विरोधमा निर्वस्त्र !

0

युद्धको विरोधमा : ९ फेब्रुअरी २००३ का दिन अस्ट्रेलियामा ७ सय ५० जना महिलाले कपडा उतारेर वायरन बेटाउनको उत्तरी समुद्रीतट नजिक इराक अमेरिका युद्धमा अष्ट्रेलियाको सहभागिताविरुद्ध विरोध प्रदर्शन गरेका थिए। पूर्णरूपले नग्न ती ७ सय ५० महिलाले उत्तरी सिड्नीबाट ४ सय ३५ किलोमिटर टाढा वायरन बेटाउन नजिक 'नो वार' लेखी त्यसमाथि सुतेर युद्धको विरोध गरेका थिए। उक्त विरोधको आह्वान ज्याज तथा ब्लुज गायक ग्रेस नाइटले गरेका थिए। ५० जनाको उपस्थितिका लागि गरिएको उनको यो प्रयासमा सात सय जनाले सहभागिता जनाएका थिए। यो न्युड प्रोटेस्टमा वृद्धा, टिनएजर्स र वयस्क युवतीहरूको उल्लेख उपस्थिति थियो। विरोधमा एक ८० वर्षीया महिलाको समेत उपस्थिति थियो, जसका श्रीमान् भियतनाम युद्धमा सहभागी थिए। युद्धको विरोधमा अष्ट्रेलियाका महिलाहरू मात्र नभई न्युयोर्कको सेन्ट्रल पार्कमा ३० जना महिला 'नो बुस' को नाराका साथ जबर्जस्त हिमपातमा पनि निर्वस्त्र रूपमा उत्रिएका थिए। उनीहरूले अमेरिकी राष्ट्रपति जर्ज बुशको नीति र इराकविरुद्ध हुन लागेको संभावित युद्धको विरोध गरेका थिए। 

चुनावी परिणाम घोषित नभएकोमा 

नाइजेरियाको इकिती राज्यमा भएको निर्वाचनको परिणाम घोषित नभएको विरोधमा राज्यको १६ स्थानमा हजारौं महिलाले अर्धनग्न रूपमा सडक प्रदर्शन गरे। यो शान्तिपूर्ण प्रदर्शन थियो, जसलाई इतिकित बुमन फोर पिसले आयोजना गरेको थियो। विरोध प्रदर्शन त्यहाँको चर्चित फैजुइ मेमोरियल पार्कमा केन्द्रित  थियो। अर्धनग्न रूपमा विरोधमा उत्रिएका महिलाहरूले इकितिराज्यका प्रमुख सडकहरूमा पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण सहरको ट्राफिक व्यवस्थापन लामो समयसम्म प्रभावित भएको थियो। 

पर्यावरणका लागि 

१७ मार्च २००७ मा क्यालिफोर्निया युनविर्सिटीले वर्कले क्याम्पस बनाउन थुप्रै रूख काट्नुपर्ने सूचना प्रकाशित गर्‍यो। त्यसको विरोधमा स्थानीय कार्यकर्ताले रूख जोगाउने अभियान नै सञ्चालन गरे। यसकै समर्थनमा ट्री स्पिरिट प्रोजेक्ट फोटोसिरिजका लागि चर्चित फोटोग्राफर ज्याक गेस चेड्ट पनि जुटे। उनले आफ्नो सिरिजमा मोडलहरूलाई नग्न अवस्थामा रूखमा चढाएर, सुत्न लगाएर, रूख समात्न लगाएर तस्बिर खिचे। ट्री स्पिरिट प्रोजेक्ट अन्तर्गतको न्युड फोटो सुटको घोषणाले पर्यावरण संरक्षण आन्दोलनलाई ऊर्जा प्रदान गर्‍यो। यसपटक उनको न्युड फोटो सुटमा फेसन मोडलहरूले नभै जो-कोहीले सहभागिता जनाउन सक्थे। १७ मार्च २००७ मा 'ओक ट्री' मा असंख्य निर्वस्त्र व्यक्तिले पर्यावरण जोगाउने उद्देश्यका साथ फोटो सुट गरे। 

तलबका लागि 

मार्च २०१० मा स्पेन एअर फलाइटका अटेन्डेन्टसहरूले विरोधको नयाँ बाटो अँगाले। जब ९ महिनासम्म तलब प्रात भएन तब स्पेनिस एयरलाइन्सका फलाइट अटेन्ड्न्टहरू निर्वस्त्र भएर एकै ठाउँमा जम्मा भै क्यालेन्डरका लागि नग्न पोज दिए। उनीहरूका अनुसार तिनले आफ्नो अधिकार प्राप्तिका लागि नयाँ उपाय अपनाएका हुन्। 

जनावरको हकका लागि 

बार्सिलोनामा २४ जनवरी २००७ मा जनावरको हकका लागि १ सय २० कार्यकर्ताको विरोध प्रदर्शनमा सहभागी इन्डोक्यानेडियन महिला अनिताले आफ्नो कपडा उतारेकी थिइन्। उनले यो नग्न प्रदर्शन जनावर मार्ने कार्यको विरोधमा गरेकी थिइन्। फर कोट बनाउन खरायोलाई मारिन्छ। पेटाका लागि काम गर्ने अनिता सिंह भन्छिन— आफ्नो छाला निकाल्दा यदि जनावर बच्छ भने म त्यसो गर्न पनि तयार छु। खरायोको रौंलाई सबैभन्दा कोमल मानिन्छ। एउटा फर कोट बनाउन १ सय २० वटा खरायोको ज्यान जान्छ। पेटाका कार्यकर्ताले लन्डनमा क्यानेडियन ब्ल्याक भालुलाई मारेको विरोधमा पनि यस्तै प्रदर्शन गरेका थिए। भालुको छाला बि्रटेनकी महारानीका सुरक्षाकर्मीहरूको हयाट बनाउन प्रयोग गरिन्छ। जनावरको अधिकारका सम्बन्ध लड्ने संस्था पेटाको गुडबील एम्बेसडरका रूपमा कैयन् हलिउड अभिनेत्रीले आफूलाई अर्धनग्न तथा नग्न रूपमा प्रस्तुत गरिसकेका छन्। 

टिपको विरोधमा 

पेरिसमा १६ डिसेम्बर २००८ को चिसोमा २० जना महिला-पुरुष मोडल कोही पूर्णरूपमा निर्वस्त्र, कोही आंशिक रूपमा शल ओढेर, कोही फुलकोट पहिरिएर विरोधमा निस्किए। रगत नै जमाउने चिसोमा उनीहरूलाई दिइने टिपमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध एवं राम्रो भुक्तानीको माग उक्त प्रदर्शनीमा गरिएको थियो। पेरिसमा पेन्टिङ बनाएपछि पेन्टरले केही पैसा मोडललाई टिपका रूपमा दिनुपर्थ्यो, जसलाई पछि प्रतिबन्धित गरियो। एकजना पेन्टरले मोडलको स्केच बनाउन तीन घन्टा खर्चिन्छ र मोडलले मात्र एक घन्टाको पारिश्रमिकका रूपमा १० युरो अर्थात् मात्र १३ डलर प्राप्त गर्थे। त्यसकै विरोधमा मोडलहरूले नग्न विरोधको बाटो अँगालेका थिए।

Post a Comment

0Comments

Post a Comment (0)