बैगुन्धुरे युबा ले बनाए 'मेरो कारोबार' एप

0
(गौरादह ९ बैगुन्धुरा निवासी भाइ निर्देश पोखरेल लगायत को टिम ले मेरो कारोबार एप को निर्माण गरेका छन।)


 साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लागि बाँकी (उधाराे) को लेनदेन ठूलै चुनौती हो । दैनिक सयौं, हजारौं ग्राहकहरुसँग कारोबार गर्ने पसलेहरुका लागि कागजको ढड्डामा कारोबारको विवरण व्यवस्थापन गर्नु निकै झन्झटिलो काम हो ।

ढड्डा हराए वा मुसाले काटेमा हजारौंकाे हिसाब खेर जान्छन् । पुरानो हिसाब मेटाउन कोही आएमा हिसाब खोज्न नै धेरै समय लाग्छ ।
‘साना तथा मध्यम पसलहरुलाई लक्षित गरी बनाएको यो एपमा अब पसलेहरुले आफ्नो सबै कारोबार, बाँकी लगायतका हिसाब सुरक्षित र विश्वासिलो तरिकाले राख्न सक्छन् ।’
ठूला व्यवसाय तथा कम्पनीहरुले त कम्प्युटरमा ठूला ठूला महङ्गा महङ्गा सफ्टवेयरहरु राखेर प्रयोग गरिरहेका हुन्छन् । तर बाँकीको कारोबारले सबैभन्दा धेरै पीडित साना पसलमा हिसाब राख्ने व्यवस्थित प्रणाली नै हुँदैन । कसैले बाँकी तिर्न आयो भनेर पनि खोज्न घण्टौं लाग्छ । यही प्रक्रियालाई डिजिटाइज गर्न यो एप बनाईएको हो।
यसमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विववरण तथा पैसा सबै कुरा राख्न मिल्छ । कसैले १० दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्नेछ। यसले किराना तथा साना पसलको कारोकारलाई नै पेपरलेस बनाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।
कारोबारको डेटा ब्याकअपमा रहने र कस्टमरसँगको पुरानोभन्दा पुरानो हिसाबलाई समेत ट्रयाक गर्न सकिने हुँदा यसले व्यवसायीको सिङ्गो टर्नओभरको हिसाबमा समेत विश्वासिलो आधार दिने छ ।
यस एपलाई नेपाली भाषामा चलाउन सकिन्छ । यो अफलाइन र अनलाइन दुवै मोडमा उपलब्ध छ । ‘अफलाइन डेटा लाेड गरेपछि अनलाइन जाँदा डेटा सिङ्क हुन्छ,’
‘प्रयोगकर्ताहरुले ३० दिनसम्म नि:शुल्क ट्रायल पाउन सक्छन् । नर्मल प्रयोगकर्ताहरुले पनि प्रयोग गर्न सक्छन् । तर ३० दिन पुरा भएपछि सब्सक्रिप्सनबेसमा लाइसेन्स किन्नुपर्छ ।’
अहिले यो एपमा ६ महिना र एक वर्षको प्याकेज छ । ६ महिनाको लागि बाह्र सय र एक वर्षका लागि दुई हजार रुपैयाँको प्याकेज छ।


Post a Comment

0Comments

Post a Comment (0)