झापामा गतसाल भन्दा ११ प्रतिशत बढिले प्रवेशिका पास गरे !

0

झापामा यो बर्ष एसएलसी परीक्षामा गत बर्षको भन्दा करिब ११ प्रतिशत बढी बिद्यार्थी उत्तीर्ण भएका छन् । यो बर्ष झापामा ६० दशमलव ३५ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्षको नजिता ४९ प्रतिशत थियो । यो बर्ष जिल्लामा नियमिततर्फ ४२१ बिशिष्ट, ३३४६ प्रथम, ३६२८ द्वितीय र ३९७ तृतीय श्रेणीमा गरि ७७९२ जना उत्तीर्ण भएका छन् । त्यस्तै एक्जाम्टेडतर्फ ५ प्रथम, ५२९ द्वितीय र १८५ तृतीय श्रेणीमा गरि ७१९ जना उत्तीर्ण भएका छन् । यो नतिजा प्रारम्भिक भएको र अझै थप हुनसक्ने जिल्ला शिक्षा कार्यालय झापाका बिद्यालय निरीक्षक बीर बहादुर खड्काले जनाए । जिल्लामा अधिकाँश निजी बिद्यालयले शतप्रतिशत नतिजा निकालेका छन् । केही सामुदायिक बिद्यालयले पनि राम्रो नजिता निकालेका छन् । दमकको सरस्वती उच्च माबिबाट एकजना बिशिष्ट श्रेणीमा उत्तीर्ण भएको प्राचार्य दिलीप श्रेष्ठले जनाए । सो बिद्यालयमा १८ प्रथम, ४१ द्वितीय र ८ तृतीय गरि ६८ प्रतिशत बिद्यार्थी उत्तीर्ण भए । त्यस्तै दमककै हिमालय उच्च माबिमा खुल्ला बिद्यालय सहित ८० प्रतिशत उत्तीर्ण भए । त्यहाँ १८ प्रथम, १९३ द्वितीय उत्तीर्ण भए । त्यस्तै दमककै पाणिनी माबिमा ३ प्रथम, १८ द्वितीय, ३ तृतीय, ढुकुरपानी उच्च माबिमा ९ प्रथम, ४१ द्वितीय र ४ तृतीय, लखनपुरको मंगलमय उच्च माबिमा १० प्रथम, १५ द्वितीय र ५ तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।

त्यसैगरि दमकका निजी बिद्यालयहरु पनि यो बर्ष राम्रो नजिता ल्याएका छन् । दमकको चर्चित सिद्घार्थ उच्च माबिले २४ बिशिष्ट श्रेणी सहित शतप्रतिशत नतिजा ल्याएको छ । ६७ प्रथम र १ द्वितीय श्रेणीमा उत्तीर्ण भएको बिद्यालयले जनाएको छ । त्यस्तै दमककै एभरेष्ट बोर्डिङले ११ बिशिष्ट, २१ प्रथम श्रेणीमा उत्तीर्ण गराई शतप्रतिशत नतिजा निकालेको छ । त्यस्तै ग्लोबल उच्च माबिमा ९ बिशिष्ट, २६ प्रथम र ५ द्वितीय, इस्टर्न स्टार बोर्डिङमा ५ बिशिष्ट, २४ प्रथम र ३ द्वितीय र बिद्यालक्ष्मी माबिमा ६ प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । दमकका सुर्योदय, मेची आवासीय, चुलाचुली, नरेन्द्र मेमोरिएल, मदरल्याण्ड लगायतका अन्य निजी बिद्यालयहरुले राम्रो नतिजा निकालेका छन् ।
Via : पुर्वेली टाइम्स -कृष्ण कार्की
Tags:

Post a Comment

0Comments

Post a Comment (0)