नागरिकलाई फेसबुकमा स्टाटस लेख्दा जेल हाल्ने सरकारले वेभसाईट नै ह्याक गर्नेलाई जेल हाल्छ कि हाल्दैन ?

0
‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एडमिन बनाएर त्यो न्युज मात्र हटाएका थिएनन्, अरु न्युज समेत हाल्न नमिल्ने बनाएका थिए ।
यो गंभीर साईबर अपराध मात्र हैन , प्रेस स्वतन्त्रतामाथिको ठूलो आक्रमण हो । साईबर अपराध अनुसार अलीमाथि कार्बाही हुन्छ कि हुदैन ।
प्रधानमन्त्री ओलीको आईटी सल्लाहकार रहेका अलीले प्रधानमन्त्रीका सल्लाहकार वा सदस्य कसको आदेश वा निर्देशनमा ह्याक गरेका हुन् ? यो सार्वजनिक हुनु जरुरी छ ।
यसले अली मात्र हैन उनलाई यो कामका लागि निर्देशन दिने समेत दोषी छ भनेर बुझ्न जरुरी रहेको पत्रकार महासंका एक पदाधीकारीले बताए ।
सोही आइडीबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो । जुन समाचारमा अलीको पनि नाम थियो । जसमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अस्गर अलीको नाम पनि जोडिएको थियो । तर, सार्वजनिक रूपमा चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले गल्ती स्विकारेको छ । दिउसो सम्म उसले स्वीकार गरेको थिएन ।
‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’


अब गंभीर प्रश्न छ , फेसबुकमा स्टाटस लेखेका आधारमा नागरिकलाई जेल हाल्ने सरकारले बालुवाटारभित्र जोडिएर समाचार पोर्टल नै ह्याक गर्नेलाई जेल जाल्ला कि जोगाउला ठूलो प्रतिक्षाको बिषय बनेको छ ।

Post a Comment

0Comments

Post a Comment (0)