सम्झौता

0

चाहे तिमि मलाइ,

औंला मा नचाउन खोज !

हत्केला मा सुताउन खोज !

या, मुठीमा बाँध्न खोज !

मलाइ मन्जुर छ,

किनकि म तिम्रै निम्ति समर्पित छु !!

तर मेरो सोझो पन को फाइदा उठाउन नखोज!

आफ्नो छायाँ हुन बाट छुटाउन नखोज !

या,बिच बजार मा कसै बाट लुटाउन नखोज !

किनकि,

म स्वाभिमान साथ बाँच्न चाहन्छु !!

मलाइ थाहा छ,

एउटै घर मा तिम्रो र मेरो शासन चल्न सक्दैन !

एउटै दाप मा दुइ तरबार आँटन सक्दैन !

र,

एउटै गुफा मा दुइटा बाघ बस्न सक्दैन !

त्यसैले,

म तिमीमा बिलिन हुन राजि छु !!

तर,

तिम्रो शासन मा मलाइ नोकर बनाउन नखोज !

जोरी परि कै अघि नंग्याउन नखोज !

अनि,

आफ्नै घर बाट बेघर बनाउन नखोज !

किनकि,

म पूर्ण अधिकार सहित बाँच्न चाहन्छु !

त्यसैले म भन्छु,

मेरो प्रयोग गर !

तर,

दुरुपयोग नगर !

सर्जक: बिपिन ओझा

Post a Comment

0Comments

Post a Comment (0)