गौरादह नगरपालिका एक परिचय

0
पुर्वि नेपाल झापा जिल्लाको पूर्व पश्चिम राजमार्ग वाट १० कि.मि. दक्षिण भागमा अवस्थित गौरादह नगरपालिका प्रशस्त सम्भावना वोकेको नगर मध्येको एक नगरपालिका हो । गौरादह दमक नगरपालिका र गौरीगञ्जको मध्यभागमा रहेको छ । यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ । गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगी बाट १० कि.मि. दक्षिण जानु पर्छ । यो नगरपालिकाको कुल क्षेत्रफल १४९.८६ वर्ग कि.मि. रहेको छ । गौरादह बजारमा सुन्दर पोखरीहरु रहेका छन । तत्कालिन स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा र साबिकको गौरादह गरी यी ४ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएकोमा नेपाल सरकारको राजपत्रमा मिति २०७३ फागुन २७ गतेको निर्णय अनुसार साबिक बैगुनधुरा गा.बि.स लाई समेत समेटी बृहत नगरपालिका घोषणा भएको हो। यस नगरपालिकामा ९ वटा वडामा बिभजित भएको छ। यस गौरादह नगरपालिकाले जनतालाई सार्वजनिक सेवामा पँहुचको बिकास र विस्तार, सिहंदरबार आफ्नै घरआगनमा आएको अनुभूति दिलाउन,चुस्त, दुरुस्त, पारदर्शी, जवाफदेहि, जनताप्रति उत्तरदायि बनाउन र सुशासनको प्रत्याभुती दिने आफ्नो निति अनुरुप मुख्य कार्यालय र ९ वटा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ

 गौरादह नगरपालिकाको केन्द्र भने साबिक गौरादह गाउँ विकास समितिको धोबिनिया चोक नजिक वडा नं ४ र ७ को बिचमा रहको छ । राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसंख्यालाई जोडेर गौरादह नगरपालिकाको जनसङ्ख्या ४७,३९३ रहेको छ ।
गौरादह नगरपालिकाको बारेमा बनाइएको भिडियो यस्तो छ:-



Gauradaha Municipality Coordinates: 26.56°N 87.72°E
Gauradaha Municipality Postal code:57216
Gauradaha Municipality Area code:023


Source : Wikipedia, OnlineJhapa
Photo:gauradahamun.gov.np

Post a Comment

0Comments

Post a Comment (0)