राहत वितरण विवाद,भ्रम र यथार्थ गौरादह नगरपालिका वार्ड ६

0
गौरदह नगरपालिकाको वार्ड नम्बर ६ माँ वार्ड अध्यक्ष खड्ग प्रसाद पराजुलीको संयोजकत्वमा २०७६ चैत १९ गते बसेको सर्वपक्षीय भेलाले वार्डका के कती निम्न आय स्तर भएकाहरुलाई कसरी राहत वितरण गर्ने भनेर सहमती र निर्यण भएको थियो।  जून कुरा तलको मेमो बाट पनि बुझ्न सकिन्छ।   




राहत वितरणको लगतै २०७६ चैत २४ गते नेकपाको वडा कमिटी गौरादह -६ ले प्रेस विज्ञप्ति नै निकालेको एकाएक gauradaha2020.blogspot र फेसबुक बाट प्रकाशमा आएको थियो।  

तर तीन बूढ़े प्रेस विज्ञप्ती चुनावी अभियानको शैलीमा राहत वितरण गरेको, राहत वितरणको समयमा पीडित पक्षको आक्रोश साम्य पार्न प्रहरी परिचालन गरेको र सर्वदलीय बैठक नाराखेको तथा वितरणमा सर्वदलीय सहभागिता नगराएको। भनी भर्सना गरिएको छ।  तर अचम्म उक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नु होने इंचार्ज-प्रकाश पराजुली, सचिव कृष्ण प्रसाद ओझा र अध्यक्ष कोकिल तजपुरिया भने सर्वपक्षीय भेलामा भने सहभागी भएर हस्ताक्षर गरेको पनी देखिन्छ।  जसमा विभिन्न दलका प्रतिनिधिहरु बसी छलफल गरियो भनी उल्लेख गरिएको पनि छ।  यसबारेमा नेककाले भने नेकपाले भने जस्तो कुनै पनि आरोप सत्य नभएको र यस्तो दैबिक विपत्तिमा पनि राजनीतिक वैमानी गर्नु राजनीतिको धर्म नभएकोबताएका छन भने नेकपाका आफैमा पनि यस विषयमा विवादित देखिन्छन।  
==================================================
उदाहरणका लागी कही कमेन्टहरु :- 

"यहाँ नेकपालाइ सक्ने खेल २/४ जनाले गर्न खोज्दै गरेको छर्लङ्ग हुँदैग़ैरहेको छ। के नेकपा कसैको बिर्ता हो?? कुनै ब्यक्ति वा कुनै गुटले भन्दैमा यो नै नेकपाको सार्बजनिक भनाइ हो भनेर हामी भन्न सक्दैनौ, कसैको ब्यक्तिगत भनाइलाई हामी पाटीको आधिकारिक भनाइ भनेर मान्दैनौ।  सबै सच्चा नेकपाका सुभचिन्तकहरु एक भएर पाटीको छवि बिगार्न खोज्नेको निम्ति पटी यो विषम परिस्थितिमा गरीब मजदुर, बिपन्न बर्गको साथमा छौ भनेर मैदानमा उत्रने बेला आएको छ।  सच्चा नेकपाका कार्यकर्ताहरु एकढिक्का भएर एक जुट भएर अगाडी बढ्नु पर्ने आवश्यकता देखिएको छ।  "    

"हुंदा हुंदा ६ नं मा यस्तो दिन पनि आयेछ कि यस्ले के बुझ्ने ? हैन यो पार्टीकै आधिकारिक पोष्ट हो भने त यस्ले ६ नं मा पार्टी झन तलपारेको आभास भयो सानो संकुचित सोचबाट यसरी आउन राम्रो लक्षण भये जस्तो लागेन केही दिन अघि लाठि चार्ज भनेर सामाजिक सन्जालमा हंगमा नै भएको त्यो वडा त्यहांका बजार क्षेत्रका भाइ साथि संग बुझ्दा त्यस्तो बुझिएको थिएन अब फेरि यस्तो आएछ यश सन्जालबाटै थाहा भयेको कुरा के भने केही त्यहिका स्थानिय भाइ साथिको कमेन्ट हेर्दा यसमा केही असहज लाग्यो । किन कि भनी रहका थिये कि सर्बदलिय सर्बपक्षिय भेला 19 गते आयोजना भयेको त्यसमा एक साथिको कमेन्ट र एक साथिको पोष्टमा प्रष्ट संगको नामावलि थियो यदि त्यस्तो हो भने यो झन जन्तालाइ भुल्याउने मेलो र जन्तालाइ भ्रम छर्ने कुरा मात्र हुनेछ ।" 

बिसङ्गति बिरुद्ध महाअभियान
 ले भने यस्तो लेखेको थियो यो विषयमा :-

गौरादह वाड नम्बर ६ को पहिलो चरणको राहत वितरणमा बिवाद बारे वडाध्यक्षसंग गरिएको कुराकानिका आधारमा:
पुरा विवरण ।
पहिलो चरणमा ६५९ परिवारलाइ राहत वितरण गरियेको थियो ।
कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि झन्डै ३ सातायता लागू गरिएको बन्दाबन्दीका कारण गरीब र दैनिक ज्यालादारी मजदुर वर्ग गुजाराको समस्यामा भयको । उनीहरूलाई विभिन्न ठाउँमा स्थानीय सरकारका जनप्रतिनिधिले पहिलो चरणको राहत वितरण गरिएको छ ।झापाको गौरादह नगरपालिकाले वाड नम्बर ६ मार्फत २०७६/१२/२१/गतेका दिन उपलब्ध गराएको थियो ।
उपलब्ध गराएको राहत सामाग्री वितरण गरिरहेको बेला बिवाद भएको थियो। आज राहत पाउनेहरुको नामावली सहित ६ नम्बर वाडाले राहत पाउने ६५९ जनाको नाम उपलब्ध गराएको थियो । सो राहात वितरणलाइ लिएर त्यस वडाको नेकपाले विक्षप्ति नै जारि गरेको थियो ।
सो वडालाइ लगाइएको आरोपहरुमा वडाध्यक्ष खड्ग पराजुलि लगायत दामुना बजारमा बसोवास गर्नुहुने व्यक्तित्वहरु संग आज सम्म बुझिएका विवरणहरु:
१ नं बुदामा: वडाध्यक्ष खड्ग प्रसाद पराजुलिज्यले भन्नू भयो : वडाकार्यलयले कसैलाइ पनि राहात वितरण गर्नका लागि नगरपालिकाका जनप्रतिनिधी बाहेकका व्यक्ति नबोलाएको र राहात सामाग्री सोझै संम्बन्धित टोलका टोल विकास समिति मार्फत वितरण गरिएको हो जुनकुरा टोल समिति संग बुझ्न सक्नु हुन्छ ।
२ नं बुँदामा: वहाँले भन्नू भयो : अहिले त वहाहरु राहत वितरणको समयमा पीडित पक्षको आक्रोश साम्य पार्न
प्रहरी परिचालन गरेको भन्दै हुनुहुन्छ त्यस दिन त झनै लाठि चार्ज भयो भन्दै हुनुहुन्थ्यो यथार्थ तपाईं बजारबासि संग बुझ्न सक्नु हुन्छ ।
३ नं बुदामा अध्यक्षले भन्नू भयो सर्बदलिय बैठक र सर्वपक्षय बैठकमा के फरक छ वहाँहरु नै जान्ने बुझ्ने हो । वडाले सर्वपक्षिय भेलाको 19 गते आयोजना गरेर निर्णय गरेकै हो । सो निर्णयमा विज्ञप्तिमा हस्ताक्षर गर्नेहरु मध्ये ३ जनाले हस्ताक्षर गर्नुभयेको छ वहाहरुले के दर्शाउन खोज्नु भएको हो म जान्दिन यसो गर्न वहाहरुलाइ नसुहाउने थियो । वितरण ताम झाम सहित गर्न नमिल्ने हुनाले दलिय हिसाबले कसैलाइ पनि बोलाइएन वाटाघाटा टोल कार्यलयमा को को आए त्यो सबै लेखाजोखा राखेर पनि सकिँदैन ।
यि सबै ब्यक्तिगत आग्रह पुर्बाग्रहबाट कपो कल्पित भ्रमात्मक कुरा मात्र भएको समेत बताउनु भयो ।
दामुना बजारका केही स्थानिय संग बुझ्दा पहिला लाठिचार्जको हल्ला फिजाइएको र त्यो पुष्ठि गर्न नसकेकाले आक्रो शान्त पार्न प्रहरि परिचालन गरिएको भन्ने भ्रम छरियेको र यो आरोप मात्र भएको देश र जनताको सुरक्षामा रातोदिन खटिने सुरक्षा निकायलाइ यस्तो विवादमा फसाउने खालको टिप्पणी आउन नहुने समेत बताएका छन् । कागजि दस्ताबेज तल सामेल छन् । 
==============================================================

राहत बितरणको समयमा आवश्यक स्वस्थ्य सावधानी अपनाईयोस् । राहत किन, केको लागी जस्ता कुराहरूको महत्व बुझाईयोस् । यो बिश्वव्यापी माहामारीको वास्तविकता, अपनाउनुपर्ने सजगता, हरेक नागरिकको न्युनतम् दायित्व, भोली परिआउने संकट र सावधानी के हुन् भन्ने बिषयमा पनी बुझाईयोस् । र राहत थाप्नेहरूले बुझ्नै पर्ने कुरा केहो भने ‘ यो कुनै पर्व होईन विपत् हो र सावधानी नअपनाए स्थिति भयावह हुनसक्छ ‘ ।जस्ता प्रश्न र अघिल्लो पटक विवाद आएकोले गौरादह नगरपालिका वार्ड नम्बर ६ अध्यक्ष ज्युले आफ्नो फेसबुक मार्फत यस्तो जानकारी नै गराउनु भएको छ :-






सबैको जानकारीका लागी
बिस्वमा नै मानब सन्कट निम्त्याउने गरि फैलिरहेको Covid- 19 कोरोना भाइरस को सन्कट उत्पन्न भइ सो संक्रमणबाट बच्नका लागि हाल हाम्रो देस नेपालमा पनि देसनै लकडाउन भयेको विषम परिस्थितिमा यश सन्कटबाट बच्न र बचाउनका लागि देस भरी रहेका बिपन्न, असाय दैनिक ज्यालादारि गरि जिबिको पार्जन गर्ने परिवारलाइ राहात बितरण कार्यक्रम अनुसार तपाइको टोलबाट तपसिल अनुसारको पारिवारिक बिवरण टोलबिकस समिती मार्फत सिफारिस भइ आयेको हुनाले सो पारिवारिक नामावलीमा सम्सोधन, खारेज, अथवा थप गर्नुपर्ने भयेमा सम्बन्धित टोल बिकास समिती अथवा वडा कार्यलयलाई मिति 2076/12/28 गते बेलुका ४ बजे सम्ममा जानकारी गराइदिनुहुन अनुरोध गर्दछु ।
खड्ग पराजुली
वडा अध्यक्ष गौरादह

Post a Comment

0Comments

Post a Comment (0)