राणा शासनको उदयदेखी सम्भिधान सभाको बिघठन सम्म आठ काला अध्याय र नेपाली जनता

0

अर्जुन बस्नेत 



त्रेता र द्द्वापर युगमा ठुलाठुला धर्म युद्दहरु भए जस्का कारण नारिहरु नै हुन भनिरहन नपर्ला किनकी सिताका कारण रामायाण युद्द भयो भने,द्रौपदिका कारण महाभारत । यस सन्धर्वलाई म यहाँ किन गोडन चाहन्छु भने हाम्रो नेपाल र हामी नेपालीको भाग्य र भविस्य माथि खग्राश लागेको पनि नारी कै कारण हो । नेपालको एकिकरण पश्चात नेपाली राजनीति र नेपाली जनताले बोश्वो साम्राज्यवादको बिगुल फुक्क्दै हिंडेको अङ्ग्रेजहरुलाई हराउदै उनिहरुको बिश्वोबिजयलाई पूर्णबिराम लगाउन सक्ने सामर्थ्य राख्ने नेपाली सपुथहरु भएको सुन्दर शान्त नेपालमा रानी राज्यलक्ष्मीको आफ्नो छोरालाई राजा बनाउने सत्तामोहले गर्दा नेपाल र नेपाली जनताका कालादिनहरुको अभ्युदय भयो । तात्कालिन प्रधानमन्त्री भिमसेन थापाले शाहवशको जेठो छोरो नै राजाहुनु पर्छ भन्ने नेपालको सम्भिधानको सत्यतामा अडिक रहे पश्चात बढेको सत्तामोहले कहिले थापा परिवार बलियो बनायो त कहिले पाण्डे परिवार यसरी मौलाउदै गएको सत्तामोहले नेपाली राजनीतिज्ञहरुमा गुट उपगुटका तरङ्ग हरु माकुराको जलो झै नेपाली राजनीतिमा जेलिन पुग्यो । यसको उपज भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा पारेर भिमसेन थापालाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो। आफ्नो अपमान सहन नसकी यिनले अन्ततः वि.सं. १८९६मा आत्महत्या गरे। उनका बिरोधीहरू पाण्डे तथा बस्न्यातहरूका कारण उनले पदत्याग गर्न वाध्य भएका थिए उनी । भीमसेन थापा प्रधानमन्त्री जंगबहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए। आफ्नो हजुरबुबाको मृत्युको खबरले दुखित जंगबहादुर राणा उनको मृत्‍युको बादला लिने दाउपेचमा लागे यही बाट शुरु भए नेपाली जनताका काला दिनहरु। 
कसरी छायो राणाकालको कालो रात 
भिमसेन थापालाई आफ्नो आटो बाट पन्छाए पछी दामोदर पाण्डे पट्टी ढल्केकी रानी राज्यलक्ष्मीको आफ्नो छोरालाई राजा बनाउने सपना उनि बाट पनि पुरा हुने नदेखे पछी बिस्तारै गगन शिङ खवास लगायत जंगबहादुर सग मिलेर रानी अर्को षड्यन्त्र तिर लागिन जंगबहादुरले पनि रानीको नजिक रहेर आफ्नो बादला र सपना पुराहुने उपयुक्त मौकालाई सदुपयोग गर्दै रानीको साथ लागेर तात्कालिन प्रधानमन्त्री माथबर शिङ थापाको हत्या गरे जो जंगबहादुरका आफ्नै मामा थिए । यस पछी रानीको ईशारा बिना नै वि सं १९०३ भादै ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले हत्या गरे खावास रानीका अती विश्वाशिला सदस्य थिए । आफ्ना विश्वाशका सदस्यको हत्या गर्ने हत्यारा पत्ता लगाउन रानीले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए। गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ वर्षको राणा शासनको उदय भयो जो जंगबहादुरको सपना थियो । सम्पूर्ण देश भक्त र जनता प्रेमिहरुको कोत पर्वमा हत्या भएपछी नेपाल र नेपालीको हित र अधिकारको निम्ती धेरै जना देसभक्तहरुले राणाकालमा बलिदान दिएको रगत आजपनी ति दरबारका भित्ता र सिकुवाहरुमा टाठै छ ।यहाँ बाट शुरु भयो नेपाली जनता माथि शोषणको अर्को अध्याय । राणाकालको उन्मातलाई उखेल्न नेपाली देशभक्तले जन्म लिन पुरा १०४बर्ष कुर्नु पर्‍यो तत्पश्चात राजा त्रिभुवन र बि पि कोइरालाको अगुवाइमा एकतन्त्रिय शासनको समाप्ती त भयो तर नेपाली जनता माथिको कालो अध्याय मेटिएन । प्रजातन्त्र प्राप्तिको छोटो समयमा नै त्रिभुवनको देहावासन भए पछी राजा महेन्द्र सग मिलेर एकतन्त्रिहरुले गहिरो जरा गाड्न मौका पाए जसको परीणाम बिक्रम सम्वत २०१७ सालमा निरङ्कुशको दोश्रो कालो अध्याय नेपाली जनताको कधमा लाधियो । राणाकालको अन्ध्यारो कालखण्ड बाट उज्यालो तर्फ बड्दै गरेको नेपाली क्रान्तिले स्वोतन्त्रताको राको बाली सकेको थियो । यस्तो परिस्थितीमा धेरै नेपाली सपुथहरुले ज्यानको आहुती दिन पर्‍यो । अझ भन्दा दमनकारीहरुको दमनमा छिन्ताङ काण्डले अरुण नदीमा रगतको भेल बग्यो भने,ओखल्ढुङा काण्डले सिस्नेखोला रङ्गियो । राणाकालका कोतपर्व,अलौपर्व र भण्डारखालपर्व भन्दा पनि भ्याङ्कर विभत्स हत्याकाण्डहरु निरङ्कुश पञ्चायत कालमा भए । ति काण्ड मचाउने नाइकेहरु आज पनि प्रजातन्त्रको मखुन्डो लगायर नेपाली जनताप्रती गिद्देद्रिस्टी गरिरहेका छन । खोइ त तिनिहरु माथि कार्वाही भएको ? 
जनता रुश्ट भए राजातन्त्र रहदैन भन्ने भलिभाती ज्ञान भएका राजा बिरेन्द्रले २०३६ साल पछी जनता प्रती केही उत्तरदाइ भूमिकाको बाटो अवलम्वन गरेका भए पनि उल्लेखिनिय काम भने भएनन । सधैं शासक र शोषक बाट पिसिएका जनता पञ्चायतको कालखण्डमा पनि रइती नै भएर रहेको तथ्य २०४६को आन्दोलनले प्रस्ट देखायो जस्को परीणाम बिशाल जनसहभागीताले आफ्नो हक अधिकार र सार्वभौम सत्ता हामी जनता मै निहित रहनु पर्छ भन्दै गरेको आन्दोलनले राजा बिरेन्द्रलाई जनताको अधिकार फिर्ता गर्न वाध्य पार्दै प्रजातन्त्रको घोषणा गराउदै नेपालको सार्वभौमसत्ता जनताले आफ्नो अधिकारमा लिए । त्यती बेलाको नेपाली राजनीतिले नेपाली जनतालाई निक्कै आशावादी देखाएको थियो । २०४७ को आम निर्वाचन बाट गिरिजा प्रशाद कोइरालको नेत्रित्वोमा बहुमतको सरकार काङ्ग्रसले बनायो भने मदन भण्डारीको नेत्रित्वोमा ने क पा ए मा ले प्रतिपक्षिमा रह्यो । त्यती बेला प्रतिपक्षमा कर्त्ब्यनिस्ठ जनताका प्रतिनिधि मदन भण्डारी ,मनोमोहन अधिकारी लगायतका देश र जनता प्रेमी ब्यक्तित्वोहरुको निस्ठाले जनताले राहतको सास फेर्न थाले । तर जनतालाई सधैं रइती बनाउदै शोषण गर्न पल्केकाहरुको रवाफले र जनताको मतले सिहदरबार भित्रिएका नेताहरुमा देशको बिकास र जनताको जीवन स्थर भन्दा पनि स्वार्थ र सत्तामोह झल्किन थाल्यो । स्वार्थ र सत्तामोहको कट्टर बिरोधी भएका मदन भण्डारी सबै राजनीतिज्ञहरुका आँखाको तारो हुन पुगे जस्को प्रतिफल २०५० साल जेष्ठ ३ गते बडो सुनियोजित तरिकाले उनको हत्या गरियो यहाँबाट नेपाली जनता माथि तेश्रो कालो अध्यायको पाना थपियो । कर्मठ र निस्वार्थी प्रतिपक्षी नेतालाई किनरा लगाए पश्चात राजनेताहरुले देश र जनता माथि बिना मियोको दाउनी गर्न थाले यस्तो जनता माथि गरिएको दुस्कर्मले एकातिर नेपाल कम्युनिसट पार्टी मावोबादको जन्म भयो भने अर्को तिर नेताहरुमा भस्टचार नातावाद कृपावाद र गुट उपगुटको खेती मौलाउन थाल्यो । प्रजातन्त्रको गलत उपयोगले देशको स्थिती भयाभह हुँदै थियो भने मावोबादी जनअन्दोलनले तिब्र रुप लिदै राज्य सत्ता सन्चालनको घोर बिरोध गर्दै थियो । यस्तो बिशम परिस्थितिलाई नजिक बाट नियाल्दै गरेका राजा बिरेन्द्र पनि निक्कै चिन्तित थिए । उनी माथि नेपाल नेपाली जनता र राजातन्त्र जोगाउन पर्ने जिम्वेबारी थियो । यसैले देश र जनताको भलाइका निम्ती उनले बिशेष कदम चाल्ने योजना बनाइरहेका थिए, यसको भनक पुरातनवदी अर्थात नेपाली जनता माती हैकम जमाउन पल्केकाहरुलाई यसको भनक लाग्यो जस्को परीणाम राजा बिरेन्द्र र उनका सबै परिवारको सामुहिक हत्या गरियो । यस हत्या काण्डले देश पुरै रोयो भने नेपाली जनतामा चौथो कालो अध्यायको पाना लेखियो ।
यो दरबार हत्यकाण्डले नेपालको छबिमा बिश्वो सभु प्रश्न चिन्ह लगायो भने राजनीतिमा उथलपुथल भयो,जनतामा भुइचलो आयो । हत्या हिङ्सा,लुट,मार, आतङ्क, अपहरण,धम्की, भरस्टचार,नारा,जुलुस,बन्द,हड्ताल,तोड,फोड,चक्काजम जस्ता कार्यहरुले प्रोत्साहन पाए । यही अराजकताको माझै माझ हुर्किदै गरेको मावोबादी जनाअन्दोनले गृहयुद्दको बिगुल फुकिसकेको थियो । यस्तो बिक्राल समयमा तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले समसद बिगठन गरेर नेपाली जनताप्रती प्रजातन्त्र काल्खण्डको पाचौ कालो अध्यायको पाना थपे । जन नीर्वाचित सरकार बिघठन हुनु नेपाली जनता माथि कुठाराघात अर्थात २०४६ सालको जन आन्दोनका उपलब्धी स्वामी भक्त भएर राजालाई सुम्पनु बहेक अरु केही थिएन । देश सरकार विहिन भएको अवस्थाको फाईदा उठाउदै तात्कालिन राजा ज्ञानेन्द्रले देशको शासन सत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षता मन्त्रिमण्डल गठन गर्दै तुलसी गिरी र कमल थापा जस्ता कुख्यातहरुको जमात तयार गरी नेपाली जनता माथि राजनीतिको छैटौ कालो अध्यायको पाना थपे ।काङ्ग्रेस र एमालेको कुद्रिस्टीले गर्दा तरल भएको २०४६ साल बाट प्राप्त प्रजातन्त्र राजा ज्ञानेन्द्रले माफतमा कुम्ल्याए पछी बिचलित हुन पुगेको गिरिजा प्रशाद कोइरालाले नित्रित्वो गरेको काङ्ग्रेस र माधव नेपालले नेत्रित्वो गरेको एमाले फेदै देखी लड्खडाउन पुग्यो । त्यो बिचलित हुनु,लड्खडाउनु नेपाल र नेपाली जनताको हितमा नभै उनिहरुको सत्तामोह र भाग हरिएको ले थियो । नेपाली राजनीतिमा अतिनै चतुरा मानिएका गिरिजा बाबु आफ्नो चतुर्याइ को सदुपयोग गर्न अवशरको खोजी गर्दै जनआन्दोलन चर्काउदै गरेको मावोबादी पार्टी सग साठगाठ गर्न एमाले नेता सहित दिल्ली दरबार तिर प्रस्थान गरे । दिल्ली दरबारमा गिरिजाबाबुको चतुर्याइले सफलता पायो,यसको उपज नेपाली सात राजनीतिक दल र माओवादी पार्टी बिच १२ बुदे सहमती भयो । त्यस सहमतिले माओवादी पार्टि हतियार बिसाएर शन्तिपूर्ण आन्दोलनमा सम्मेलित भयो । नेपाली जनताको हक हित र अधिकारको निम्ती लडिरहेको माओवादी पुरातन र यथास्थितिवादिहरुलाई जरै देखी उखेलेर फ्याक्ने सिधान्तमा थियो,तर त्यो १२ बुदे सहमतिले सात राजनीतिक दलहरुको राजा ज्ञानेन्द्रबाट खोसिएको भाग फिर्ता भयो भने १०बर्शे माओवादी जनयुद्द तुहुयो यसरी गिरिजाबाबुको चतुर्याइले तुहुन पुगेको जनयुद्दले नेपाली जनता माथि मिच्याइको सातौ कालो अध्याय थप्यो । 
देशका सबै शक्तिहरु मिलेर गरेको शान्तिपूर्ण आन्दोलन सफल भयो, नेपालमा ३००बर्ष देखी राज गर्दै आएको राज तन्त्रको अन्त्य भयो , देशले गणतन्त्र पायो । राणा कालदेखी नै जनताले खोजेको सम्भिधान बनाउनको निम्ती आन्तरिम संबिधान जारि गरियो,५बर्स पहिले मरेको साम्सद सभा ब्युताइयो र आन्तरिम संबिधानले संबिधान सभाको निर्वाचन गरायो । तर निर्वाचन परीणाम राजनीतिकदल र छिमेकी राष्ट्रहरुले गरेको अनुमानको ठीक उल्टो भयो । सबैको सोचाइ थियो माओवादी जङ्गल बाट आएको हो यसले कती नै सिट जित्ला र ? भन्ने प्रश्न चिन्ह लगाउदै बसेका यथास्थितिवादिहरुको सपना माथि घात त्यतिबेला लाग्यो जब माओवादी पार्टिले बहुमत नजिक निर्वाचन परीणाम ल्याउदा । त्यो निर्वाचन परिणाम बाट बिचलित भएका काग्रेस एमाले लगायतका दल र अन्तराष्ट्रिय समुदायहरु माओवादिलाई कसरी पतन गराउने र देशको शासन सत्ता हत्याउने भन्ने गन्तिको खेलमा लागे । चुनाव जितेको पार्टिलाई सरकार बनाउन ३महिना लाग्यो । संबिधान बनाउन गरिएको आम निर्वाचन सत्ताको खेल खेल्नेथलो भयो । त्यसको लाभ बाहिरी शक्तिहरु उध्योगी ब्यापारी र हातमा शक्तिहुनेहरु लाई भयो भने नेपाली जनताले मार,काट,हत्या, हिन्सा,बन्द हड्ताल, तोडफोण,चन्द,आतङ्क र अपहरण पाए । देशमा ६महिना सरकार हुने र ६महिना सरकार विहिन हुने कार्यको फाईदा हातमा शक्तिहुने हरुले भरपुर उठाए । गाउ, टोल,क्षेत्र र शहर शहरमा आज मेरो पार्टिको सरकार बन्यो, भोली उसको पार्टिको सरकार बन्यो भन्ने प्रशङले प्राथमिकता पाउदा छिमेक छिमेकमा दुस्मनी र तिरस्कारहरुले मौलाउने मौका पाए । २बर्षमा संबिधान बनाउने म्याण्डेड का साथ चुनिएका ६०१ जना जनताका प्रतिनिधिहरुले ४-४ बर्ष सम्म नेपाली जनताको रगले कमाएको पैसा खाँदै तिनै जनतालाई दु:ख दिए । अन्तत २०६९ गत जेष्ठ १४ गते संबिधान सभाको विगठन गरेर नेपाली जनता माथि गणतन्त्र नेपालको आठऔ कालो अध्याएको पाना थपिएको छ सावधान नेपाली जनता सावधान अर्को अध्यायको प्रतिक्षा गरौ ।

Post a Comment

0Comments

Post a Comment (0)