मान्छे जस्तो होईन,
ठ्याक्कै मान्छे बन्नुछ ।
त्यसैले,
हे मेरा ज्ञानेन्द्रियहरु हो !
हे मेरा जनेन्द्रीयहरु हो !
मलाई नरोक,
नछेक
र
नभट्काऔ
कुनै क्षणिक स्वार्थको
कालो भुमरीमा !
म मान्छे बन्न चाहन्छु,
मान्छे जस्तो होइन !
ठ्याकै मान्छे बन्न चाहान्छु ।
त्यसैले,
हे मेरा अतितहरु हो !
हे मेरा भबिस्यहरु हो !
र
आजहरु हो !
तिमीहरु,
नासल्बलाओ मेरो छाती भित्र
मलाई कुटिल हाँसो
हाँस्नु छैन ।
मलाइ झुटो मान
चाहिएको छैन ।
मलाई कुनै तक्मा र पगरीको
जरुरत छैन ।
त्यसैले,
हे मेरा चाहनाहरु हो !
तिमीहरु संयमता अपनाओ
र मेरा मित्र बन -
सत्रु होइन ।
म मान्छे बन्न चाहन्छु ।
ठ्याकै मान्छे बन्न चाहान्छु ।
मान्छे जस्तो होईन ।
त्यसैले,
हे मेरा ज्ञानेन्द्रिय ,
जनेन्द्रीय,
अतित ,बर्तमान र भबिस्यहरु हो !
तिमीहरु नछटपटाओ मेरो छाती भित्र
म मान्छे बन्न चाहान्छु !
मान्छे जस्तो होईन ।
सर्जक:बिपिन ओझा