पहिलोपटक चीनको विद्युत् खरिद !

0

सङ्खुवासभा(ब्लाष्ट) नेपालमा चीनबाट पनि विद्युत् आपूर्ति सुरु गरिएको छ । सङ्खुवासभाको सीमावर्ती किमाथाङ्कामा चीनको देङडाङ बजारबाट विद्युत् ल्याइने भएको हो ।
जिल्लाको उत्तरी भोटखोला क्षेत्रमा पर्ने यो गाविसमा स्थानीय चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युत् बिक्री गर्दै नेपालको किमाथाङ्कामा आपूर्ति गरिने निर्णय भएको छ । विद्युत् आपूर्तिका लागि किमाथाङ्काका ठिलेन खम्बाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । विद्युत् ल्याउन किमाथाङ्काका ६४ परिवार लागिपरेका छन् ।
दुई खाँबाले विद्युत् नेपाल भित्रिने समितिका सचिव तेन्छेवी भोटेले जनाए । स्थानीय खोलाबाट उत्पादन गरिएको ८० किलोवाट विद्युत् नेपालको लागि पनि बिक्री गर्ने कम्पनीले जनाएपछि विद्युत् ल्याउन लागिएको हो । चीनबाट विद्युत् ल्याउन लागिएको यो पहिलोपटक हो । विद्युत् तत्काल किमाथाङ्काका ६४ परिवारलाई मात्र दिने स्थानीय देङदाङ कम्पनीले जनाएको समितिले बतायो ।

Via- ब्लाष्ट संवाददाता !
Tags:

Post a Comment

0Comments

Post a Comment (0)