के अमेरिकी राष्ट्रपति ट्रम्पले सात दिनभित्र विदेशीलाई आफ्नो देश फिर्ता जान आदेश दिएका हुन्?

अहिले सोसल मिडियामा एउटा समाचार भाइरल हुँदैछ। विभिन्न अनलाइनहरुले राखेका समाचारहरुमा दावी गरिएको छ कि सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पले आदेश दिए। आफ्ना नागरिक फिर्ता नलैजाने देशलाई भिसा प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पले दिए। नेपालको समेत नाम तोकेर ट्रम्पले आफ्ना नागरिक फर्काउन चेतावनी दिए।
के यी समाचार सही हुन् त? हामीले गरेको फ्याक्टचेकमा देखिएका तथ्य यस्ता छन्।
सूचना विभागमा दर्ता भएको राजनीति डट कमले ७ दिन भित्र अमेरिका छोड्न बिदेशीलाइ ट्रम्पको चेतावनी शीर्षक समाचारमा लेखेको छ, ‘काेराेना महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदेश दिएका छन्।’
त्यस्तै, सूचना विभागमा दर्ता भएको अनलाइन डबलीले ‘सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पको आदेश’ शीर्षकको समाचारमा लेखेको छ- ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको बेला ट्रम्पले नेपालसहित विश्वका विभिन्न देशहरुलाई सो आदे दिएका छन्।’
सो अनलाइनले स्रोतका रुपमा न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै लेखेको छ, ‘न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले फिर्ता नलिएमा वा जान अटेर गर्ने विदेशी नागरिकलाई जरिवाना तिर्नुपर्ने एक आदेशपत्रमा हस्ताक्षर गरेका छन्। यो आदेश पत्र जारी भएसँगै अब अमेरिकामा रहने विदेशी नागरिकलाई प्रशासनले जरिवाना तिराउनेछ।’
यो भ्रम फैलाउने खबर हो। न्युयोर्क टाइम्सको समाचारमा रोयटर्स समाचार एजेन्सीको एउटा समाचार छ, ‘Trump: U.S. Could Impose Visa Sanctions on Countries Not Accepting Deportees’ शीर्षकको। त्यसमा स्पष्ट लेखिएको छ, The order did not name any countries. अर्थात् ट्रम्पको आदेशमा कुनै पनि देशको नाम उल्लेख गरिएको छैन। त्यसैले नेपालको नाम शीर्षकमै राखेर समाचार लेख्नुको उद्देश्य भ्रम फैलाउनु मात्र रहेको देखिन्छ।
हेर्नुस् न्युयोर्क टाइम्समा प्रकाशित समाचार