कृषि र हामी !

0

नेपाल कृषि प्रधान देश हो भन्ने कुरालाई यहाँ प्रमाणित गरिरहनु नपर्ला ८०% नेपाललीहरुको पेशा  कृषिमा आधारित रहेको छ र करिबन ६०% नेपाली पूर्ण रुपले कृषिमा आश्रीत छन भन्ने आंकलन विभिन्न अनुसन्धानको छ त्यसै गरी हामी र हाम्रो समाजको निर्भरता पनि पूर्ण रुपले कृषिमा नै छ भन्दा कुनै दुइमत नहोला हाम्रा बाजे बराजु अर्थात हाम्रा सम्पूर्ण पुर्खा नै कृषिमा आधारित थिए यो अर्थमा कृषि हाम्रा पुर्बजहरुको बिरासत नै हो हामीसँग व्यापारिक अनुभब छैन, नाम छैन न त कुनै व्यापारिक पुर्बाधार नै त्यसै गरी प्रशासनीक क्षेत्रमा पनि दह्रो गरी अर्थात आवश्यक पहुँच र अनुभब पनि छैन तर कृषिका लागि परपुर्बकाल देखिको अनुभब छ श्रमकालागी आवश्यक जमिनको अभाब छैन राँगा, भैंसी, गाई, गोरु, बाख्रा पाठा, कुखुरा, हाँस जस्ता कृषिसँग सम्बन्धित सम्पूर्ण सामाग्रीहरु छन तर दुर्भाग्य तिनीहरुबाट हामि कुनै आम्दानि प्राप्त गर्न सकिरहेका छैनौं हामी, हामीसँग जे छ त्यसको प्रयोग गर्न सकिराखेका छैनौं या जानी राखेका छैनौं र हामीसँग  जे छैन त्यसको खोजिमा यत्र तत्र भौतारिरहेका छौं अरबको खाडी देखि मलेसियाको झाडी सम्मको यात्राले हामीलाई अनेकौं हण्डर र ठक्कर नदिएको होइन तर पनि हामीमा चेत फिरेको छैन हामीसँग भएको अनमोल सम्पदाहरुको तिजौरिको चाबी खोल्न नजानेर अत्यन्त सस्तो र अपमानित ढंगले पराई भुमिमा आफ्नो श्रम बेच्न विवश छौं त्यसले न त हाम्रो पारिवारिक  या व्यक्तिगत बर्तमानको आवश्यकताहरुको पूर्ति भएको छ, न त सुनौलो भविष्यको कुनै सुनिश्चता नै छ हामी अन्धकारमा बाँची रहेका छौं र हाम्रो भविष्य पनि पूर्ण रुपले अन्धाकार नै छ
नेपाल र कतार (या अन्य अरब राष्ट्र)को भागोलिक तुलना गर्ने हो भने स्वर्ग (नेपाल) र नर्क(अरब)को जस्तो छ यदि हाम्रा धर्म शास्त्रको गहन अध्यन गर्ने हो भने अरब मरुभूमि लाइ नर्कको रुपमा प्रमाणित गरेका थुपै प्रमाणहरु भेटिन्छन तर यहि अरबी र नेपाली जिबनको बिचमा तुलना गर्ने हो भने अतुलनीय रुपमा तल (नेपाली) र माथि (अरबी) जिबन छ अरबको हावा, पानि, माटो र मौसमको अध्यन गर्ने हो भने कुनै पनि जिबनको अनुकुल छैन यस्ता समस्याका बाबजुद पनि यहाँ कति राम्रा राम्रा बगैंचाहरु निर्माण गरिएका छन तर ति बगैंचा निर्माणका लागि कति मिहिनेत र लागानी गरिएको छ ? हेर्नुस्त ! प्रत्येक बिरुवाको जरा-जरामा पानिको पाइप पुर्याएको अनि सयौं काम दारहरुलाई एउटा बगैचाको रेखदेखका लागि दिनरात खटाइएको यहाँ यति मिहिनेत र लगानीका साथ प्रतिकुल हावा, पानि, माटो र समग्र प्रतिकुल मौसमका बबाजुद पनि यति राम्रा-राम्रा बगैचा निर्माण गर्न सकेका छन् .तर हामी सम्पूर्ण दृष्टिले अनुकुल अवस्थामा रहंदा रहँदै पनि अरु त अरु तिहार जस्तो चाडमा पनि आवश्यक  फुलको अभाबमा अत्यन्त कुरूप माला गलामा लगाएर फोस्रो आनन्द लिईरहेका हुन्छौ .अरबले कृषिलाइ कति माया गरेको छ भन्ने कुराको अनुमान अरबीले आफ्नो बारीमा उत्पादन गरेको साग सब्जी हेरेर पनि गर्न सक्छौं हेरौं त, एउटा खजुरको बोटलाइ फल लाग्नु अघि र फल लागिसके पछि पनि कति मिहेनतले स्याहार गर्छन फल झर्छ या चराचुरुंगीले नष्ट गर्छ भनेर जालीले बेरेर संरक्षण गरेको हुन्छ र यता हामी भने न त हाम्रा घर आँगन या बारीमा भएका बहुमुल्य बोट बिरुवाको संरक्षण गर्छौं न त तिनका फलको एउटा आँपको रुखमा उचित रेखदेखको अभाबमा प्रयाप्त फल नै लाग्दैन, लागेको फल पनि ७५% त चिचिलामै झरेर जान्छन र बाँकी मा १५%चिचिलाबाट पूर्णरुपले तयार हुँदा सम्ममा अनेक कारणले ५ % जति नष्ट हुन्छन र बाँकी १०% फलमा हामी सन्तुष्ट हुन्छौं अब तपाइँ नै भन्नुस हाम्रो यो भन्दा ठुलो बिडम्बना अरु के हुन्छ ???
हामीसँग श्रमकालागी आवश्यक जमिन छ तर त्यहाँ बाट हामी उचित रुपमा धान, गँहु, मकै जस्ता बालिहरुको उत्पादन गर्न सकी रहेका छैनौं साथै हाम्रो प्रत्येक छाक तरकारीको गर्जो टाढाबाट आयात गरिएका तरकारी नाकिनिकन टर्दै टर्दैन हामीसँग दुध उत्पादनका साधन गाई, भैंसी छन मासु उत्पादनका लागी राँगा, बाख्रा ,हाँस ,कुखुराहरु छन त्यस्तै अण्डा उत्पादनकालागी हाँस कुखुराको कुनै कम्मी छैन यी सब मध्यमबाट हामीले अथाह उत्पादन गरी त्यसको निर्यातबाट समृद्री हासिल गर्नु पर्ने हो तर हामीले त उपयुक्त साधनबाट आफ्ना आधारभूत भन्दा आधारभूत आवश्यकताहरु पनि पुरा गर्न सकिरहेका छैनौँ के हामीले ब्ल्याक टी खाएको रहर ले हो र ? एक पटक कोहबरालाई आधार मानेर समाज परिबर्तनका लागि सोचौं त ! के माइक्रोसफ्टको ब्यापारले कोहबरेलीहरुको जिबनमा सुधार ल्याउन सकिन्छ ? के ठुला उधोग धन्दा निर्माण गरी सम्पूर्ण कोहबरेलीहरुलाइ रोजगार दिलाउन सम्भब छ ? कि अन्य ब्यापार ब्यबसाय बाट ? छैन, यी कुनै पनि माध्यमबाट कोहबरेलीहरुको जिबन स्तरमा सुधार ल्याउन सम्भब छैन सम्पूर्ण कोहबरेलीहरु कृषिका स्रोत, साधन, सिप र अनुभबले सु-सम्पन छन त्यसैले यदि कोहबरा र कोहबरेलीहरुमा परिबर्तन गर्ने गराउने हो भने त्यो कृषि नै हो पर्याप्त नभए पनि एक हद सम्म कोहबरेलीहरुको अहिलेको आम्दानिको अतिरिक्त दैनिक ५० रुपैया मात्र पनि आम्दानि हुने हो भने सम्पूर्ण कोहबरेलीहरुको जनजिबिकामा सहजता आउछ उदाहरणको लागी ५० रुपैया भनेको १० ओटा अण्डा वा २.५ लिटर दुध वा १ पावा कुखुराको मासु हो खसीको मासु त ५० रुपैयामा कुनै पनि परिमाणमा पाउन सकिदैन राँगा ,सुँगुर, बंगुरको मासु पनि ५० रुपैयामा ०.५ केजी पनि आउदैन हामीसँग  उपलब्ध हुने फलफुलहरुमा विशेष गरेर आँप हो, हुनत: यो दैनिक रुपमा उत्पादन हुँदैन तथापी यसको बार्षिक उत्पादन लाई दैनिक रुपमा विभक्त गर्ने हो भने ५० रुपैयाको ५ केजी भन्दा बढ्ता पर्दैन तरकारी उत्पादन कै कुरा गर्ने हो भने पनि दैनिक साना १० मुठा साग,२ किलो आलु र यस्तै-यस्तै अन्य थोरै परिमाणका तरकारीहरु नै हुन् ५० रुपैया मुल्य बराबरका माथि बर्णन गरिएका स्रोत साधनबाट हामी सु-सम्पन भएता पनि हामीले न्युनतम भन्दा न्युनतम उपलब्धि पनि हाँसिल गर्न सकेका छैनौं कृषि प्रतिको नकारात्मक धारणाले नै हो - यो सब समस्या को सिर्जना गरेको हामीमा कृषि भन्ना साथ दिनभरी हलो जोतेको याद झल्झली आउछ तर यो मात्र कृषि होइन अब हामीले कृषिको परिभाषालाई ब्यापक ढंगले बुझ्नु जरुरि छ र प्रयोग गर्न पनि हुन त नेपाल कृषि प्रधान देश भए पनि हामी माछा, मासु, अण्डा ,दुध, तेल, दाल तरकारी लगायतका कृषि जन्य उत्पादनमा आत्मनिर्भर भएका छैनौं
आज विश्वले धेरै थोकमा धेरै बिकास गरी सकेको छ त्यस्तै कृषि क्षेत्रमा पनि ब्यापक परिबर्तन र बिकास भै रहेको छ हामीले पनि बुद्दी पुर्याउने र माथि उल्लेखित उत्पादनका स्रोत साधन लाई आधुनिकिकरण र औधोगीकरण गरेर ब्यापक उत्पादन गरि निर्यात गर्न सक्ने हो भने हामि आफ्नो मात्र होइन सम्पूर्ण समाज तथा राष्ट्रमा नै आर्थिक क्रान्ति सम्पन्न गरि समृद्ध नेपालको निर्माण गर्न सक्छौं एउटा कुरा हामीले के बुझ्नु पर्छ भने आजको समय उच्च प्रविधि सहितको समुन्नत कृषि उधोगको हो खाई खेति को होइन त्यसैले हामीले कृषि प्रतिको नकारात्मक र संकुचित धारणालाई त्यागेर सकारात्मक र ब्यापक धारणा को निर्माण गर्नु पर्छ यहि नै आजको आवश्कता हो र सम्भावना पनि
लेखक : बिपिन ओझा !











Post a Comment

0Comments

Post a Comment (0)