बितेको समय

0

आज बिदेशि कर्म भुमि मा पाइला टेकेको पनि दुइ बर्ष पुरा भए छ.यी बिच मा धेरै दिन हरु सम्झन लायक अबस्य पनि छन,कति रात साथी हरु संग का भलाकुसारी मा बितेका छन, बिदेसी कर्म भुमि मा पनि बनभोज गईयो यो अत्यन्त शुखद थियो तर यी सब कुरा को बर्णन आज गर्दिन,मैले कुरा गर्न खोजेको अघिल्लो शुक्रबार (२०११-०५-०६) को हो जश दिन प्रकाश पराजुली को रुम मा हामि (बेद नाथ पुलामी,ओम बोगटी,फागुलाल राजबंशी र म) भेला हुने पूर्व योजना थियो.भेला हुनु को कारण चै वेब चलाउन सिक्नु थियो,सिकाउने बेद जी र अरु हामि चै सिक्ने.हाम्रो पुर्ब सहमति औपचारीक कक्षा नै संचालन गर्ने थियो मैले त ह्वाईट बोर्ड को समेत उपलब्ध भए राम्रो हुन्छ भन्ने राय राखेको थिएँ प्रकाश दाइ ले बोर्ड को व्यवस्था नभए पनि ड्रइंग पेपर को ब्यबस्था हुन सक्ने पनि भन्नु भएको थियो तर बेद जी र ओम जी ले भने मेरो कुरा लाइ ठाडै अस्विकार गरेर ल्यापटप बाटै सजिलो हुन्छ भन्नु भएको थियो.

साथि हरु (बेद जी र ओम जी) बिहीबार बेलुकै प्रकाश दाइ को मा आइपुग्नु भएको रहेछ आफ्नो भने बिहिबार राति दश बजे सम्म ड्युटी नै भएकाले साथी हरु संगै बिहिबार को रात भेला हुनसकिन.फोन सम्पर्क मार्फत बिहान आठ बजे म सम्बन्धित स्थल मा आइपुग्ने कुरा मैले साथी हरु लाइ जानकारी गराएको थिएँ.प्रकाश दाइ को रुम मेरो बाट निकै टाडा नै छ यत्रो दुरी को यात्रा गरेर बिहान आठ बजे पुग्नु भनेको निकै चुनौती पूर्ण नै थियो,फेरी हप्ता दिन देखि का दारी पनि गाला मा त्यतिकै थिए.सोचें दारी त बेलुकै काट्नु पर्छ,खाना खाइ दारी सारी काटी सक्दा लगभग एक बज्न नै लागेको थियो होला, साथि हरु संग भेट्ने तिब्राकान्क्षा भएकाले राम्रो संग निन्द्रा लाग्न सकिरहेको थिएन तर जबर्जस्ति निदाएँ, बिहान छ बजेको आलाराम लगाएर सुतेको म आलाराम नै नबजी ब्युझी हाले.बिस्तारै नुहाई धुवाई गरि हिंड्न तयार भएँ म ठिक समयमानै यानी कि आठ बजे नै पुग्ने तयारी मा थिएँ तर कम्पनि ले गाडी उपलब्ध गराएका कारण साढे सात बजे नै पुंगे म प्रकाश दाइ का रुम मा.

सोच्तै थिएँ मैले आठ बजे नै आइपुग्छु भनेका ले साथि हरु उठी सक्नु भयो होला प्रकाश दाइ किचन मा पो हुनुहुन्छ कि...........पाइला मोड्न खोजें किचन तिर (उहाँ का मा किचेन मुनि छ र रुम चै माथि) फेरी मन बदलेर चढे माथितिरै.लौ अचम्म रुम मा पुगेको त ओम जी बेद जी लाइ तिघ्रो बोकाएर मस्त निदाईरहनु भएको थियो बेद जी पनि मस्त र अर्को खाट मा प्रकास दाइ पनि (फागु जी आउनु भएनछ ) .मैले होहल्ला मचाएं ओम जी र प्रकास दाइ अल्छी मान्दै आङ तान्न थाल्नु भयो भने बेद जी अर्को पट्टि फर्केर फेरी सुत्नुभयो,म भने टेबल मा झोला राखेर कुर्सि मा बसी टेबल माथि भएको जुस तान्दै सारो सारो गरि गफ गर्न थालें ओम जी र प्रकाश दाइ बिस्तारै उठ्नु भयो, ओम जी ले ल्यापटप खोलेर सम्बन्धित बिषय निकाल्नु भयो र मलाई सिकाउन लाग्नुभयो अचम्म लाग्यो ओम जी त सिक्ने, सिकाउने त बेद जी हुनुहुन्थियो, तर यहाँ त ओम जी पो मलाइ सिकाउन लाग्नु भयो गाठें.कुरा बुझ्दा साथि हरु ले बेलुका अढाई तिन बजे तिर सिक्ने सिकाउने काम सकेर अबेर सुत्नु भएको रहेछ र सल्लाह गर्नु भएको रहेछ बिहान म आए पछी ओम जी ले मलाइ बेलुका सिकेको कुरा सिकाउने. पुर्बयोजना अनुसार नै ओम जी मलाइ सिकाउन लाग्नु भएको रहेछ.तर मलाई कता कता नरमाइलो लाग्यो आखिर बेलुका साथी हरु बेलै मा सुतेर बिहान म आइपुगेपछि औपचारिक कक्षा संचालन गरेको भए कति राम्रो हुन्थियो.

जे होस् ओम जी ले मलाइ राम्रो संगै सिकाउनु भयो तर कता कता त्यो बासि चौरासी ब्यन्जन जस्तै लाग्यो.त्यहि क्षण मा प्रकाश दाइ ले खाना बनाइ सकी फेरी रुम मा आइसक्नु भएको थियो १०:१५ बजे पछी बेद जी लाइ हामि तिनै जना मिलेर उठाउन लाग्यौं केहि क्षण पछी बेद जी उठ्नु भयो र ल म चै मन्दिर तिर लागें है भन्दै(ठट्टा गर्दै) बाथरुम भित्र पस्नु भयो.केहि क्षण को अनौपचारिक गफगाफ पश्चात लाग्यौं खाना खान.यति गरि सक्दा अढाई तिन बजी सकेको थियो र आजै प्रबाश-कोहबरा सम्पर्क मंच को नियमित बैठक पनि थियो अब हामी तिन जना (बेद जी,ओम जी,र म) लाग्यौं बैठक स्थल दोहा तिर.प्रबास कोहबरा सम्पर्क मंच कोहबरा उप समिति लाइ नृत्य प्रतियोगिता संचालानार्थ रु एघार हजार रुपैया पठाउने सहित का अन्य केहि निर्णय गरि बैठक समापन गरियो.सबै साथि हरु आ-आफ्नो बाटो लाग्नु भयो ओम जी र म पैसा पठाउन लाग्यौं मनी एक्सचेन्ज तिर.मेरो पनि केहि दुख को कमाइ घर पठाउनु थियो ओम जी र मैले सल्लाह गर्यौं दुवै किसिम का पैसा एकै रुप मा पठाउने.सबै तयारी गरि पैसा पठाउनै लागेका बेला ओम जी ले के सोच्नु भयो कुन्नि होइन पैसा त बेग्ला बेग्लै पठाउनु पर्छ भन्नु भयो मैले होइन एकै ठाउं पठाऊ केहि हुदैन भने तर ओम जी ले मान्दै मान्नु भएन र मैले ओम जी लाइ मंच को जति पैसा फेरी फिर्ता दिएँ अब उहाँ ले त्यो पैसा कोहबरा उप समिति अध्यक्ष श्री कृष्ण प्रसाद ओझा को नाम मा पठाउनु भयो. मैले पनि आफ्नै तरिका ले पठाएँ यसले मेरो र म संलग्न संस्था को दोहोरो रेमिट चार्ज खर्च भयो नेपाल मा पनि पैसा झिक्न आउने जाने भाडा र समय दोहोरै खर्च भयो यसको दोहोरो खर्च दुर दराज सम्म हुन्छ होला तर त्यसको बारेमा छलफल गर्नु यो लेख को उदेश्य होइन.

ओम जी र मेरो बिच मा एउटा बानि नै जस्तो छ कि भेट भए पछि छुटिन नै गार्हो पर्छ नेपाल मै पनि कति रात गफैगफ मा उज्यालो भएका छन र कतार मा पनि. यश दिन पनि बश पार्क छेउकै एउटा चौर मा नौ बजे सम्म गफिएर लाग्यौं आ-आफ्नो रुम तिर गाडी चढेर.

यसरि केहि तिता केहि मिठा क्षण हरु को समिश्रण आत्मा साथ गर्दै २०११-०५-०६ गते शुक्रबार बैदेसिक रोजगार को शिलशिला मा सम्झन लायक दिन बन्दै बित्यो ....................

लेखक – बिपिन ओझा

Post a Comment

0Comments

Post a Comment (0)