दैनिक १५ सय नेपाली कामदार बिदेसिन थाले,एकतिहाइ कामदार कतारतर्फ

1

काठमाडौं, ४ भदौ

राजनीतिक अन्योललगायत विभिन्न कारणले रोजगारमूलक क्षेत्रमा लगानीको वातावरण बन्न नसक्दा कामको खोजीमा दैनिक १ हजार ५ सय नेपाली कामदार बिदेसिन थालेका छन् । वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि साउन महिनामा मात्र ४५ हजार १ सय ६५ नेपाली कामदार बिदेसिएका छन् । यो संख्या गत आर्थिक वर्षको यही अवधिभन्दा करिब ५२ प्रतिशत बढी हो । असार महिनामा ४४ हजार ७ सय १५ कामदार बिदेसिएका थिए ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण गर्न त्यहाँबाट बढी कामदार माग भएको छ । कुल बिदेसिने नेपाली कामदारमध्ये एकतिहाइभन्दा बढी कतार जाने गरेको तथ्यांकले देखाएको छ । साउन महिनामा १५ हजार ७ कामदार कतार गएका छन् । तीमध्ये १२ हजार ९० व्यक्तिगत भिसामा गएका छन् । ३ हजार ५ सय १७ जनामात्र म्यानपावर एजेन्सीका माध्यमबाट कतार गएको देखिन्छ । कतारका रोजगारदाता कम्पनीले सुपरभाइजर, फोरमेन र इन्जिनियरलगायत काममा कामदार माग गर्ने हुँदा त्यहाँ व्यक्तिगत भिसामा जाने संख्या बढ्दै गएको हो ।

“कतारले सन् २०१८ को जुलाई महिनासम्म सबै रंगशाला निर्माण गर्नुपर्ने हुन्छ,” विभागका निर्देशक लालबाबु कवारीले भने, “त्यसकारण कतारमा ठूलो संख्यामा कामदारको माग छ ।” साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमन, मलेसिया र बहराइनमा पनि कामदारको माग बढ्दो छ ।

http://www.karobardaily.com

संप्रेसक : ओम बोगटी


Tags:

Post a Comment

1Comments

  1. I did not like the word 'Nepali Kamadar' in this article. This mean representation of the our own brothers and sisters.

    ReplyDelete
Post a Comment