गजल

0
बर्षौ बर्स विदेश मा पो बसेकै छ साने !
पास्पोर्ट हात्मा दलाल को फंसेकै छ साने !!

आँफु झूप्रो मा बसे पनि बनाउँछ महल !
टुप्पा बाट दिनहुँ जसो खसेकै छ साने !!

श्रम् गर्छ,मिहिनेत् गर्छ,मालिक अर्को नै छ !
भोक लागे पटुकी अझ कसेकै छ साने !!

उमेर बित्यो ,बैंस बित्यो,बित्यो जिबन पनि !
केहि गर्न अझ घुंडा त धसेकै छ साने !!

हत्या हिम्सा आतंक ले आक्रान्त छ मुलुक !
झोला बोकी अझै लाहुर पसेकै छ साने !!

सर्जक:बिपिन ओझा
Tags:

Post a Comment

0Comments

Post a Comment (0)