दक्षिणी झापाका दुईवटा गाविसका बासिन्दालाई लक्षित गरी नयाँ खानेपानी आयोजना सञ्चालन गर्ने तयारी भएको छ ।
६ करोड ७४ लाख रुपैयाँको लागतमा कोहबरा ३ मा सञ्चालन गरिने धरधरे खानेपानी आयोजनाबाट महारानीझोडाका वासिन्दासमेत लाभान्वित हुनेछन् ।
सो आयोजना शुरू भएपछि कोहबराका ३ र महारानीझोडा गाविसका ४ वटा वडाका बासिन्दामा स्वच्छ खानेपानीको सुविधा पुग्नेछ ।
निर्माण उपभोक्ता समितिका सचिव छत्रपति सुबेदीले धरधरे खानेपानी आयोजना सञ्चालन गर्न सरकारी निकायबाट योजनासमेत स्वीकृत भइसकेको जानकारी दिए ।
स्रोत : पूर्वेली टाइम्स