कोहबरा गाउ विकास समितिको - एक परिचय

0
कोहबरा गाविस को भौगोलिक नक्साझापा जिल्लाको सदरमुकामदेखि ४१.६ कि. मि. सुदुरपश्चिम दक्षिणमा पर्ने निर्वाचन क्षेत्र न. ६ अन्तर्गत दुर्गम तथा पछादिएको गाउँ विकास समितीमा कोहबरा गाउँ विकास समिति पर्दछ ! यसको पश्चिममा मोरंग जिल्ला तथा दमक नगरपालिका को वार्ड न. १९ पर्दछ ! पूर्वमा महारानी झोडा , जुरोपानी, खजुरगाछी गाउँ विकास समितिहरु रहेका छन् ! त्यसै गरि उतरमा लखनपुर र दक्षिणमा माहादेवा तथा खजुरगाछीको केहि वार्धरु पर्दछन ! यो गाउ विकास समितिको पुर्व पश्चिमको दुरी छोटो र उतर दक्षिणको दुरी लामो रहेको छ ! कोहवरा गाउँ विकास समितिको वार्ड न. ७ देखि बाहेक सबै वार्डहरुलाई रतुवा नदीले वर्षेनी कटान गरि कोहबरको जमिन नदि भैरहेको छ र गाउँ विकास समितिका प्रमुख मार्ग हरुमा शाहिद् मार्ग, भानुमार्ग, शिवभक्तिमार्ग , र वानियाटोलि मार्ग, रहेका छन् ! यस मध्ये भानुमर्ग भने ग्रावेल भएको छ ! अन्य मार्गहरु क्रमिक (विस्तारै ) ग्रावेल हुने कार्य भै रहेछ !


झापा जिल्ला विकास समितिले गाउविकास समितिको वर्गीकरण गर्दा “ग" वर्गमा यो गाउँ विकास समिति परेको छ भने कृषि तथ्यांक अनुसार खिती योग्य जमिन ४७८४-०-८ विघा मात्र देखिन्छ ! यस मध्ये करिव ९०० ( नौ सय ) विगा जमिन कटान , पुराण र वालुवाले पुरेको (नष्ट गरेको) छ ! यस गाउँ विकास समितिमा सबै जात- जाति धर्मावलम्वीको बसोबास भए पनि आदिवासी, पिछडिएका, समुदायको अत्याधिक वाहुल्यता रहेको छ भने यस गाउँ विकास समितिमा २०२३ घरको बसोबास छ भने २०५८ को जनगणाना अनुसार १०,४३६ जनसंख्या रहेकोमा महिलाहरुको संख्या ५,३७६ र पुरुषहरुको संख्या ५०६० मात्र रहेको देखिन आएको छ ! त्यसै गरि २०५७ चैत मसान्त सम्ममा १८ बर्ष नाघेका ७,३०६ मतदाता रहेका थिए !

तलको झापा जिल्लाको नक्शामा रातो वृतकारले कोहबरा गाविस लाइ देखाएको छ !
झापा जिल्ला को नक्सा भित्र कोहबरा गाविस लाइ हेर्दा !

कोहबरा गाउ विकास समितिको - एक परिचय[सम्पादन गर्ने]

झापा जिल्लाको सदरमुकामदेखि ४१.६ कि. मि. सुदुरपश्चिम दक्षिणमा पर्ने निर्वाचन क्षेत्र न. ६ अन्तर्गत दुर्गम तथा पछादिएको गाउँ विकास समितीमा कोहबरा गाउँ विकास समिति पर्दछ ! यसको पश्चिममा मोरंग जिल्ला तथा दमक नगरपालिका को वार्ड न. १९ पर्दछ ! पूर्वमा महारानी झोडा , जुरोपानी, खजुरगाछी गाउँ विकास समितिहरु रहेका छन् ! त्यसै गरि उतरमा लखनपुर र दक्षिणमा माहादेवा तथा खजुरगाछीको केहि वार्धरु पर्दछन ! यो गाउ विकास समितिको पुर्व पश्चिमको दुरी छोटो र उतर दक्षिणको दुरी लामो रहेको छ ! कोहवरा गाउँ विकास समितिको वार्ड न. ७ देखि बाहेक सबै वार्डहरुलाच ई रतुवा नदीले वर्षेनी कटान गरि कोहबरको जमिन नदि भैरहेको छ र गाउँ विकास समितिका प्रमुख मार्ग हरुमा शाहिद् मार्ग, भानुमार्ग, शिवभक्तिमार्ग , र वानियाटोलि मार्ग, रहेका छन् ! यस मध्ये भानुमर्ग भने ग्रावेल भएको छ ! अन्य मार्गहरु क्रमिक (विस्तारै ) ग्रावेल हुने कार्य भै रहेछ ! झापा जिल्ला विकास समितिले गाउविकास समितिको वर्गीकरण गर्दा “ग" वर्गमा यो गाउँ विकास समिति परेको छ भने कृषि तथ्यांक अनुसार खिती योग्य जमिन ४७८४-०-८ विघा मात्र देखिन्छ ! यस मध्ये करिव ९०० ( नौ सय ) विगा जमिन कटान , पुराण र वालुवाले पुरेको (नष्ट गरेको) छ ! यस गाउँ विकास समितिमा सबै जात- जाति धर्मावलम्वीको बसोबास भए पनि आदिवासी, पिछडिएका, समुदायको अत्याधिक वाहुल्यता रहेको छ भने यस गाउँ विकास समितिमा २०२३ घरको बसोबास छ भने २०५८ को जनगणाना अनुसार १०,४३६ जनसंख्या रहेकोमा महिलाहरुको संख्या ५,३७६ र पुरुषहरुको संख्या ५०६० मात्र रहेको देखिन आएको छ ! त्यसै गरि २०५७ चैत मसान्त सम्ममा १८ बर्ष नाघेका ७,३०६ मतदाता रहेका थिए ! हाल कोहबरा गाविसलाइ गौरादह नगरपालिकामा गाभिए पछि भने गौरादह नगरपालिकाको वार्ड नम्बर ५ र ६ मा विभाजन गरिएको छ ।

कोहबरा गाविसका प्रमुख मार्गहरु :-

साविक कोहवारको कार्यालय भवन र हाल वि.स. २०७४ पछी भने गौरादह नगरपालिकामा गाभिए पछी भने गौरादह नगरपालिकाको वार्ड नम्बर ६ को वार्डा कार्यालयको रुपमा प्रयोग भएको छ !

कोहबरा गाविसको आगमन गर्ने (त्याह जाने ) दुइ वा सो भन्दा वदी गाविस जोड्ने प्रमुख मार्गहरु जुन जी.वि.स. को सड्क गुरु योजना अन्तर्गत जिल्ला भरिका A वर्गका १३ वटा बाटामध्येको योजना अन्तर्गत हालसम्म चालु रहेको अबस्थामा छन् ! यिनै सडकहरुको मात्र यहाँ उल्लेख गिएका छन !

१. भानु मार्ग :-

गौरादह गाविसबाट डीपु चोक हुदै महारानी गाविस स्कुलचौन बजारबाट कोहबरा गाविसको चप्रमारी , दामुना हुदै खजुरगाछी हुलाकी सडकमा जोड्ने A वर्गको मार्ग हो ! हाल यस बाटो बाट दैनिक ४ ओटा बस संचालित भने २ ओटा बस दामुनामा र १ कोहबरामा बास बस्ने गरेको छ !

२. शहिद मार्ग : -

लखनपुर गाविस (महेन्द्र राजमार्गको पाडाजुंगीबाट) बाह्र घरे , झर्का हुदै कोहबरा गाविसको वालुबथान, चप्रामारी पुग्ने A वर्गको ग्रावेल सड्क हो ! यातायातको लागि यस बाटो बाट पनि दैनिक १ ओटा बस दमक -बालुबथान गर्ने गर्दछ !

३.शिव भक्ति मार्ग : -

महारानी झोडा गाविसको स्कुलचौंन बजार दक्षिण स्कुल हुदै कृष्ण मन्दिर कोहबरा गाविसको दामुना जोड्ने B वर्गको मार्ग हो ! यस बाटोबाट भने दैनिक दुइओटा बसहरु संचालित रहेका छन् !

४. बानिया टोलि मार्ग : -

महारानी झोडा गाविसको स्कुलाचौंन पूर्वबाट दोरामारी स्कुल हुदै कोहबरा गाविसको वानियानि टोल खजुरगाछी गाविस जोड्ने B वर्गको बाटो हो !


कोहबरा गाविस भएर वहने प्रमुख नदिहरु:-

१. रतुवा नदि :-

कोहबरा गाउँ विकास समितिको टाउको माथिको जातो भनेर परिचित अत्यन्तै पीडादायी नदि हो ! यो यस गाउँ विकास समितिको वार्ड न. ७ वाहेकका सबै वार्डहरुलाई क्षतविक्षत बनाएर वार्ड न. १, २ र ३ को बीचबाट धार परिवर्तन गरि हाल गाउँ वस्तीछेउ भएर बग्दैछ ! यसले हाल सम्म खेति योग्य ९ सय विघा भन्दा बढी जमिन कटान र ४ वटा गाउबाट तिन सय घर परिवारलाई पुरै विस्तापित गरि अन्यत्र वसोबास गर्न बाध्य तुल्याएको छ ! यसलाइ नियन्त्रण नगर्ने हो भने गाविस कार्यालय भवन , तिन ओटा बजार र ३ विधालयलाई निकट भविष्यमै कटान गरेर बगाउने सम्भावना अत्यधिक रहेको छ ! त्यस तर्फ सबै को ध्यानाकर्षन हुनु जरुरि रहेको छ !

२. चान्दु नदि :-

यो नदि माहारानी झोडा गाउँ विकास समिति र कोहवरा गाउँ विकास समितिको सिमा नदीको रुपमा वार्ड न. १ र २ वाट यो हिउद वर्षा निरन्तर रुपमा बगिरहने खोला हो र यो रतुवा नदीमा गइ मिसिन्छ ! यसले नोक्सानी भन्दा पनि सिचाईमा वदी उपयोगी बनेको छ ! यसलाई ब्यबस्थित बाध वाध्ने हो भने कोहबरा आधि भागलाई सिचाई उपलब्ध गराउन सकिन्छ !

३. दामुना खोला : -

यो खोला महारानी झोडा गा.वि.स. र कोहबरा गा.वि.स. सिमा हुदै जुरोपानी गाविस र कोहबरा गाविसको पनि सिमाना नदि भइ बग्दछ ! र वार्ड न. ५, ६, ८ र ९ हुदै रतुवामा मिसिने तर वर्षा याममा मात्र चल्ने खोला हो !

४. रामचन्द्रे खोला : -

जुरोपानी गाविस र कोहबरा गाविसको सिमा नदीको रुपमा वार्ड न. ७ र ८ हुदै नियमित बग्ने खोला हो ! यसलाई पनि बाध वाढी व्यवस्थित गर्ने हो भने सिचाइका लागि राम्रो मानिन सक्छ !

कोहबरा गाविसको प्रमुख व्यापारिक केन्द्रहरु:-

झापा जिल्ला अन्तर्गत रहेको यो गाविस आर्थिक र विकाशको दृष्ट्रिकोर्णले निकै पछि परेको भएता पनि निकै उर्भर भूमिको रुपमा चिनिन्छ ! यहा विशेष गरि धान, गहु, मकै , तोरी , आलु जस्ता खाध्यान र नगदे वालीहरुको उब्जाउ हुने गर्दछ ! तर व्यापारिक रुपमा नजिकै रहेका छिमेकि बजार दमक , गौरादह, गौरीगंज , सिजुवा बजार र इन्डियाको फुलवाडीया आदि सम्म निर्भर रहनु परेको छ !

यहाँ तल तालिकामा कोहबरा गाविस अन्तर्गत पर्ने केहि व्यापारिक केन्द्रहरुको संक्षिप्त जानकारी राखेका छौ :

१. शनिश्चरे बजार (बालुबथान )- बजार लाग्ने दिन- शनिबार र बुधबार !

२. चप्रामारी बजार - बजार लाग्ने दिन- सोमबार र बिहिबार !

३. कोहबरा बजार -बजार लाग्ने दिन- शुक्रबार र मंगलबार !

४. दामुना बजार - बजार लाग्ने दिन- सोमबार र बिहिबार !

झापा जिल्लामा परिचित ( गनिएको / मानिएको ) पशु बजार मध्ये कोहबरा गाविसको दामुनामा लाग्ने पशु बजार पनि पर्दछ ! यस गाविसको प्रमुख बजार तथा आय स्रोतको प्रमुख श्रोतको रुपमा रहेको छ - यो पशु बजार !

कोहबरा गाविस भित्र सञ्चालित शिक्षण संस्थाहरुको नामावलीहरु :-

क्र. सं.शिक्षण संस्थाको नामस्थान
1श्री जनता माध्यामिक विधालयकोहबरा -१, वालुबथान
2श्री भद्रकाली उच्च माध्यामिक विधालयकोहबरा -२, चप्रामारी
3श्री जन ज्योति माध्यामिक विधालयकोहबरा -७ , दामुना
4श्री जनता प्राथमिक विधालयकोहबरा -५ , कोहबरा
5श्री शहिद प्राथमिक विधालयकोहबरा -९ , दामुना
6श्री खयरबारी प्राथमिक विधालयकोहबरा -१, खयरबारी
7श्री सुर्य किरण अंग्रेजी स्कुलकोहबरा –२ चप्रामारी
8श्री सरस्वती इंग्लिश बोडिंग स्कुलकोहबरा -८ दामुना
9श्री लाली गुरास इंग्लिश बोडिंग स्कुलकोहबरा -१, बालुवाथान

कोहबरा गाविसको इतिहास
२०१७ देखि २०८४ साल सम्म प्रधानपञ्च / अध्यक्ष तथा उप – प्रधानपञ्च /उपाध्यक्षको साथै २०७४ पछी (२०८४ सम्नामका लागी) हुनु भएको वार्ड अध्यक्षहरुको नामवालिहरु :-

तत्कालिन प्रधानपञ्चहरु :-
श्री डोमनलाल राजवंशी (गौरीगञ्ज)
श्री दुर्गा राजवंशी – कोहबरा ७
श्री कृष्ण कुमार श्रेष्ठ (बिराटनगर )
श्री गोपाल कृष्ण प्रसाई – कोहबरा – ४
श्री भिम प्रसाद ओडारी ,कोहबरा – २
श्री होम बहादुर थापा , कोहबरा -१
उप - प्रधानपञ्चहरु :-
श्री बिरवलदास ताजपुरिया , कोहबरा -६
श्रीमति चोचोदेवी ताजपुरिया, कोहबरा -६
श्री देवी प्रसाद उप्रेती , कोहबरा -२
श्री दुर्गा राजवंशी , कोहबरा -७
श्री चुडामणि पोख्रेल , कोहबरा -७
श्री मान बाहादुर प्रसाई, कोहबरा -२
श्री रत्न बहादुर नेम्वांग , कोहबरा -१
श्री होम बहादुर थापा , कोहबरा -१
श्री टेक नारायण ताजपुरिया , कोहबरा -९
श्री कपिलदेव गनगाई , कोहबरा -८

>>हाल देशमा गणतन्त्र स्थापना भए पछी वि.स. २०७४ देखि भने गौरादह नगरपालिकाको वार्ड नम्बर ५ र ६ मा विभाजन गरिएको छ साविक कोहवरा गाविसलाई !

त्यस पछिको गौरादह नगरपालिका
वार्ड नम्बर -५ को प्रथम वार्ड अध्यक्ष भने
श्री छात्रपती सुवेदी र
जगन्नाथ खनाल वार्ड अध्यक्ष (वर्तमान अवस्थामा ) हुनु हुन्छ भने
त्यसैगरी गौरादह नगरपालिका वार्ड नम्बर -६ को प्रथम वार्ड अध्यक्ष भने
श्री खड्ग प्रसाद पराजुली र
श्री तोयानाथ प्रसाई वार्ड अध्यक्ष (वर्तमान अवस्थामा)रुपमा हुनु हुन्छ वार्ड अध्यक्ष हुनु हुन्छ !

कोहबरा गाविस अन्तर्गत रहेका धार्मिक मठ मन्दिर र मस्जितको जानकारी :-

क्रम सङ्ख्यधार्मिक मठ/मन्दिरको नामवार्ड नम्बरगाउँ / स्थानको नाम
१दुर्गा मन्दिर१शनिश्चरे बजार,वालुबथानमा
२दुर्गा मन्दिर२चप्रमारी बजारमा
३शिव मन्दिर२चप्रमारी देखि दक्षिणमा
४इद्गाहा (मस्जित )२चप्रमारी देखि दक्षिणमा
५शिव मन्दिर३टंगुवामा
६सत्संग मन्दिर४विपी चोकमा
७सुकुना महादेव मन्दिर४महादेवस्थानमा
८काली मन्दिर५कोहबरा बजार पुर्व
९कृष्ण मन्दिर५कोहबरा बजारमा
१०कृष्ण मन्दिर६रण बहादुरको घरछेउ
१२सत्संग मन्दिर६बिरवल चोक
१३शिवालय मन्दिर७आरतिनगर (बानियाटोल)
१४दुर्गा मन्दिर८दामुना बजारमा
१५शिवालय मन्दिर८दामुना बजारमा
१६माहाराजथान मन्दिर९

नोट: माहाराजथान मन्दिर वार्ड नं. २ देखि ९ सम्म प्रत्येक वार्डहरुमा एक/ एक ओटा अवस्थित रहेको छ !

कोहबरा गाउ विकास समिति भित्र संगठित भएका कृषि समुहहरुको नमावालिहरु:-

क्रम सङ्ख्यकृषक समुहको नामवार्ड नम्बर
१वालुवाथान महिला विकास कृषक१
२गजुरमुखी महिला कृषक समुह१
३प्रगति कृषक समुह१
४जागरुक कृषक समुह२
५सगरमाथा कृषक समुह३
६जागृति कृषक समुह४
७कालिका स्थान कृषक समुह४
८सुनाखरी महिला कृषक समुह६
९धोपाली कृषक समुह६
१०लालीगुरास कृषक समुह७

कोहबरा गाउ विकास समिति भित्र रहेका बैंक तथा सहकारी संस्थाहरुको नमावालिहरु:-

(वि.स.२०५४ सालको रेकर्ड मा कोहवरा गाविस भित्र कुनै पनि बैंक तथा सहकारी संस्था रहेको रेकर्ड उपलब्ध नभएर यहाँ नामावली उल्लेख गरिएको छैन ... यो जानकारी कोहवरा गाविस हुदाको यथार्थ वस्तु स्थितिको अवगत रहोस भनेर यहाँ राखिएको छ !)

कोहवरा गाविसलाई विकिमपिया (wikimapia) बाट पनि नक्शामा हेर्न सक्नु हुन्छ

हेर्नको लागी कोहबरा गाविस मा Click गर्नु होस् !

जनसङ्ख्या

यस गाउँमा व्राह्मन र क्षेत्री प्रमुख रूपमा बसोबास गर्छन र नेपाली यस गाउँको मुख्य भाषा हो। सन् २०११को नेपाल जनगणना अनुसार, यस गाउँमा १०,३२६ जना बसोबास गर्दथे।[१].

सन्दर्भ सामग्री

२.कोहवरा अनलाइन :सम्प्रेषक तथा सम्पादन : युमेश पुलामी

Post a Comment

0Comments

Post a Comment (0)