हाम्रो बारेमा

0

 


कोहवरा अनलाइन

हामी जहाँ भए’नी सधै छिमेकी भएर एक अर्कामा सधै सञ्चार सम्पर्कमा रहौ अनि "सानै कार्य भए पनि आफ्नै ठाउको लागि गरौ" गरौ भन्दै हामीले केहि सानो समुह मिलेर ... हाम्रो आफ्नो ठाउलाई विश्व सामु परिचित गराउने सानो प्रयास गरेका छौ ... त्यसमा साथ दिनको लागि ! तपाइले आफ्नो व्यक्तिगत या सामुहिक रुपमा सानो सहयोग गर्नु हुन्छ भन्ने अभिलाषा राखेकाछौ ! जस्तो कि ... हाम्रो ठाउको फोटो , भिडियो , या केहि गतिविधिहरु या कुनै मन्दिर ,स्कुल ठाउको जानकारी, वा आफ्नो वाडाको जानकारी , कसैले लेखेको गित , कविता ,गजल, हाइकु, आलेख, आदि कुराहरु पठाउन सक्नु हुनेछ ! अहिले हामीलाई सबैको साल्लाह सुझाबको खाचो रहेको छ, आफुलाई जस्तो लाग्छ उस्तै प्रतिक्रिया गरिदिनु होला ! अहिले हामि सुरुवात मा छौ .... अनि यो हाम्रो ब्लग कुनै व्यवासायिक उद्देश्यले संञ्चालन गरेका पनि होइनौ .... विल्कुल आफ्नो ठाउलाई विश्व सामु परिचित गराउने र देश विदेशमा छरिएर रहनु भएका दाजुभाई दिदीबैनीहरु माझ आफ्नो  ठाउँमा के कस्तो कुराहरु भै रहेको छ भनेर जानकारी दिनुका साथै घर र परदेशीहरु नजिकै भएको महसुस गराउनका लागि यो ब्लग एउटा सेतु होस भन्ने धेय मात्रै रहेको छ हाम्रो  ! हामी सबैको साझा चौतारी हुन् सकोस यो 'कोहबरा अनलाइन' !

करिव २००८ बाट कोहवरा अनलाइन शुरुवात गरिएको भए पनि अलिक व्यवस्थित रुपमा भने  2010 देखि भने 'Kohabara Online परिवार'ले यो ब्लग सञ्चालन गरिरहेको छ ! शुरुवात हामीले गरेका छौ आउनुस हामीलाई तपाइहरुको साथ चाहिएको छ ! यो गाविस स्तरीयको पहिलो नेपाली ब्लग हो ! स्थानीय कुराहरु (कला,सस्कृति, रितिरिवाज, भौगोलिक स्थिति तथा जीवनशैलीहरु ) को परिचय र प्रवर्दन गराउनको निमित पनि यो ब्लगको खाचो रहेको हामीले देखेका छौ ! आगामी दिनहरुमा देशका अन्य ठाउहरुमा पनि सम्बन्धित पक्षहरुले यस्तो ब्लग सञ्चालन गर्ने नै छन् भन्ने आशा हामीलाइ लागेको छ ! हामीले बढी केहि उपलब्धि गर्न नसके पनि यो त्यस्तो कार्यको थालनीको लागी एउटा नमुना हो ! र त्यस्ता कार्यको लागि जिल्ला स्तरीय र क्षेत्रीय स्तरीय तथा राष्ट्रिय स्तरीयका अन्य वेब र ब्लगहरु संचालित भएतापनि - हामी गाविस स्तरीय बाट नै स्थानीय ठाउको छुट्टै पहिचान बनाउनको लागी हाम्रो अभियानमा लागि परेका छौ ! हामी आफ्नो ठाउ,आफै बनाउ, गरि खान देउ ! जस्ता आवाज निकाल्न चाहन्छौ ! यदि तपाइँहरु सँग पनि कुनै गाविस स्तारियको कुनै वेब/ब्लग भए हामीलाइ जानकारी गराउनु होला ! हामी उहाहरु सँग पनि सहकार्य र सम्पर्कमा रहन चाहन्छौ ! शुरुमा कतारमा कार्यरत कोहबराका युवाहरुले मिलेर यो वेव ब्लगको परिकल्पना गरेका हुन् !जसको सँचालन शुरुवाती दिनमा युमेश पुलामी, ओम बोगटी, प्रकाश पराजुली, हरी श्रिष्ठ, विपिन ओझा, रविन्द्र अधिकारी, फगुलाल ताजपुरिया र भिम ठाकुर मिलेर शुरुवात गरिएको हो ! आउनुस अब तपाइँ आफ्नो माउस द्रारा एक Click सँगै आफ्नो गाउ समाज, आफन्त र साथिहरु सँगै रहनु होस् ! प्रविधि र परिवर्तन सँगै तपाई पनि हामी सँगै रहने होइन ! Please join to your hand with us -"Kohabara Online" परिवार ! धन्यबाद !!! 

थप २०२१ मा 

[कोहवरा गाविस र यस ठाउँको बारेमा र यसको पहिचान र यहाँको इतिहासको बारेमा सानै भए पनि दस्तावेज रहोस र डिजिटलको जमानामा प्रवेस गरेको दुनिया संगै हामी पनि हाम्रो ठाउँ लाइ 

डिजिटल दुनियामा पुर्याउन सकौ भन्ने उद्देश्यले सँचालन भनौ या शुरुवात गरिएको लगभग १० बर्ष पुरा भएछ ! इन्टरनेटमा या गुगल गर्दा कोहवरा लेख्दा होस् या विकिम्यपियामा नक्शा हेर्दाहोस् 

हामी हाम्रो ठाउँको बारेमा हाम्रो जानकारी या कुराहरु अथवा हाम्रो ठाउँको नाम गरेको म्याप देखियोस/ भेटिन सकियोस अथवा तत् सम्बन्धी कुनै पनि जानकारी लिन सकियोस भनेर सबैलाई सहज होस् भन्नको लागी 

यो शुरुवात गरेका हौ .... 

कोहवरा अनलाइन 2010 देखि नै शुरु भएको हो ! अहिले सम्ममा हेर्ने हो भने गाविस स्तरको यति धेरै जानकारी विकिपीडियामा राखिएको पहिलो प्रयास पनि कोहबरा गाविसको यो जानकारीलाई लिन सकिन्छ साथै  गाविस स्तरको जानकारीहरु दिन शुरु गरिएको नेपालकै पहिलो  ब्लग सँचालन गरिएको भनेर पनि कोहवरा अनलाइन लाइ लिन सकिन्छ !

 .. यसमा केहि गतल भए तथा अझै थप केहि गर्नु पर्ने भए तपाइहरुलाई लागेको  सल्लाह, सुझाब र सहयोगको अपेक्षा राखेका छौ ! धन्यवाद !!


कोहबरको नक्शा / म्याप हेर्न 

विकिम्यपियामा कोहबरा 

हाम्रो वेव ब्लग 

कोहवरा अनलाइन 

हाम्रो फेसबुक 

फेसबुकमा कोहवरा 

अहिले को यो नयाँ ब्लग टेम्प्लेट 2023 को पछिल्लो अपडेट हो !

E-mail : kohabarayouth@gmail.com Blow/ Web : कोहवरा अनलाइन Facebook Link 

Categories :Nonprofit Organization

Post a Comment

0Comments

Post a Comment (0)