के दशैँ आएकै हो त ?

0

युद्द मा मारिएका बाबु आमा का

अबोध बालबालिका लाइ सोध !

परदेसिएको छोराको बाटो हेरिरहेकी

हरेक आमा लाइ सोध!

के दशै आएकै हो त?

लास देउ कि सास देउ भन्दै

बर्सौ देखि बेपत्ता पारिएका

आफ्ना आफन्तजन को खोजि मा

पुकारा गरिरहेका हरु लाइ सोध !

अपहरण पछी मोलमोलाई चली रहेका

अपहरित का बाबु आमा लाइ सोध!

साँची दशैँ आएकै हो त ?

मलाई अचम्म लाग्छ !

उस्तै कस्टकर छ जन जिबन!

उस्तै भयाबह र आतंकित छ समाज!

उस्तै हत्या हिम्साका शृंखला ,

उही महंगी को दर,

उही अभाब र गरिबी!

कतै छैन आसाको बिम्ब!

कतै छैन हर्स को रेखा !

तर तिमि भन्छौ ,

दशैँ आयो!

तिमीलाई के थाहा !

चिसो चुल्हो को कथा!

भोको पेट को व्यथा!

के तिमि दुखेका छैनौ ?

यो महंगी सँग

हत्या र हिम्सा को यो शृंखला सँग

कुरीति र कुससंकार संग

के साँचै तिमि दुखेका छैनौं?


सर्जक : बिपिन ओझा

Post a Comment

0Comments

Post a Comment (0)