहेको छ ।

0

 सुख्ना माहादेव मन्दिर कोहबराको वास्तविक माहादेव भगवानको शिवलिङ्गको दर्शन गर्नुस ।


सुख्ना माहादेव मन्दिर, कोहबरामा भगवान माहादेवको शिवलिङ्गको नाममा मन्दिर बनाइएको हो भनेर धेरैलाइ थाहा छ तर यो कुरा थाहा छैन कि अहिलेको उक्त शिव मन्दिरमा रहेको शिवलिङ्ग नभएर माता पार्वतीको प्रतिमुर्तीको लिङ्ग हो भनेर । करिब 4 या 5 दशक अघि यो मन्दिर अहिले भएको मन्दिर भन्दा 3 सय मिटर उत्तर रहेको Mahadev Pokhari (माहादेवखाँडी) को छेउमा अवस्थित थियो र त्यहा शिव पार्वतिको शिवलिङ्ग ( दुइवटा मुर्ती) रहेको थियो । तर अहिले सुकुना माहादेव मन्दिर कोहबरा मा हल्का सानो साइजमा रहेको माता पार्वतीको प्रतिमा मात्र रहेको सत्य हो । साइजमा हल्लका ठुलो शिवलिङ्ग अहिलेको टंगुवा टोल स्थित सम्पत लाल ताजुरियाको घरमा रहेको छ, र उहाले आफ्नो घरमा यसरी (फोटोमा देख्नु हुन्छ) दैनिक कुल देवता मानेर पुजा आज गर्दै आउनु भएको छ । उहाको बाबु कुन्थालु ताजपुरियाको पालामा नै त्यसवेलाको पुजारी बा ले लगेर त्यहा स्थापना गर्नु भएको भन्ने स्थानियको भनाइ रहेको छ ।

यस बारेमा क कसलाइ अरु धेरै जानकारी रहेको छ, वास्तविक कुरा के हो थाहा हुनेले कमेन्ट गर्नुहोस है ।

Post a Comment

0Comments

Post a Comment (0)