नया वर्षमा !

1

lack of ......गत साल नया वर्ष आयो संविधान बनाउन एक वर्ष वोनसमा पायो, जापानमा सुनामीलले भूकम्प ल्यायो, कृष्ण प्रसाद भट्टराइ, डायमन सम्शेर जस्ता अरु कति कति खायो तर यसको सुरुवातसंगै संबिधानको आश गरेर बस्नेहरुले के पाए ?? शान्ति, सुरक्षा, अमन, चयन चाहनेहरुले के पाए ?? स्थायित्व र बिकास चाहनेहरुले के पाए ?? हत्या हिम्साको कुनै वाउन्ड्री नै भएन, राजनैतिक किचलो सुल्झने छाँट नै भएन, महंगी बढ्यो, आम्दानि बढेन ! शुरुवातीमा नै संविधान बनाउन वोनस पाएको वर्षले काम चलाउ सरकार पनि सात सात महिना सम्म वोनस पायो, काम नै नगरी सभासदहरुले तलब भता वोनसमा पाए एमालेले अर्को प्रधान मन्त्रि बनाउने मौका वोनसमा नै पायो !

 

सदा झैँ फेरी अर्को नया वर्ष आयो हो उस्तै प्रकृतिको कुनै भेद नै छैन उस्तै छ, उस्तै ! यसले पनि धेरै कुरा वोनसमा पाउने निश्चित प्राय छ ! हुने लाइ फाला फाल नहुने लाइ हाहाकार ! यस्तै लक्षण लिएर आएको नया वर्ष २०६८ ले पनि गरि खाने लाइ गरि खान दिने छैन ! हत्या, हिंसा, लुट –पात, चोरि डकैति भ्रष्ट्राचार, महंगी जस्ता घटनाहरु मान्छेको मलले मुला सप्रे जस्तो सप्रिने छन ! जनताले ज्वरो आउदा सिटामोल पाउने छैन, झाडा पखाला लागे बिसेक हुने वाला छैन, डिजेल पेट्रोल मटितेल ग्यास जस्ता अति आवश्यक इन्धनको अभाव निश्चित छ भने बिजुली बती दिनको दुइ घण्टा भन्दा बढी वाल्न पाइने होइन !

 

यी सबै कुराको भान सबैमा छ तर पनि नया वर्ष आउनु भन्दा महिनौ अघि देखि शुभकामनाको ओइरो नै लागेको छ ! त्यो पनि तछाड र मछाड गर्दै मानौ एयरपोर्टमा विदेशबाट आएको नेपालीलाइ ट्याक्सी ड्राइभरले लछारे जस्तो तर मलाइ शुभकामना भन्न पटक्कै मन लागेको छैन ! यतिका यी सब वेहाल देख्दा देख्दै - म कसलाई ढाँटउ नया वर्षको शुभकामना भनेर ! आखिर हामीले जति नै शुभ - कामना भने पनि अशुभ हुने निश्चित छ ! या त नया वर्ष आओस या त पुरानै वर्ष रहोस या वर्षले फड्को मारेर अघि वढोस या ठिक पछाडी फर्क्योस तिमि प्रतिको मेरो माया त उस्तै रहिरनेछ ! निष्पाप, निश्चल, निश्कलंक - यो समयमा जसले जसलाई जे सुकै भनोस शुभकामना देओस या सराप नै देओस अथवा अर्ति देओस या गालि मलाइ कुनै फिक्री छैन म त तिमीलाइ माया गरि रहन्छु र भन्न चाहन्छु..........i love you with respect !

लेखक : बिपिन ओझा (हाल : दोहा-कतार )

Photo Via : Photo

Post a Comment

1Comments

  1. विपिन जी सर्व प्रथम त - नया बर्षको शुभ कामना भन्दा पनि यो लेखको लागि -वोनस मै - बधाई दिन चाहान्छु ! र यो नया वर्ष सँगै यस्तो लेखनको तीव्रताले द्रुत गति लिरहोस ......!

    अनि किन दुखेसो गर्नु हुन्छ , यत्रो तृष्णा कथेर - हाम्ले नि प्रदेशमा प्रदेशी चाउरे भएर वोनसमै जा -गी-र पा'हो भन्ने कुरा -खै कुरा बुझ्नु भएको ! सम्झौता पत्रमा ओर्किंग आवर आठ घण्टा भनेर उल्लेख गरेर के भो र - कहिले काही देखि बाहेक सधै १२/१६ घण्टा काम कम्पल्सरी रुपमा गर्ने पर्छ -त्यो पनि त वोनस नै रहेछ ! ... यो सबको उपाधि थमाउने हाम्रै करले पालिएका हाम्रै वोनसमा सरकार चलाइ रहने ने'ता न परे (नेता होइन -शब्दको नै अपमान होला भनेर यसो भने है ) ..........अब कति चित दु;खाउने भै गो भन्नुस भनुस -शुभकामना' केहि बिग्रिदैन (अब के नै बाकि रहेको छ र बिग्रिन लाइ ?) .... त्यसैले म त भन्छु वोनस मै लिनुस मेरो 'शुभकाना' र तपाई पनि 'वोनस' मै दिनुस - शुभकामना !

    ReplyDelete
Post a Comment