ब्लगिङबाट पनि आम्दानी गर्न सकिन्छ ?

1

आजको समयमा संसार एउटै उपकरणमा सीमित भएको छ। यसको मुख्य श्रेय सामाजिक सञ्जालका फेसबुक, म्याप तथा  अनलाइन वेबसाइट आदिलाई जान्छ, तर ब्लगलाई प्रयोगकर्ताहरूले बिर्सिएको वा महत्व नदिएजस्तो देखिन्छ। अलिकति  प्राविधिक ज्ञान हुने हो भने हामी आफैंले पनि आफ्नो निजी ब्लग बनाएर त्यसमा नयाँ सोच एवं खोजहरू प्रस्तुत गरी घर  बसी-बसी आम्दानी पनि गर्न सक्छौं।

के हो ब्लग ?

वास्तवमा ब्लग भनेको वेबलग हो। यो व्यक्तिगत वेबसाइट हुनसक्छ जसमा चाहेका सामग्रीहरू अपलोड गरी पोष्ट गर्न  सकिन्छ। प्रत्येक पोस्टिङमा हामीले आफ्नै लेख, रोचक जानकारी तथा त्यस्ता सामग्रीहरू अपलोड गर्न सक्छौं, जुन प्रयोगकर्ताहरूका लागि आकर्षक र उपलब्धिमूलक होस्। यति मात्र होइन, यसमा हामीले आफ्नो व्यक्तिगत अनुभव, आफ्नो जीवनमा  घटेका घतलाग्दा घटना वा प्रसंग आदि पनि राख्न सक्छौं। प्रयोगकर्ताले ती लेख तथा पोस्टिङहरू पढेर आफ्ना विचार तथा  सुझावहरू लेख्न पाउँछन्। यदि लेख तथा अपलोड गरिएका अन्य सामग्रीहरू साँच्चिकै रोचक, आकर्षक वा उपलब्धिमूलक  छन् भने निश्चय पनि प्रतिक्रियाहरू आउनेछन्। हामीले बनाएको वेबसाइट वा तिनमा राखिएका लेख तथा ती सँगै जोडिएका  प्रतिक्रिया, त्यससँग सम्बन्धित तस्बिर आदिलाई समग्र रूपमा 'ब्लग' को नाम दिइएको छ। जति-जति ब्लगमा प्रयोगकर्ताहरूले  प्रतिक्रिया, सुझाव दिंदै जान्छन् त्यति त्यति ब्लगले ख्याति प्राप्त गर्नेछ।

एक युवा डाक्टर डुगि हाउजरले आफ्नो व्यक्तिगत रोचक प्रसंगहरू कम्प्युटरमा दैनिकीको हिसाबले संग्रहित गर्थे। उनले  आफ्ना रोचक प्रसंग तथा आफूसँग बितेका रमाइला तथा तीता प्रसंगहरू आफ्नो हार्ड ड्राइभमा स्टोर गर्थे र पछि तिनलाई  वेबमा अपलोड गर्थे। भनिन्छ, ब्लगिङको सुरुवात यहीबाट भयो, तर ब्लगिङको आधिकारिक परिचय भने सन् १९९७ मा जर्न  बार्गरले दिएका हुन्। उक्त ब्लग जो कसैले पनि बनाउन सक्ने तथा अन्य तेस्रो व्यक्तिले आफ्नो इच्छा लागेमा त्यसमा सल्लाह  र सुझाव दिन सक्नुका साथै तस्बिर, गीत तथा भिडियो पनि अपलोड गर्ने सक्ने खालको थियो। यसलाई आजभोलिको  फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालका वेबसाइटसँग तुलना गर्न सकिन्छ। फरक यति मात्र हो कि यी सामाजिक  सञ्जालका वेबसाइटहरूको पूर्ण नियन्त्रण केही सीमित व्यक्तिमा हुन्छ भने निर्माण गरेको ब्लगको सम्पूर्ण अधिकार तथा  नियन्त्रण हामीसँगै हुन्छ। यदि वेबसाइटसम्बन्धी थोरै पनि जानकारी छ भने हामीले आफैंले आफ्नो ब्लग निर्माण गर्न सकिन्छ।

त्यस्ता थुप्रै अनलाइन पोर्टलहरू पनि छन् जसले ब्लग बनाइदिन्छन्, हामीले खाली आफ्ना सामग्रीहरू अपलोड गर्नुपर्ने हुन्छ।  ब्लगिङका दुई मुख्य फाइदा छन्। पहिलो, आजभोलि सबै ताजा प्रसंग, नयाँ तस्बिर तथा भिडियो हेर्न चाहन्छन्। यस्तो स्थितिमा  जुन ब्लगरले सबैभन्दा पहिले यस्ता सामग्री अपलोड गर्छ, उसैले सबैभन्दा बढी ख्याति प्राप्त गर्ने सम्भावना रहन्छ। दोस्रो हो,  ब्लगिङ सफ्टवेयर। इन्टरनेटमार्फत एकदमै स्तरीय ब्लगिङ वेबसाइट निर्माण गरिदिने ब्लगिङ सफ्टवेयर डाउनलोड गरी  आफूलाई पायक पर्ने खालका ब्लगिङ वेबसाइटहरू निर्माण गर्न सकिन्छ। यस्ता ब्लगिङ सफ्टवेयरहरू सःशुल्क तथा निःशुल्क  समेत हुन्छन्।

ब्लगिङबाट आम्दानी 

अहिलेसम्म प्रायः ब्लगहरू व्यक्तिगत अभिप्रायले वा रमाइलोका लागि मात्र निर्माण गरिएको देखिन्छ, तर तीमध्ये केहीले माथि  भनिएजस्तै उद्देश्य अपनाएर आफ्नो ब्लगलाई लोकप्रिय बनाउने मात्र नभई त्यसबाट राम्रै आम्दानी पनि गरेको देखिन्छ। मानौं  बजारमा एउटा नयाँ भर्सनको ल्यापटप आएको छ वा आउनेवाला छ जसको जानकारी प्रायःजसो प्रयोगकर्तालाई थाहा छैन।  अब हामीले उक्त ल्यापटपसम्बन्धी सम्पूर्ण जानकारी (सकारात्मक तथा नकारात्मक पक्षहरूसमेत) आफ्नो ब्लगमा  तस्बिरसहित राख्यौं भने निश्चित रूपले केही प्रयोगकर्ताले हेर्ने तथा पढ्नेछन्। त्यसपछि हामीले दिएको जानकारी सही र  उपलब्धिमूलक भएको खण्डमा हाम्रो ब्लग र त्यसको लोकप्रियता बढ्नेछ। यसबाट बिस्तारै आफ्नो ब्लगमा कुनै नयाँ प्रोडक्ट  वा उपकरणका निर्माताहरूसँग सम्बन्धन प्राप्त गरेर आम्दानी गर्न सकिन्छ। यसका लागि Affiliate program हरू  इन्टरनेटमा प्रशस्त भेटिन्छन् जसले आफ्नो ब्लग र उत्पादन संस्थाहरूको बीचमा सम्बन्धन स्थापना गराइदिन्छन्। यो त भयो  एउटा प्रोडक्टको मार्केटिङको उदाहरण। यसबाहेक हामीले युजर तथा ब्लगका पाठकहरूको रुचि केमा छ, उनीहरूले हरेक दिन  कस्तो विषयमा जानकारीको अपेक्षा राख्छन्, त्यसलाई सम्झेर, बुझेर आफ्नो ब्लगलाई अपडेट, अपलोड गर्नुपर्ने हुन्छ। ब्लग  हिट गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको खण्डमा विभिन्न संघ-संस्थाहरूसँग उनीहरूको लोगो वा विज्ञापन ब्लगको  कुनै स्पेसमा राखेर पनि आम्दानी गर्न सकिन्छ।

यसबाहेक विभिन्न निर्माता कम्पनीहरूसँग आफ्नो ब्लगको सम्बन्धन जोडन सकिन्छ। यसका लागि भरपर्दो Affiliate program रोज्नुपर्ने हुन्छ। यस्ता सम्बन्धन प्राप्त निर्माता कम्पनीहरूसँग उनीहरूले निर्माण गरेका सामग्री, ल्यापटप, मोबाइल  आदि थुप्रै प्रोडक्ट आफ्नो ब्लगमा पोस्ट गराएर खरिद-बिक्री गर्न सकिन्छ। 

Google Adsense (गुगलको एडसेन्स)ः आफ्नो ब्लगबाट राम्रो आम्दानी गर्ने अर्को उत्तम उपाय हो- गुगलको एड्सेन्स।  एउटा राम्रो ब्लग बनाउन आफ्ना तर्फबाट अत्यधिक समय तथा मेहनत खर्चिनुपर्ने हुन्छ। यसबाट ब्लगको ट्राफिक पनि बढ्दै  जान्छ। यहाँ ट्राफिक भन्नाले कति जना युजर वा प्रयोगकर्ताले आफ्नो ब्लग भ्रमण गरे भन्ने हो, त्यो संख्या जति जति बढ्दै  जान्छ, त्यति नै ब्लगको ट्राफिक रेट बढेको मानिन्छ।

गुगलको एड्सेन्स अहिलेसम्मकै सबैभन्दा पुरानो वेब प्रोग्राम हो। वेबमा जति पनि प्रकाशित प्रोग्रामहरू उपलब्ध छन्, तीमध्ये  गुगलको एड्सेन्समा सबैभन्दा बढी वेब पब्लिसर्सहरूको डाटा संग्रहित छ। यति मात्र होइन, यो एड्सेन्स भनेको यस्तो प्रोग्राम  हो जसले प्रत्येक वेबसाइट, ब्लग आदिका ट्रयाक रेकर्ड गरिरहेको हुन्छ। यो प्रोग्राममा सहभागी हुन हामीले यसको सदस्यता  लिनुपर्ने हुन्छ जुन www.google.com बाट सजिलै प्राप्त गर्न सकिन्छ। सदस्यता लिइसकेपछि गुगलले हाम्रो ब्लगमा आफ्ना  पब्लिसर्सहरूको विज्ञापन राखिदिन्छ। उक्त विज्ञापन दिक्क लाग्ने pop-up, flashy विज्ञापन नभई साधारण टेक्स्ट जस्ता  विज्ञापन हुन्छन्। जति जति युजर वा प्रयोगकर्ताले उक्त विज्ञापनका लिंक खोल्छन्, त्यति त्यति गुगल एड्सेन्सले आफ्नो  खातामा केही रकम जम्मा गरिदिन्छ, तर हामीले चाहेको खण्डमा उसले तस्बिर वा फ्ल्यासका विज्ञापन राखिदिन सक्छ।  यसको विस्तृत नियम तथा शर्तहरू गुगलको एड्सेन्स पेजमा पढ्न सकिन्छ। यसका विभिन्न शर्तहरूमध्ये केही यसप्रकार छन्ः आफ्नो ब्लगमा अश्लील सामग्री, कुनै संस्था वा व्यक्तिगत विशेषलाई लक्षित गरी उनीहरूको मानहानी हुने खालका सामग्री  आदि अपलोड वा प्रकाशित गर्न पाइँदैन्। यसको अर्को नियमअन्तर्गत ब्लगमा गुगलले राख्ने विज्ञापनलाई आफ्नो इच्छाअनुसार  राख्न सकिँदैन। गुगलले ब्लगको ट्रयाक रेकर्ड तथा हिट रेकर्ड हेरेर नै विज्ञापनहरू हाम्रो ब्लगमा राखिदिन्छ। गुगलको एड्से न्सको तेस्रो महत्त्वपूर्ण पक्ष भनेको यसले एउटा ब्लगमा तीनवटाभन्दा बढी विज्ञापन राख्दैन। त्यति मात्र नभई अर्को वेबसाइट  वा ब्लगरलाई गुगल एड्सेन्सको जानकारी दिइयो भने Reterral program पनि गुगलले त्यसबापत हामीलाई आर्थिक  फाइदा गराउँछ। अहिले www तथा इन्टरनेट प्रविधिमा सबैभन्दा भरपर्दो भनेकै गुगलको एड्सेन्स हो, जसबाट हामीले मुनाफा  त गर्न सकिन्छ नै, त्यसबाहेक आफ्नो ब्लगको सही स्टाटस र पोजिसन पनि थाहा पाइन्छ।

यसबाहेक ब्लगिङलाई लोकप्रिय बनाउने अन्य उपाय पनि छन्ः

१. बजारमा चल्ने र प्रायःजसो बिक्री हुने प्रोडक्टका निर्माता कम्पनीहरूसँग सम्बन्धन प्राप्त गरी तिनका बारेमा विस्तृत  जानकारी तथा टिप्पणी आफ्नो ब्लगमा राख्ने। जति प्रयोगकर्ताले उक्त कम्पनीको कुनै पनि सूचनामा, विज्ञापन आदिमा क्लिक  गर्छन्, त्यसबाट उक्त कम्पनीले केही रकम हामीलाई दिन्छ।

२. हामीले बनाउने ब्लग कुनै एउटा विषयमा केन्द्रित हुनुपर्छ किनभने कुनै पनि प्रयोगकर्ताले गुगलमा कुनै विशेष प्रोडक्टको  जानकारी लिन खोज्दा गुगलले हाम्रो ब्लगलाई (जुन यदि त्यही प्रोडक्टमा केन्द्रित छ भने) मुख्य प्राथमिकतामा राख्छ, अन्यथा  हाम्रो ब्लग गुगलको सर्च लिस्टमा धेरै तल पर्न सक्छ।

३. त्यसैगरी ब्लगमा प्रयोगकर्ताहरूलाई पनि सल्लाह-सुझाव दिने ठाउँ राख्दा ब्लगको लोकप्रियता बढ्न सक्छ। अझ यसलाई  विस्तृत रूपमा भन्नुपर्दा ती प्रयोगकर्ताहरूलाई तिनका बीचमै discussion forum बनाउनाले धेरै जना प्रयोगकर्ता  सहभागी हुने सम्भावना हुन्छ। त्यसैगरी पाठकले कुनै पनि लेख पढेपछि उक्त लेखका लेखकलाई त्यहींबाट इमेल वा अन्य  सल्लाह सुझाव दिने सुविधा उपलब्ध गराए ब्लगको महत्व बढ्छ।

४. आजभोलि एसएमएसको चलन व्यापक छ, हामीले आफ्नो ब्लगमा एसएमएसमार्फत पनि प्रयोगकर्ताहरूसँग सल्लाह -सुझाव माग्न सक्छौं। यसको एउटा सानो उदाहरण यसरी लिन सकिन्छः मानौं हामीले मोबाइल फोनलाई केन्द्रित गरेर  आफ्नो ब्लग निर्माण गरेका हौं। अब, बजारमा आउने विभिन्न मोबाइलका बीचमा तुलना गरी त्यसैका आधारमा कुन मो बाइल फोन खरिद गर्दा उपयुक्त हुन्छ, त्यसका बारेमा जानकारी दिंदा ब्लगले उच्च महत्व पाउने सम्भावना रहन्छ, किनभने  त्यस्ता तुलना गरिएका पेजलाई प्रयोगकर्ता मात्र नभई ती मोबाइल फोन उत्पादकलगायत अन्य थुप्रै पाठकले पढ्ने सम्भावना  हुन्छ।

५. आफ्नो ब्लगलाई अझ बढी लोकप्रिय बनाउन विशेषज्ञहरूको सल्लाह सुझावहरूका आधारमा टप टेनजस्ता लिस्ट पनि  राख्न सकिन्छ। त्यसबाहेक त्यस्ता अन्य थुप्रै उपाय अपनाउन सकिन्छ, जसले ब्लग लोकप्रिय हुन सक्छ र ब्लग जति लोकप्रिय  हुन्छ, त्यति नै आम्दानी पनि बढ्छ। 

ब्लग बनाउँदा ब्लगरहरूले गर्ने गल्तीका बारेमा पनि जान्नु आवश्यक हुन्छ, नत्र ब्लगले नकारात्मक छाप छोड्न सक्ने  सम्भावना हुन्छ।

१. हतारहतारमा अति उत्सुकताका साथ ब्लगलाई पब्लिस गर्नु। यसमा अनधिकृत सूचना, जानकारी तथा गलत जानकारी  प्रकाशित हुन सक्ने सम्भावना अत्यधिक हुन्छ। 

यसले ब्लगलाई विवादास्पद पनि बनाउन सक्छ।

२. त्यस्तै ब्लगलाई सार्वजनिक गर्न होस्टको आवश्यकता पर्छ। त्यस्ता होस्टमध्ये कतिपय निःशुल्क सुविधा दिने हुन्छन् भने  कतिपयले सशुल्क सुविधा दिन्छन्। यस्ता होस्ट रोज्दा विशेष गरेर उक्त होस्ट सर्भरको सत्यतथ्य बुझ्नु राम्रो हुन्छ।

३. ब्लगिङ सुरु गर्नासाथै आम्दानीको अपेक्षा गर्नु मूर्खता हुन्छ, किनभने हामीले जुन विषयवस्तुलाई केन्द्रित गरी ब्लग  बनाएका छौं, त्यो विषयवस्तुमा हजारौं ब्लग बनेका हुन सक्छन्। यसर्थमा सुरुमा लोकल विषयवस्तुलाई ध्यानमा राखी ब्लगिङ  गर्दा राम्रो हुन्छ।

४. ब्लगरहरूले गर्ने अर्को मुख्य गल्ती भनेको copy paste हो। यसलाई प्लेगरिज्म पनि भनिन्छ। आफ्नो ब्लगलाई लो कप्रिय बनाउन वा छिटो र सजिलोसँग अपडेट गर्न ब्लगरहरूले अन्य वेबसाइट तथा पोर्टलहरूबाट copy paste गर्छन्,  तर गुगलजस्ता प्रख्यात सर्च इन्जिनहरूले plagiarizing software  मार्फत त्यस्ता copy paste गरिएका  ब्लगलाई प्राथमिकता दिँदैनन्।

५. अर्को गल्ती भनेको पाठकहरूको सल्लाह, सुझाव र तिनले सोधेको प्रश्न वा गुनासाहरूको वास्ता नगर्नु वा तिनलाई  समयमा उत्तर नदिनु हो।

Photo: via reviewsoftheday.com & Article Via कान्तिपुर साप्ताहिक 
Tags:

Post a Comment

1Comments

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
Post a Comment