रतुवा खोला तटबन्धन सम्पन्न हुनै लाग्यो !

0

दमक ।
जनताको तटबन्धन कार्यक्रम अन्तर्गत झापाको रतुवा र मावा खोलाको बाढी नियन्त्रणका लागि डेढ किलोमिटर बढि तटवन्धन र दर्जनबढि स्पर निर्माण गरिएका छन् ।
रतुवाले लखनपुर, कोहबरा र दमक नगरपालिकामा पुर्‍याउँदै आएको क्षति न्यूनीकरणका लागि एक हजार ६ सय २० मिटर बाँध र १४ वटा स्पर निर्माण गरिएका हुन् ।
रतुवा मावा तटबन्धन सिचाई व्यवस्थापन समितिका अध्यक्ष छत्रपति सुबेदीले कार्यक्रम अन्तर्गत सरकारी तवरबाट कोहबरा ४ मा ६४ लाख र कोहबरा २ मा ५४ लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको जानकारी दिए । उपभोक्ता समितिले कोहबरामा जनसहभागिता समेत गरी ५५ लाख १३ हजार रूपैंया बजेटमा एक हजार १ सय ३० मिटर बाँध, लखनपुरमा ४ लाख रुपैयाँको लागतमा तीनवटा स्पर, दमक १६ र १७ मा ५ लाख ७५ हजार रूपैंयाको लागतमा तीनवटा स्पर, दमक ३ मा एउटा स्पर र लखनपुर २ मा ४ सय ९० मिटर बाँध निर्माण गरेको छ ।
दमकका कतिपय वडामा ६८ लाख रुपैयाँ बरावरको काम भइरहेको छ । दमकमा ढुंगाको ७ वटा र जाली बोराको ९ स्पर निर्माणाधिन छ ।



स्रोत: पूर्वेली टाइम्स 
Tags:

Post a Comment

0Comments

Post a Comment (0)