गौरादाह नगरपालिकाको वर्डा नम्बर ६ मा नेकपाको अनुपस्थितीका कारण राहात वितरण लागी गरिको सर्वपक्षीय भेला स्थगित

0

काहीँ नभएको जात्रा हांडी गाउँमा होइन कोहबरामा भन्दा हुने भएछ 


सरकारले यस्तो माहमारिको जोखिममा राहात वितरण लाइ राजनैतिक मुद्दा नबनाउन र यस्तो संकटको घडीमा सबैको हातेमालोको खाँचो रहेको छ भनेर भनीरहेको वेला गौरादह नगरपालिकाको वर्डा नम्बर ६ मा भने जनतालाई आड़ भरोषा दिनु पर्ने वेलमा नेकपाले नै राजनैतिक मुद्दा बनाएर बसेको यस पटक नेकाले आरोप लगाएको छ।  पहिलो पटक राहत वितरणको छलफलमा सहभागी भएर पनि सर्वदलीय भेला गरिएन भनेर विज्ञप्ती जारी गरेको नेकपाले भने दोस्रो चरणको राहत वितरणको सर्वपक्षीय भेलामा सहभागी नजनाएकोले सर्वदलीय भेला स्थगित भएको जानकारी गराएका छन। 
दू:खको कुरा यस्तो संकटमा मिलेर सहकार्यगर्नु पर्नेमा, विश्व महामारीको चपेटामा परेको वेला दू:ख, संकट भन्दा ठूलो पाटी रहेछ भन्ने सन्देश दिएका छन।  

देव नारायण विष्ट यस घटना बारेमा यस्तो लेख्दै, विवाद र सर्वदलीय भेला स्थगित भएको जानकारी यसरी सोसल मिडिया बाट दिनु हुन्छ :-


"संसारकै उत्कृष्ट ने क पा गौरादह न पा वाडा न ६ काे रहेछ वडाकार्यलयले टाेल समितिका सिफारिसमा राहात बाड्दा ने क पा लाई नसाेधिएकाे भनेर नेकपा वडाकमिटिले विज्ञप्ति निकालेकाे थियाे दाेस्राे चरणको राहात वितरण तथा फुड बैंक समिति निर्माण गर्न गौरादह नगरपालिकाले गरेकाे निर्णय अनुसार फुड बैंक तथा राहात बितरण गर्न वडाका सर्वदलिय,तथा वडामा भएका सङ्घ, सस्था ,सर्वपक्षीय भेलागराई राहात वितरणमा सहयाेग पुर्याउनु भने बमाेजिमगौरादाह न पा वडा न ६ का वडा अध्यक्ष खड्ग प्र पराजुलिलेआज मिति २०७७/०१/०५ गते सम्पूर्ण पार्टी प्रतिनिधि,टाेल बिकास,व्यवसायी ,बजार प्रतिनिधि लाई सर्वपक्षीय भेला बाेलाइएकाे थियाे मलाई वडा अध्यक्षबाट जानकारी भए सम्म यस भेलामा सम्पुर्ण सङ्घ सस्था बजार प्रतिनिधि तथा टाेल बिकास सबै उपस्थिति भएको पाइयाे तर ने क पा प्रतिनिधि उपस्थिती भएन र धेरै बेर सम्मकाे पर्खाइपछि वडा अध्यक्ष जि ले फाेन गर्दा हामी सर्वदलिय भेला हाे भने आउछौ तर सर्वपक्षीय भेलामा उपस्थित हुदैनौ भन्ने जावाफ आए पछि त्यहा उपस्थित भेलाले कसैकाे असन्तुष्टि हुदाहुदै समिति गठन नगरौ भनेर मौखिक सहमति गरि भेला स्तगित गरिएको थियो। आखिर किन यस्तो गर्छन् ?गर्दा पनि बिवाद ,मिलेर केही गरु ,बसौ सल्लाह गरौ भन्दा पनि पार्टीका मान्छे मात्रै बसेर सल्लाह गर्ने हाे भने मात्रै ,के वडा न ६ मा पाटिका पदमा बसेदेखि बाहिरका मान्छे सबै कामै नलाग्ने छन तिनिहरु सग हामीले बस्न मिल्दैन भन्ने साेच हाे?नेकपाकाे ,होइन भने गरिब,भाेकाे बसेकाे नेकपाकाे पट्टी लगाएकाेआँखाले किन देख्दैन? याे अबस्थामा जस्तोसुकै अहम छाेडेर भाेकालाइ गाँस दिनुपर्छ भन्ने पार्टीका शिर्षनेताले सिकाउदैन? पार्टीको नाममा जहिले पनि गरिब र साेझा जन्तामाथि खेलभाड गर्ने अनि गफचाहि ठुला ठुला गर्ने। स्मरण रहाेसआजको भेलाकाे उद्देश्य सबै गरिबले भाेकै बस्नु नपराेस भन्ने हाे मेराे बुझाइमा तर नेकपा काे यस्मा के स्वार्थ छ? राहातमा त गाेकुल र भानुभक्त काे जति नाम कमाउन सकिदैन हाेला ?फेरि किन टाेलबिकासका प्रतिनिधि ,र अरु सङ्घ सस्थाका प्रतिनिधि , अरु पर्टिका प्रतिनिधि बसेकाे भेलामा नेकपाले बस्न नहुने"






यसरी प्रश्न गरिको छ। सामाजिक सञ्जालमा मात्रै दोहोरी खेलेर समस्या सावधान हुदैन असल नेता भन्दा पनि पहिले असल नागरिक बनौ। कामना गरौ यस्ता विवाद छिट्टै टुङ्गो लाग्ने छ र सही रुपमा निम्न आय भएका मजदुरहरुले राहत पाउना सकून।

Post a Comment

0Comments

Post a Comment (0)