गजल

0
सर्जक:हिमाल ओझा/हाल कोलकता

थमाएर तिम्रो हातमा अर्को रातो फुल फेरी ।

हुन दिन्न नसकिने,नफर्किने भुल फेरी ।।


अतित तिम्लाई उधारो भो,भबिस्यलाई साथ राख।

उठ्ने छैनन् बिजाउने,आततायी शूल फेरी। ।


नयन केहि खोजि बस्लान,याद आउला परेलीमा ।

जलाई दिउँला माया-प्रेम लेखिएका तुल फेरी।।


उता-हेर तिम्रा लागि नौलो खुशी झुल्केको छ।

बिर्सिने छौ बगाउन गहबाट मूल फेरी ।।

सम्झौता नै जिबन भो,संघर्स नै जिबन हो।

सम्झौता र संघर्स नै हिमाल लाइ क-बुल फेरी।।

Tags:

Post a Comment

0Comments

Post a Comment (0)