जिल्ला प्रशासन कार्यालय, झापामा २ वटा बम, नेपाली सेनाद्वारा निस्कृय !

0

जिल्ला प्रशासन कार्यालय झापामा भेटिएको बम नेपाली सेनाले निस्कृय पारेको छ । कालो प्लाष्टिकको झोलामा राखिएका दुवै बम झापा चारआलीको इन्द्रध्वज गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।
जिल्ला प्रशासन कार्यालयमा दुई वटा बम पाइएपछि उक्त क्षेत्रमा त्रास उत्पन्न भएको थियो ।कार्यालय समयमा भिडभाड भएको मौका छोपेर प्रशासकीय अधिकृतको कार्यकक्ष र बाथरुममा दुइ वटा बम राखेको किराँत वर्कस पार्टीका नेता यलम्बर किराँतीले फोनमार्फत् जानकारी दिएका थिए । उनले सरकारसँग वार्तामा बसिसकेको अवस्थामा पार्टी अध्यक्ष विद्रोह विवशलाई वेपत्ता पारेकोमा चेतावनी स्वरुप बम राखिएको जनाए ।
Via : नागरिक न्युज !
Tags:

Post a Comment

0Comments

Post a Comment (0)