कोरोना भाइरसविरुद्ध लड्न गौरादह नगरपालिका सक्रिय, सर्वपक्षीय समिति गठन

0

कोरोना परिक्षण सुरु, विपत कोषमा सहयोग जुट्दै


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्न गौरादह नगरपालिकाले सर्वपक्षीय संयन्त्र निर्माण गरेको छ । नगरपालिकाले नगरका जनप्रतिनिधि, राजनैतिक दल र सरोकारवाला सबैलाई समेटेर संयन्त्र निर्माण गरेको हो ।
सर्वपक्षीय संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणको काममा परिचालित हुनेछ । संयन्त्रले विपन्न परिवारको विवरण संकलन , राहत वितरण,  अनुगमन र  मूल्यांकन गर्नेछ । राहत संकलन, वितरण कार्यलाई थप पारदर्शी र प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरिएको नगरप्रमुख रोहित कुमार शाह ले बताए ।



कोरोनाको उच्च जोखिम रहेको नेपालमा दिनप्रतिदिन संक्रमित भेटिदै आएको छ । कोरोना भाइरसको जोखिम रहेको र त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो महसुस गरेर विभिन्न समितिहरु गठन गरिएको शाहले बताए ।

राहत संकलन तथा परिचालन समिति

विपन्न परिवारको विवरण संकलन कार्यलाई व्यवस्थित बनाउन तथा राहत पाउने नागरिकको दायरा बढाउन नगरप्रमुखको अध्यक्षतामा सर्वपक्षीय राहत संकलन तथा परिचालन समिति गठन गरेको छ  ।
समितिको अध्यक्षमा रोहित कुमार शाह, सदस्यमा उपप्रमुख गीता भेटवाल, ९ वटै वडाका वडाध्यक्ष, नेकपाबाट मित्रदेव काफ्ले र हुकुमसिंह नेपाली, नेपाली कांग्रेसबाट ज्ञानेन्द्र खत्री र प्रकाश कार्की, समाजवादीबाट लक्ष्मी लिम्बु, राप्रपाबाट शान्तिराम पौडेल, राजपाबाट कामेश्वर राजबंशी, उवासंघबाट गौरादह अध्यक्ष जित बहादुर कार्की, गौरादह रेडक्रसबाट केदार ताजपुरिया, नगर सहकारी संघ अध्यक्ष फणिन्द्र दाहाल, पत्रकार सन्तोष बिष्ट र प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा रहका छन्  ।

अनुगमन समिति

दोश्रो चरणको राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन नगरपालिकाले नगरस्तरीय अनुगमन समिति गठन गरेको छ ।
समितिले राहत पाउने परिवारको विवरण संकलन, राहत वितरण कार्यको अनुगमन तथा मूल्यांकन गर्ने छ ।
समितिको अध्यक्षमा नगरप्रमुख रोहित कुमार शाह र सदस्यहरुमा नगर उपप्रमुख गीता भेटवाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर अध्यक्ष मित्रदेव काफ्ले, नेपाली कांग्रेस नगर अध्यक्ष यादव राज सेडाई, राप्रपाबाट शान्तिराम पौडेल र समाजवादीबाट नितेश्वर झा रहेका छन् ।
समितिको सदस्य सचिवमा  नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ओझा रहेका छन  ।

सल्लाहकार समिति

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि नगरपालिकाले संबिधान सभा सदस्य दिपक कार्कीको संयोजकत्वमा तीन सदस्य सल्लाहाकार समिति गठन गरेको छ ।
समितिको सदस्यमा नेपाली कांग्रेसबाट अनिलकृष्ण प्रसाई र राप्रपाबाट अम्बर बहादुर बिष्ट रहेका छन् ।
उक्त समितिले कोरोना नियन्त्रण र रोकथामका लागि राय, सल्लाह, सुझाव दिनेछ ।
साथै नगर भित्र रहेका दैनिक ज्यालादारी तथा विपन्न परिवारको विवरण संकलन र राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन आवाश्यक सरसल्लाह दिने बताईएको छ ।

फुड बैक स्थापना

नगरपालिकाले हरेक वडामा फुड बैंक स्थापना गर्ने भएको छ ।
बन्दाबन्दीका कारण दैनिक ज्यालादारी र मजदुरीबाट जीविकोपार्जन गर्ने परिवारको भरणपोषणको व्यवस्था गर्न फुड बैक स्थापना गरिने भएको हो ।
प्रत्येक वडामा स्थापना गरिने फुड बैंकमा वडाध्यक्ष संयोजक रहनेछन ।
त्यस्तै जनप्रतिनिधि, मान्यता प्राप्त राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहने छन् ।
गत चैत ३० गते गौरादहको सामुदायिक भवन अतिथि सदनमा बसेको सर्वपक्षीय छलफलमा फुड बैंक स्थापना गर्नुपर्ने निचोड निक्लिएको थियो ।
वडा न. १ ले भने आजैबाट फुड बैक स्थापना गरि खाद्यान्न संकलन कार्य आगाडी बढाइसकेको छ ।

किसानका समस्या समाधान गरिने

लकडाउनका कारण किसानहरु समस्यमा छन्  । किसानहरुको समस्यालाई सम्बोधन गर्न नगरपालिकाले प्रदेश सरकार, भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साल्ट ट्रेडिंग, कृषि सामाग्री लिमिटेडसंग माग गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
किसानका समस्यासंग नगरपालिका सचेत रहेको बताउदै चाडै नै समस्याको समाधान हुने प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।

कोरोना परिक्षण सुरु

त्यस्तै गौरादह नगरपालिकाले RDT (RAPID DIAGNOSTIC TESTS) विधिबाट कोभिड- १९ को संक्रमण परिक्षण शुरू गरेको छ ।
अष्ट्रेलियावाट २५ दिन अघि आएका दिपेन्द्र आचार्यको कोभिड परिक्षण गरिएको हो ।
परिक्षण पश्चात् उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सहायक गोबिन्द श्रेष्ठले जानकारी दिए ।

सहयोग जुट्ने क्रम जारी

नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।
सहारा नेपाल काकडभिट्टाले रु १ लाख ११ हजार र पिजाफ ग्रुप अफ कम्पनी गौरादहले ३१ हजार रुपैयाँ राहत कोषमा योगदान गरेका छन् ।
उनीहरुले मंगलबार चेक मार्फत नगर प्रमुख रोहित कुमार शाहलाई नगरपालिका कार्यालय परिसरमा हस्तान्तरण गरेका हुन् ।

यो खवर Sajal Sandesh बाट साभार गरिएको हो ।

Post a Comment

0Comments

Post a Comment (0)