विदेशी सहयोगमा झापाका तीन सडक कालोपत्रे हुँदै !

0
झापाका ग्रामिण वस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य तीनवटा सडक २० करोड रुपैयाँको लागतमा निर्माण गरिँदैछ ।
पूर्व-पश्चिम राजमार्गबाट दक्षिण तर्फका बिषेश गरि भारतीय सीमाक्षेत्रसँग जोडिने ती सडक कालोपत्रेका लागि कार्य शुरू भई सकेको छ । स्वीस सरकार नियोग, बेलायत सरकार, एसडिसी लगायतका दातृ संस्थाहरुको आर्थिक सहयोगमा एशियाली विकास बैंकले सडक कालोपत्रे कार्य शुरु गरेको हो । कालोपत्रे गरिने सडकहरुमा दुधे-कुञ्जीवारी हुँदै कोरोबारी जाने सडक, सुरुङ्गा-शरणामती-टाघनडुब्बा हुँदै झापा बजार जाने सडक र लक्ष्मीपुरवाट चकचकी हुँदै घेराबारी जाने सडक रहेका छन् ।
योजनामा परेका ती सडक, कृषी र व्यापारीक दुवै प्रयोजनमा उपयोगी छन् ।
सडकको रेखदेख तथा मुल्याङ्कन गर्ने प्राविधिक पक्षको जिम्मेवारी जिल्ला प्राविधिक कार्यालय झापाले पाएको छ । चन्द्रगढीमा रहेको सो कार्यलयका प्रमुख इञ्जीनियर राजेश घिमिरे सडक निर्माणसम्वन्धी परियोजना (आरएसडीपि) का प्रोग्राम कोअर्डिनेटर हुन् ।
घिमिरेका अनुसार कालोपत्रे गर्ने योजनामा रहेका ती तीन सडकमध्ये सुरुङ्गा, झापा बजार सडक कालोपत्रेका लागि आठ करोड रुपैयामा ठेक्कासमेत लागिसकेको छ । सो सडकको कुल २४ किलोमिटर खण्ड कालोपत्रे सम्पन गरिनेछ । त्यस्तै, दुधे कुञ्जीवारी, कोरोवारी सडक अन्तर्गत पुरानो स्टीमेट (३० किमी ) मध्ये १९ किलोमिटर मात्र कालोपत्रे हुनेछ ।
घिमिरेका अनुसार बगाह चौधरी बाट ४ किलोमिटर छोडेर र दुधे, शिवगञ्ज खण्डको छोडेर बीच भाग (शिवगञ्ज, पाँचगाछी, महाभारा ) र कुल १९ किमी मा मात्रै कालोपत्रे हुनेछ भने लक्ष्मीपुरवाट चकचकी हुँदै घेरावारी जाने सडकको पनि ३० किमिभन्दा लामो दुरीमध्ये घेरावारी तर्फबाट कुल १७ किलोमिटर सडक मात्रै कालोपत्रे हुनेछ ।


ती सडकको स्तरोन्नति कार्यपछि जिल्लाका करिब डेढ दर्जन गाविसका बासिन्दाहरुको राजमार्ग यातायात समपर्क सहज हुनेछ । ती तीनवटै सडक भारतीय बजार सँगको सम्पर्कका लागि समेत उपयुक्त भएका कारण द्विदेशीय व्यापारको सम्भावनलाई समेत बढाउने कोरावारी- १ का रघुनाथ निरौला बताउँछन् । जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जीनियर घिमिरेका अनुसार ती सवै सडक कालोपत्रे तल्लो भेग (पुछार) बाट थालिनेछ । सडकका तल्लो भाग सधैं उपेक्षामा पर्ने गरेका कारण माथिल्लो क्षेत्रमा मात्रै ध्यान दिने परम्परालाई तोड्दै तल्लो क्षेत्रबाट संरचना निर्माण शुरु गर्ने योजना बनाएको घिमिरेले बताए । ती सडकहरुको काम यतिबेला सम्पन्न गरिसक्ने पूर्व योजना भएपनि सम्वन्धित दातृसंस्थाहरुले यसअघि स्टमीट भई गएको तीन सडकको सय किलामिटर खण्डमा कार्य गर्ने नसक्ने भन्दै स्टीमेट बदल्न भनेका कारण ढिलाई भएको हो । घिमिरेले भने यो काम अलि अघि शुरु हुन्थ्यो, दातृ संस्थाबाटै पहिलाको स्टीमेट चेन्ज गरेर घटाउन आदेश आएकाले पुनः स्टीमेट बदल्दा ढिलाई भएको हो । उनले सडक कालोपत्रेको कार्यमा स्थानीय उपभोक्ताहरुबाट समन्वयात्मक सहयोग पुर्‍ुयाउन स्थानीय स्तरमा सहयोग तथा समन्वय समिति समेत बनाईएको जानकारी दिए । “यसबाट हाम्रो कामका क्रममा आएका सानातिना स्थानीय समस्या हल हुनेछन्”, घिमिरेले भने, “अहिले सम्मको स्थिति हेर्दा सवै पक्षबाट राम्रो सहयोग हुनेछ ।”
Via : विष्णु, पुर्वेली टाइम्स !
Tags:

Post a Comment

0Comments

Post a Comment (0)