गजल

0


माया लायौ मन परायौ, मुटु देखी चायौ तिम्ले ।
ब्रत बस्यौ जल चढायौ, सारा मन्दिर धायौ तिम्ले। ।

साज- सज्जा पैरनमा झपक्क नै बल्यो रुप।
लाली लायौ- काली लायौ १६ शृंगार लायौ तिम्ले। ।

छरपस्ट प्रितहरु जोड-जाड एक भयो।
प्रेम देख्यौ-प्रेम सुन्यौ, प्रेमकै गीत गायौ तिम्ले । ।

आँखा भरी जिन्दगीका, उमंगलाई एक्लो देख्दा ।
प्रण गर्यौ कोशिश गर्यौ, लाख ठक्कर खायौ तिम्ले। ।

आफ्ना पिर आशु, चोट, दुख सबै बिर्सिएर।
के पाउन उसकै नाममा फेरी प्राण त्याग्यौ तिम्ले । ।


सर्जक : हिमाल ओझा

सम्प्रेषक : विपिन ओझा !

Post a Comment

0Comments

Post a Comment (0)