राजनीति गर्ने होइनन रोजगारी गर्ने १८ लाख मध्यपुर्वका मज्दुर नै राष्ट्र सेवक हुन

0


हिमाल,पहाड र तराइ गरी तीन भागको भु-बनावट भएको नेपालमा बिभिन्न जाती, भाषा, धर्म र समुदायहरुले भरिभराउ छ भने यो भन्दा प्रचुर मात्रामा प्राकृतिक सम्पदा र खनिजहरुले सम्पन्न छ । तर देशको राजनीतिक अस्थिरता र छिमेकी राष्ट्रहरुको हैकमले गर्दा न त प्राकृतिक सम्पदा हरुको जगेर्ना भएकोछ न खनिजहरुको उपयोग नै । चाइनाको एक भित्ते गारो ,इन्डियाको एक राजाले बनाएको महल,श्रीलङ्काको एक हातिको बास्सस्थान, माल्दिब्सको सबैभन्दा होचो भुभाग र पाकिस्थानको तेश्रो दर्जाको हिमालले प्रमुखता पाउदै पर्यटक भित्र्याउन र देशको अर्थतन्त्रमा टेवा पुर्याउन प्रयाप्त भूमिका खेलेका छन,जहाका राष्ट्र सेवकहरुले देशका यस्ता सम्पदाहरुको उचित सम्रक्षण र उपभोग गरी देश र देशको अर्थतन्त्रको जग बलियो बनाएका छन। हाम्रो देशमा संसारको सबै भन्दा आग्लो हिमाल सगरमाथा छ ,यसको फोटो बेचेर अन्य देशका नागरिकले ब्यवसाय गरेका छन तर हाम्रा देशका राजनीतिक राष्ट्र सेवकहरुले यसको महत्व बुझ्ने, यसको सम्रक्षण र उपयोग कसरी गर्ने भन्ने तर्फ सोच बनाउनु त परैको कुरा बुद्दको जन्मस्थल लुम्बिनिलाई समेत एउटा धार्मिक तिर्थ स्थल बनाउन सकेका छैनन । मानव जाती र पशुप्राणीलाई उपयोग गर्न योग्य पानीको लागि धनी देश ,यही देशका जनता अन्ध्यारो र प्यासले छट्पटाइ रहेकाछन । देश चलाउन बिक्रम सम्वत २०४६ बाट धेरै राजनीतिक दलहरुको प्रार्युवाद भयो धेरैजना प्रधानमन्त्री र मन्त्रिहरु भए तर नेपाली जनता हरुले के पाए उही चोरी, डकैती,मार ,काट,मुल्य बृदि र असान्ती अनी रोजगारिको निम्ती बिदेश पलायन । आज देशका युवाहरुको ठुलो जमात बिदेश पलायन हुन वाध्य भएको छ किन देशका युवा देशमा बस्न नसकेका हुन भन्ने बिषयमा राजनीतिक रुपले राजनेताहरुले बुझ्ने चेस्टा गर्दैनन ? किनकी आजका युवाहरु धमिलो पानीमा माछा मार्नेहारुका लागि तगारो भईदिन्छन र धमिलो पानीमा माछामार्नेहरुलाई बाधा र ब्यबधान उतपन्न गराउछन भन्ने सोच भएको छ यसैले जुन मन्त्री बिदेशमा गए पनि हाम्रा युवाहरुलाई रोजगारी दिनु पर्यो भन्दै लालिका पित्र गाउछ्न । कुनै पनि नेताहरुले आज सम्म बिदेशको कुट्नितिक भर्मणमा देश र जनताको निम्ती कुनै सोच राखेको पाइेको छैन । समग्र्ह देश र जनताको हितमा काम हुन्थ्यो भने ठुला ठुला कम्पनी हरुलाई हाम्रो देशमा लगानी गर्नुहोस । हामी तपाईंहरुलाई सुरक्षित लगानिको बातावरण बनाइदिन्छौ भन्न सक्नु पर्ने हो र बिदेशी कम्पनिहरुलाई आफ्नो देशमा लगानिको लागि अवसर दिनु पर्ने हो। यसले गर्दा बिदेश पलायन हुने युवाहरुको सन्ख्या घट्थ्यो भने अर्को तिर शिक्षित युवाहरुले सिक्युरिटी र क्लिनर भएर बिदेशिहरुको सेवा गर्नु पर्ने थिएन । आजको २१सौ साताब्दिमा नेपाल सरकारको साथ र देशको हातमा के रहेको छ र नेताहरुले देश चलाऊछौ भनेका हुन ? देशको सरकारले देशका सर्वसाधारण जनताका लागि के को राहत दिएका छन, राष्ट्रका नाममा एउटा पब्लिक बस छैन, राष्ट्रका नाममा मालबाहाक एउटा ट्रक छैन ,राष्ट्रका नाममा एउटा हावाइमार्गमा उड्ने जहाज छैन र पनि देश चलाऊन तछाड र माछाड लागेको छ किन ?किनकी यसको पछाडि यिनै १८लाख गल्फमा कार्यरत मज्दुरको रगत र पसिना माथि गिद्दे दृष्टिय लागेको छ । प्रजातन्त्र प्राप्तिका २२ बर्षामा १२बर्ष मावोबादी लडाईंमा नै खर्च भयो यस अवस्था देखी आजसम्म नेपाली जनताले आफ्नो देशमा के उन्नती प्रगतिको अनुभुती गरे त ?देशमा बस्ने हरुले चन्दा,अपहरण ,आतङ्क र धम्किको सामना गरेभने बिदेशमा रहेका मज्दुरहरुले भोली आफ्नो परिवारमा के हुने हो र देशमा के घटना घटने हो भन्ने डर र त्रासमा नै जीवन ब्यातित गरे र गरिरहेका छन । प्रजातन्त्र पश्चात नेपालको अर्थतन्त्रमा आयश्रोतको मुख्य आधार भनेको यिनै मध्यपुर्वमा कार्यरत मजदुरहरुको रगत र पसिनाले कमएको पैसाहो जो दिनहु अरबौको हाराहारिमा देशमा भित्त्रिरहेको छ ,जस्ले गर्दा नेपालको अर्थतन्त्र आजसम्म दरिलो नै छ भन्दा मिथ्या नहोला । तर कती दिन सम्म यसले देशलाई थेग्ला ? यसको पनि शही उपयोग भएता केही हद सम्म चल्दथ्यो तर कार्लयका पियुन देखी लिएर हाकिम सम्म कार्यकर्ता देखी लिएर मन्त्री सम्म मजदुर रेमिट्यास्ले धन्न पर्दा कुन दिन लथालिङ्ग हुनेहो त्यो दिन धेरै टाढा छैन । यदी मध्यपुर्वमा पनि कामदारहरुले कार्यरत देशको नागरिकता पाउने हो भने युरोप अमेरिका लगायत अन्य देशमा बस्ने नेपालीहरुले जस्तो आफ्नो कमाइ सोही ठाउमा लगानी गरेर परिवार सहित पलायन भएको खण्डमा नेपालको अर्थतन्त्रको स्थिती के हुने भन्नेमा समयमा नै राजनीतिक र सम्बन्धित निकायले ध्यान दिनु पर्ने बेला आएको छ । यसै पनि मध्यपुर्वमा कार्यरत कामदारहरुलाई र युरोप अमेरिका र अन्य मुलुकमा कार्यरत कामदारहरुलाई सरकार ले मात्र नभएर एयरपोर्ट कर्मचारीले समेत घटिया दृष्टिकले हेर्दछन । अरब देशबाट आएको भन्ने बित्तिकै अर्थात उनिहरुले पासपोर्ट र लगेज बाट नै थाहा पाउने र अनादर व्यबहार गर्ने हुँदा मध्यपुर्वका कामदार हरुले बिभिन्न सास्तीको समाना गर्नु र भोग्नु परेको बिभिन्न संचार माध्याम र पिढित हरुले प्रस्ट्याइ रहेकछन । यसै गरी सरकारले पनि मध्यपुर्वमा कार्यरत मज्दुरहरुको घाउमा नुन चुक लगाउन सघै प्रयत्न गरी नै रहेको पाईन्छ । कहिले पुलिस , रिपोर्ट,कहिले एयर्पोर्ट चार्ज, कहिले श्रमस्विक्रिती त कहिले जीवनबिमा जस्ता झन्झट भिराउछ । अर्कोतिर भण्सार तिरको पाटोलाई नियाल्दा पनि मध्यपुर्वमा बस्ने कामदारहरु प्रती अन्याय नै गरेको छ सरकारले देशको अर्थतन्त्र जसको भरमा थेगिएकोछ उनिहरुलाई नै सताउनु भनेको औंला दिदा दिदै हातै निल्न खोज्ने प्रब्रिती बढ्नु दुर्भाग्य नै हो देश र जनताको निम्ती । अन्य देशमा बस्नेहरु ब्यवसायको निम्ती लगेज लिएर आउँदाछन उनिहरुको चेक जाच हुँदैन तर मध्यपुर्व बाट जाने कामदार हरुको हकमा भने जम्मा ३० किलो लगेज हुन्छ त्यो पनि एक एक गरी देखाउनु पर्ने हुन्छ भने भन्सार कर पनि चर्को दरमा चुकाउन पर्दछ । यस चक्रको अन्त्य कहिले होला र अन्य देशमा बस्नेहरुको सरह मध्यपुर्वमा कार्यरत नेपालीले समानान्तर आदर पाउलान । जबकी अन्य मुलुक मा बस्नेहरु आफ्ना बाबुबाजेहरुको पैत्रिक सम्पत्ति बेच्न र त्यस बाट आएको आम्दानी डलर बनाएर बिदेश पुर्याउन नेपाल आउछन तिनिहरुको सम्मान सर ,हजुर भनेर हुन्छ भने आफ्नो मेहनत ,पसिना र रगतले देशलाई र देशबासिलाई सेवा पुर्याइ रहने मजदुरहरु लाई भने तोरी लाउरे डोरी लाउरे भनी छुद्र वचनले अपवाद गरिन्छ । के ति पैतिक सम्पत्ति बेचेर बिदेशलानेहरु राष्ट्र सेवक हुन ?के १८लाख नेपाली मजदुरहरुले मध्यपुर्वमा रगत र पसिना बेचेर भित्र्याएको रेमिट्याण्सले तलब र भात्ता खाएर तिनै मजदुरलाई अपमान गर्ने राष्ट्र सेवक हुन ? बैदेशिक रोजगारको आयले अर्थतन्त्र चलेको देशमा कुर्शिको निम्ती लडाईं गर्ने राष्ट्र सेवक हुन ? या आफ्नो पेरिश्रम बेचेर देशलाई डुब्न बाट बचाउने १८ लाख मजदुरहरु ?



लेखक : अर्जुन बहादुर बस्नेत
हाल कुवेत

Post a Comment

0Comments

Post a Comment (0)