गजल

0

मेरो बानी के नै छ र ! साँझ-पख दारु पानी |

जिन्दगानी के नै छ र ! साँझ-पख दारु पानी |


जियो साथी जिन्दगानी आफ्नै मोज मस्ती संग |

नोक्सानी के नै छ र !साँझ-पख दारु पानी |


यदि खुशी मिल्छ भने होइदेउन खुशी तिमी |

यसमा हानी के नै छ र ! साँझ-पख दारु पानी |


भिड-भाड दुनियाँ भित्र तंछाड-मछाड रितिरिवाज |

लुछा-तानी के नै छ र ! साँझ-पख दारु पानी |


आहा!! कस्तो मज्जा हुन्छ,उर्बशीलाई छुदै मात्र |

लाज-मानी के नै छ र ! साँझ-पख दारु पानी |



सर्जक:हिमाल ओझा

ojha.himal@yahoo.com

Tags:

Post a Comment

0Comments

Post a Comment (0)