चन्द्रगढीको काम अव दमकमै !

1
बिभिन्न प्रशासनिक कामका लागि पश्चिमी झापाबाट सदरमुकामसम्म धाउनु पर्ने बाध्यता अब टुङ्गिने भएको छ । प्रमुख जिल्ला अधिकारी नै हप्तामा एक दिन दमक आउने भएपछि सदरमुकाम धाउनु पर्ने वाध्यता टुङ्गिने भएको हो ।
आगामी आर्थिक वर्षको शुरुवातबाट नै प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी प्रत्येक साताको बुधबार दमक आउने भएका हुन् । उनले भने- ‘म जहाँ पुगेँ, त्यहाँ यसरी नै विकेन्द्रीकृत ढङ्गबाट काम गर्ने गरेको छु ।’ यसअघि कैलाली, रौतहट लगायतका जिल्लामा रहँदासमेत प्रत्येक इलाका प्रशासन कार्यालयमा पुगेर काम गर्ने गरेको उनले जनाए । उनले भने-’जिल्ला प्रशासनमा नपुगी नबनिने नागरीकता, सिफारिस लगायतका कार्य गर्न अब सदरमुकाम धाइरहनु पर्दैन ।’ आवश्यकता परे जिल्ला प्रहरी तथा अन्य कार्यालयका प्रमुख समेत प्रजिअसँगै दमक आउन सक्नेछन् ।

प्रजिअको दमकमा नियमित उपस्थितिले सेवाग्राहीले सहज र सरल हुनका साथै कामसमेत चुस्त हुने इलाका प्रशासन कार्यालय दमकका प्रमुख यज्ञ आचार्य बताउँछन् । उनले भने- ‘कतिपय प्रशासनिक अधिकार इलाका प्रशासनमा हुँदैन, प्रजिअले नै गर्नु पर्ने भनि तोकिएका विभिन्न कार्य अब यहीँबाट हुनेछन् ।’ यस्तै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले प्रजिअले दमकमा नै आएर कार्य थालेपछि नगरपालिकाका समेत विभिन्न कार्य दमकबाट नै सम्पादन हुने बताए । बुधबार दमक नगरपालिकामा भएको माई पश्चिमका कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ भण्डारीले यससम्बन्धी जानकारी गराई सकेका छन् ।
दमकको इलाका प्रशासन कार्यालयमार्फत पश्चिमी झापाका १० गाविस र दमक नगरपालिकाका विभिन्न प्रशासनिक कार्य हुने गरेका छन् ।
Via : पुर्बेली टाइम्स - विष्णु !
Tags:

Post a Comment

1Comments

Post a Comment