धेरै कमाउन लागि सेना जागिर छाडेर कतार पुगेका निरजले खाडीमा भोगेको दुःखबाट
स्वदेशमै केहि गर्ने उत्प्रेरण लिए ।
![]() |
जागिर छाडेर कतारको दोहा पुगेका निरज बोगटीले निर्माण सामग्री बेच्ने कम्पनीमा निकै दुःख पाए । |
बढी कमाइका लागि सेनाको सेकेण्ड लेफ्टिनेन्ट जागिर छाडेर कतारको दोहा पुगेका
निरज बोगटी (२८) ले निर्माण सामग्री बेच्ने कम्पनीमा निकै दुःख पाए । यसबीचमा उनले
बाहै्रमास पानी लाग्ने खेत, घाँस–परालको पौलो र अभरमा साथ दिन हमेसा तम्तयार रहने
छिमेकीको महत्व पनि राम्रैसँग बुझ्े । “जहाजले ओसारेको घाँसबाट चलेको गाई फार्म
देखेपछि भने मेरो मगजको बिर्को राम्रैसँग खुल्यो”, निरज सम्झ्न्छन् ।
यसरी गाउँ फर्किएपछि उनले छिमेकी दाजु रवि नेपालसँग गाई पाल्ने कुरा गर्दा मतो
मिल्न गयो । दुवैको गरेर पाँच बिघा जमिन छँदैथियो, उनीहरूले पैसाको जोरजाम गरेर
भारतको हरियाणाबाट उन्नत जातका चार वटा गाई ल्याइहाले । आजको दिनमा उनीहरूको
फार्ममा एक पटकमा तीन पाथी दूध दिने लैना, बकेर्ना र ब्याउने गरी ५० गाई छन् । २५
वटा त बाछाबाच्छी नै छन् । बाछीहरू रु.२५ हजार गोटा हाताहाती बिक्छन्, तर सय वटा
गाई पुरयाउन चाहने निरज र रविले बाछी बेचेका छैनन् ।
नेपालको पूर्वी नाका काँकडभिट्टाबाट ६ किलोमिटर उत्तरको ग्राभेल सडकको दाहिने
किनारमा बाँसको घेराबारा भित्र उनीहरूको फार्म रमितै लाग्दो छ । फार्ममा घाँस
काट्न, गाई दुहुन र सरसफाई गर्न १४ जनाले रोजगारी पाएका छन् । उनीहरूको न्यूनतम
मासिक तलब रु.८ हजार छ । फार्मको एकछेउमा चार हजार कुखुरा लगाइएको खोर छ भने अर्काे
छेउमा बंगुर पाल्न ठिक्क पारिएको खोर । निरज भन्छन्, “यही माघको अन्तिम साता ५० वटा
पाठा हाल्दैछौं ।”
यो फार्ममा दैनिक साढे चारसय लिटर दूध र कम्तीमा २२ सय अण्डा उत्पादन भइरहेको छ
। महीनामा ३० हजार रुपैयाँको त मल मात्र बिक्री हुन्छ । सबै खर्च कटाएर दैनिक सरदर
रु.१० हजार खुद नाफा गरिरहेका निरज र रविले जुक्तिसँगै जाँगर चलाउँदा फलिफाप भएको
बताए ।
-गोपाल गडतौला, झापा
Via : eKantipur.com
This comment has been removed by a blog administrator.
ReplyDelete