कोरोना संक्रमण पुष्टि भएकाहरुसंगै बिमानमा आएका दमकका २ जनाको स्वाब परिक्षण हुँदै

0


विष्णुप्रसाद पोखरेल
दमक/ नेपालमा कोरोना संक्रमित भेटिएकै बिमानमा आएका दूइजना दमकेली बासिन्दाको कोरोना परीक्षणका लागि दमक नगरपालिकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ । उनिहरुको स्वाब परीक्षणका लागि दूइदिन अघि पठाईएको श्रोतले बताएको छ । यद्यपी उनिहरु आएको दूइसाता बितेको छ ।
उनिहरु होम क्वारेन्टाईनमा रहेका थिए । त्यसभन्दा अघि लाइफलाइन अस्पतालमा भर्ना भएका एक विरामीको पनि स्वाब परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थिएन । उक्त बिमानमा आएका दूइजनाले आफुहरु होम क्वारेन्टाइनमा निर्देशन दिए अनुसार सावधानी अपनाएर बस्ने भनेपछि क्वारेन्टाइनमा नल्याईएको बताईन्छ ।
दमक नगरपालिकाको स्वास्थ्य शाखामा बिदेशबाट आउनेहरुको निगरानी र अवस्था बुझ्नका लागि एकजना कर्मचारीको ब्यवस्थापन भएको पाईएको छ । सबै रिर्पोट र जानकारी नियमित रुपमा लिने गरिएको स्वास्थ्य शाखाले जनाएको छ । तीनसाताको अवधिमा दमकमा १ सयि ५० भन्दा बढि दमक आएकाछन् ।
कोरोना भाइरस सक्रमण रोकथाम तथा ब्यवस्थापनका लागि दमक नगरपालिकाले तोकेका फोकल पर्सन एवं स्वास्थ्य निरिक्षक बद्रि बरालका अनुसार किट आउनसाथ पहिला विदेशबाट आएका र त्यसपछि क्वारेन्टाइनमा बसेर घर फिर्ता भएकाहरुको समेत जाँच गरिने छ । अहिलेसम्म किट उपलब्ध नभएको उनले बताए ।
यसैबीच झापा सहित पुर्वमा क्वारेन्टाइनमा रहेकाहरुको अब किटको माध्यमबाट कोरोना टेष्ट शुरु हुनेछ । यसका लागि प्रदेश १ सरकारलाई ५ हजार किट आईसकेको जनाईएको छ । यो किटको माध्यमबटा जाँच भएर पोजेटिभ देखिएकाहरु अस्पतालमा भर्ना हुनेछन् । विहिबारसम्म ४८ जनाको स्वाको रिर्पोट आए अनुसार कसैमा पनि कोरोना भेटिएको छैन ।
साभार : prabhabkarinews

Post a Comment

0Comments

Post a Comment (0)