प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ : इन्द्रबहादुर आङ्वो

0 minute read
0


 

प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वो (मौसम) ले मख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बाटो खुलेको बताएका छन्।

उनले आफूलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै अविश्वासको प्रस्ताव राख्ने मार्ग प्रसस्त भएको बताए।

‘मैले राजीनामा दिएको होइन, मलाई पदमुक्त गरिएको हो, पदबाट हटाइएको हो’, आङ्वोले भने, ‘अब बाटो खुल्यो, प्रदेश संसदमा अब मुख्यमन्त्री राई विरुद्ध  अविश्वासको प्रस्ताव दर्ता हुन्छ।’

पार्टी नै फरक भएपछि आफूलाई पदमुक्त गर्नु स्वभाविक भएको उनले प्रतिक्रिया दिए। उनले यो घटनालाई आफूले अति सामान्य र स्वाभाविक रूपमा लिएको बताए। आफू हट्ने निश्चित भएपछि बाहिर देखाउन र दम्भका लागि मुख्यमन्त्री राईले आफूलाई पदमुक्त गरेको प्रष्ट परे।

Post a Comment

0Comments

Post a Comment (0)
Today | 13, March 2025