के हो यो Google Plus ?

1
आर यु ह्याङिगङ आउट दिअर ? ओ नो !

लाग्ला यस्तो झरीको बिचमा कता गएर घुम्नु ? ठिकै छ,आउनुस म घुमाउछु तपाइलाई,तर एउटा सर्तमा मात्रै π तपाई मैले घुमाउनेको लिष्टमा पहिलो १० मा परिसक्नुपर्छ । अन्यथा म सँग तपाइलाई दिने छुट्टै समय नहुन सक्छ ।

म गुगल प्लसले यसका प्रयोगकर्तामाझ ल्याएको एकदमै नौलो,रोचक र आकर्षक फिचरको कुरा गर्दैछु,जसले प्रयोगमा आएको १ हप्ता पनि नबित्दै धेरै नेटिजनको मन पगालेको छ । इन्टरनेटमा वास्तविक जीवनको अनुभुतीबारे पुनविचार नारासहित अघिल्लो हप्ता केही सिमीतको लागि मात्रै प्रयोग गर्न दिइएको र गत मंगलबारदेखि सबैका लागि खुल्ला गरिएको गुगल प्लस (https://plus.google.com)बारे यो लेख तयार पार्दै गर्दा म अमेरिकाका तीन स्टेटहरु क्यालिफोर्नीया , लस एञ्जलस र टेक्सास अनि जर्मनीको बर्लिन सहर घुम्दै छु । मलाई तीनै दिनहरुको याद आइरहेको जतिबेला म यी सहरमा खास भ्रमण गर्दै थिएँ ।

ओ शिट ! आज (जुलाई ४) त अमेरिका स्वतन्त्र भएको दिनमा रम्न खोजीरहेका त्यहाँका जनताहरु फाइरवक्र्सको लागि निस्कन नपाइरहेका दृश्य मेरा लागि सहानुभूतियोग्य छन् । म भगवानसँग प्रार्थना गरिरहेको छु की कम्तीमा अमेरिकामा पानी रोकियोस् । ‘खै के रोकियला ?’ मेरो फ्रेन्ड सर्कलमा रहेकी डिनायल चोरी औलाले बाहिरी रोडतिर देखाउदै भन्दैछिन्,‘आशा गरौं ।’

उनले मलाई त्यसरी घुमाउन गुगल प्लसको दायाँभागको अन्त्यतिर रहेको ‘ह्याङ्गिङ आउट’ फिचरले सघाएको हो,जो सामाजिक सञ्जालका अहिलेसम्मकै ऐतिहासिक र बहुप्रतिक्षित फिचर हो । फेसबुकले यो फिचर ल्याउने योजना बनाएकै झण्डै दुइ वर्ष भइसकेपनि सकेको थिएन्, यो लेख्दै गर्दा स्काइपसँगको सहकार्यमा फेसबुक भिडियो च्याटलाई ल्याउन कसरत गरिरहेको खबर आइरहेका छन् । ‘तर अब ल्याएपनि लोकप्रिय बन्न सकदैन्,’ हल्लामाथि न्युयोर्क टाइम्सका प्रविधि विश्लेषक डेभिड पुगको टिप्पणी छ,‘फेसबुकले आफ्नो अवससर गुमाइसक्यो ।’

खैर,गुगल प्लसको ह्याङ्गिङ आउट फिचरमार्फतचाहिँ १० जना ‘साथी’सँग एकैचोटी (स्विप गरेर) लाइभ भिडियो कुराकानी गर्न मिल्छ । र,अहिले मैले गरिरहेको त्यही हो यद्यपी मेरो सर्कलमार्फत ह्याङ्गिङ आउटमा जानेहरु सात जना मात्रै छ ।

मेरो फ्रेन्ड सर्कलको ‘अमेरिकन्स’ सुचीमा डिनायल समाविष्ट छिन्,जो मेरो सात मध्येको चौथो ठूलो सर्कल हो ।

गुगल प्लसको अर्को गज्जबको फिचर यही हो,फ्रेन्ड सर्कल । आफूले चाहेकालाई त्यहीअनुसारको सर्कलमा राखेपछि साझेदारी गर्न खोजिएको कुरा तीनैलाई मात्रै छानेर बाँड्न मिल्छ । ‘आमा भात पाक्या भए खानुपर्यो,’ भन्ने कुरा सबैलाई किन सुनाउनु/देखाउनु ? फ्रेन्ड सर्कलमा ‘मेरो घर’ बनाउनुस्,अनि आमा,बुबा दिदी बहिनीलाई त्यसैमा समेटिदिनुस् । समेट्न फेरि एकदमै सजिलो छ । चाहेकालाई ड्र्याग गरेर सर्कलमा ड्रप गर्दिनुस् । आहा ज् ! क्या क्युट एनिमेसन छ या लाग्छ की तपाइ जतिबेला पनि यही फिचरसँग खेलिरहन चाहनुहुन्छ । हो, टचस्क्रिन (मान्नुस्,एप्पलको आइप्याड या ग्यालेक्सी ट्याब या अरु कुनै) ट्याब्लेटमा ‘एङ्ग्रि बर्ड’ खेलेजस्तै । अँ साँची ‘एङ्ग्रि बर्ड’को नशामा लठ्ठिएका नेपालीलाई खुशीको खबर यसको नेपाली भर्सन ‘क्रुद्ध चरा’आएको छ है ।

नेपाली ‘क्रुद्ध चरा’ कस्तो लाग्दै छ ? गुगल प्लसमै छलफल गरौं है । यसको लागि सजिलो तरिका छ,स्पार्क । हामीले ट्विटरमा प्रयोग गर्ने ह्यासट्याग जस्तै हो यो,जसमार्फत कुराकानीको विषयलाई जो कसैले सजिलै पछ्याउन सक्छ ।

फेसबुक र गुगल प्लसका खास फरक

झट्ट हेर्दा फेसबुककै प्रोफाइल जस्तो लाग्छ । बायाँपट्टि प्रोफाइल फोटो,त्यसको ठ्याक्कै तल साथीहरुबारे जानकारी,माथी नामसँगै सम्बन्धितको परिचय । तर गहिरिएर हेर्यो भने ती सबै फरक लाग्छन् । फोटो भन्दा ठ्याक्कै मुनी पहिला दुइ बिचको ‘कमन फ्रेन्ड’हरुको लिस्ट,त्यसपछि उसको सर्कल र अनि तल उसलाई कस कसले आफ्नो सर्कलमा राखेका छन तीनको लिस्ट देखाउछ । बायापट्टि खाली छ । त्यसैले गुगल प्लसको प्रोफाइल त्यत्ति धेरै दाम्मी चाहि नलाग्न पनि सक्छ । ‘हामी केही फिचर थप्छौं,’ गुगलको यो योजनाका उपप्रमुख ब्राड्ली होरोवीजले द न्यु यनेर्कटाइम्सलाई भनेका छन् ।

दुबैले साथीत्व स्विकार गनरिरहनुपर्दैन्

फेसबुकमा कसैको साथी बन्न उसलाई आफू साथी बन्न चाहेको जनाउ दिदै अनुमति माग्नुपर्छ (फ्रेन्ड रिक्वेस्ट) र अनुमति पाएमा मात्रै आफ्नो साथी सर्कलमा उसलाई राख्न सकिन्छ । तर गुगल प्लसमा कसैको साथी बन्न उसबाट स्विकृति लिइरहनुपर्दैन्, तर यसबारे जानकारी चाहिं हुन्छ । कसैलाई आफ्नो सर्कलमा ‘एड’ गर्नेबित्तिकै उसका हरेक अपडेट बारे जानकारी चाहिं पाईदैन ।

आफ्ना कुराको सिमीतता

आफ्नो स्ट्रिममा पोस्ट गर्दा खेरी ती कुरा कसकसलाई मात्रै देखाउने ? यो अधिकार तपाइमा निहित हुन्छ र फेसबुक भन्दा यो निकै सरल छ । कुनै कुरा लेख्ने,फोटो वा भिडियो हाल्ने, लिङ्क राख्ने गरेपछि त्यो कसलाई देखाउने ? सबैले हेर्न मिल्ने (पब्लिक) गर्ने की निश्चित समूहले या व्यक्तिले मात्रै ? तत्काल छान्न सक्नुहुन्छ । यही प्रक्रिया फेसबुकमा पनि गर्न त मिल्छ तर त्यो अति नै झन्झटिलो र धेरै साथी हुनेलाई निकै समय पनि लाग्छ ।

कमेन्ट नै इनबक्स

फेसबुकमा जस्तो गुगल प्लसमा इनबक्स छैन् (जीमेल नै हो) तर यसको अनुभूत कमेन्ट बक्समा गर्न सकिन्छ । कसै एकलाइृ अथवा दुइ तीन जना साथीहरुलाई मात्रै म्यासेज पठाउनु छ भने त्यो सन्देश स्ट्रिम लाइनमा लेख्नुस् र जसलाई पठाउनुपर्ने हो उसैले मात्र हेर्न मिल्ने बनाउनुस् । अनि त्यसैमा गरिने कमेन्ट तपाइ र त्यो व्यक्ति बाहेक अरुले देख्दैनन् ।

कि बाटै तल माथि

किबोर्डमा रहेको ‘जे’ बटनलाई थिच्नुभयो भने पेज तलतिर स्क्रोल हुन्छ । ‘के’ थिचियो भनेचाहिँ माथितिर जान्छ ।

आकर्षक डिजाइन

म ठोकुवा गर्छु,यत्ति गज्जबको वेब डिजाइन आजसम्म कसैले बनाएकै थिएन् । भावि धेरै समयसम्म बन्न गाह्रै छ । हो यो मिनीमलिष्ट डिजाइनले धेरैको मन आकर्षित गर्छ । धेरै ह्वाइट स्पेस छ । यसो हुनुको एउटा खास कारण छ त्यो के भने,यसका डिजाइनर एन्डि हर्टफेल्ड हुन् ।

एन्डि तीनै डिजाइनर हुन जसले पहिलोचोटी माउस सहितको म्यकेन्टोस कम्प्युटर बनाएका थिए । प्हिला पहिला कम्प्युटर चलाउन कमान्ड हाल्नुपथ्र्यो । डस खोलेर मात्रै चलाउन सकिन्थ्यो । तर एन्डिले यसमा एउटा क्रान्ति ल्याइदिए, जीयुआइ (ग्राफीकल युजर इन्टरफेस) र माउसमार्फत चलाउन सकिने कम्प्युटरको डिजाइन गरे । उनलाई एप्पलले आफ्नो ‘सफ्टवेयर विजार्ड’ भन्ने गथ्र्यो । म्याकेन्टोस अपरेटिङ सिस्टम (म्याक ओएस) उनैको डिजाइनमा आधारित छ । र यो स“गै एप्पल कम्पनीको बजार ह्वात्तै माथि आएको थियो । रमाइलो कुरा के भने,उही एप्पलले गुगललाई पछार्दै विश्वकै सबैभन्दा धनी कम्पनी बनेका बेला त्यही एप्पपलाई हाइटमा पु¥याउने एन्डिले डिजाइन गरेको गुगल प्लस सार्वजनिक भएको छ ।

अन्त्यमा, के तपाइ गुगल बजमा रम्नुभएथ्यो ? अर्कुटमा ? अनि गुगल वेभमा नी ? अह“ केहीमा पनि रम्न सकिएको थिएन् । यी धेरै प्रयासबाट थाकेको गुगल र फेसबुक (या ट्विटरमा) आफन्त, शिक्षक, विद्यार्थी, गर्ल÷ब्वाईफ्रेन्ड सबैबाट जोगिएर मनका कुरा साटासाट गर्न नसकी निरासीएकाको संगमका रुपमा नया“ ‘प्रोजेक्ट’आएको हो, गुगल प्लस । अन्ततः खोजी इन्जिनको अब्बल गुगलले अबका केही महिनाभित्रै आफूलाई सर्वश्रेष्ठ सामाजिक सञ्जालका रुपमा उभ्याउने पक्का छ ।

तपाइलाई निमन्त्रणा माग्यो भने यहाँ (https://www.facebook.com/AashisLuitel ) क्लिक गरेर आफ्नो इमेल पठाउनुस्,सकेसम्म छिट्टै पठाउछु ।

– http://gplus.to/secondgeneration

स्रोत: www.ekantipur.com

संप्रेसक : ओम बोगटी


Post a Comment

1Comments

Post a Comment