गजल [ राजु न्यौपाने ]

1
सन्तान जन्माई ज्यूँदै फाल्ने,माउहरू बढ्न थाले ।
आफ्नै छोरी बलात्कार गर्ने, बाउहरू बढ्न थाले ।
समय काल उचित छैन, जोगिएर हिड्नु राम्रो,
जागीर भन्दै अस्मिता लुट्ने,साउहरू बढ्न थाले ।

पसीनाको भेल बगाउने, भोकभोकै मर्छ होला,
गरीब पेटमा लात मार्दै, भाउहरू बढ्न थाले ।
दानव रूपी संसार भयो, मानवता छैन जस्तो,
प्रतेक मनमा खुट्टा तान्ने दाउहरू बढ्न थाले ।
अस्तित्वलाई जोगाई अब,मान्छे बन्न गाह्रो भयो,
दुर्गतिलाई पछ्याई बाटो पाउहरू बढ्न थाले ।

राजु न्यौपाने 
कोहबरा -७ झापा
हाल - बहराईन
Tags:

Post a Comment

1Comments

  1. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete
Post a Comment