...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

निःशुल्क SMS पठाउने सफ्टवेयर



एउटा
मोबाइलबाट अर्को मोबाइलमा लिखित सन्देश -एसएमएस) पठाउन अब खर्च नलाग्न सक्छ किनभने
हालै एउटा सफ्टवेयरको विकास भएको जसको माध्यमवाट
निःशुल्क एसएमएस पठाउन सकिन्छ। भारतीयमूलका सवीर भाटियाको कम्पनी ज्याक्सटर इंकले
उक्त सफ्टवे यर हालै सार्वजनिक गरेको हो। सन् १९९६ मा ज्याक स्मिथसँग मिलेर
भाटियाले हटमेल बनाएका थिए। पछि उक्त हटमेल बिल गेट्सको कम्पनी माइक्रोसफ्टलाई बेचिएको थियो। तिनै भाटियाले
मोबाइलको संसारमा नयाँ क्रान्ति ल्याएका हुन्। निःशुल्क एसएमएस पठाउन मिल्नेज्याक्स्टर एसएमएसनामको उक्त सफ्टवेयर हालै
मुम्बईमा सार्वजनिक गरियो। निःशुल्क एसएमएसको विकासलाई मोबाइल सेवा प्रदायक कम्पनीले कसरी लिनेछन्, यो अर्कै कुरा हो। यद्यपि
ज्याक्सटर एसएमएसले विश्वका करिब दुई सय देशका सेवाग्राहीलाई प्रभावित बनाउनेछ।
ज्याक्सटर
एसएमएस कुनै पनि मोबाइल फोनमा प्राप्त गर्न सकिनेछ। सन्देश प्राप्त गर्ने
मोबाइलधनीसँग यो सफ्टवेयर हुन आवश्यक छैन। त्यसो यो यस्तो सफ्टवेयर हो, जसका लागि प्रयोगकर्ताले कुनै इन्टरनेट एप्लिकेसन डाउनलोड
गरिरहनु पर्दैन। आइफोन, एन्ड्रोइड, ब्ल्याकबेरी जस्ता मोबाइल
प्लेटर्फममा यो सफ्टवेयर सजिलै डाउनलोड गर्न सकिन्छ। भाटियाले भनेका छन्- ‘१५ वर्षअघि हामीले विश्वलाई हटमेल उपहार दिएका थियौं, आज ज्याक्सटर एसएमएस
दिँदैछौं।

स्रोत: ई-कान्तिपुर
प्रेषक: प्रकाश पराजुली

1 प्रतिक्रियाहरु:

solemn suman said...

yesko website chai k ho ni ?

Post a Comment