झापा गाउँपालिकामा तेश्रो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा।

1 minute read
0



झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले सिमलबारी पुर्व सानोमाईखोलामा निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलको अनुगमन गर्नुभएको छ।
झापा गाउँपालिकाको वडा नम्बर ३ स्थित रहेको कामाटोली, फुलगाछी, लगायत सिमलबारी, लालमोहर, मदारगाछ र शिवसताक्षी नगरपालिकाको लालपानी समेतमा बस्ने हजारौ जनताले बर्षौं देखि खेप्दै आएको पुलको कारणले हुने समस्याहरु दिगो रुपमा अन्त्य हुने भएका छन।
६४ मिटर लम्बाई भएको उक्त पुलले स्थानियको बर्षौ देखिको बिक्राल समस्याहरुलाई समाधान गर्ने हुंदा गाउँपालिका अध्यक्ष शाह अत्यन्त खुशी र हर्षित भएको बताउनुभयो।
उक्त पुलले नदि पारी रहेका ८ वटा भन्दा बढी टोलमा बसोबास गर्ने स्थानियको दैनिकीलाई सहज बनाउने र आगामी दिनमा विभिन्न आधारभुत कुराहरुमा स्थानियको प्रत्यक्ष र सहज पहुँच हुने परमेश्वर गणेशले बताउनुभयो।





Post a Comment

0Comments

Post a Comment (0)
Today | 13, March 2025