जन्ती बस दुर्घटनामा मारिएकाका परिवारलाई राहत !

0
झापाको जुरोपानी २ मा गत बुधबार राति जन्ती बोकेको वस दुर्घटना हुँदा ज्यान गएका आफन्तहरुलाई कृया खर्चवापत बस संचालकले जनही पच्चिस हजार रूपैंया उपलब्ध गराएका छन् ।बस संचालकले मृतक परिवारलाई राहत दिन नखोजेको भन्दै पिडित परिवारले आन्दोलन गर्ने चेतावनी दिँदै इलाका प्रहरी कार्यालय गौरीगन्जमा ज्ञापनपत्र बुझाएका थिए ।सोमबार नै इलाका प्रहरी कार्यलयले छलफल बोलाएपनि बस संचालक नआएपछि पिडितहरु आक्रोशित पनि बनेका थिए ।मंगलबार भएको छलफलमा तत्कालका लागि राहत स्वरुप पच्चीस हजार उपलब्ध गराएको इलाका प्रहरी कार्यलय गौरीगन्जका प्रहरी निरीक्षक श्याम खत्रीले बताउनु भयो ।
तत्काल राहत नपाए मृतकका परिवारले त्यस क्षेत्रमा चल्ने यातायात बन्द गराउने चेतावनी दिएपछि तत्कालका लागि मृतक परिवारलाई पच्चिस हजार रूपैंयाको दरले रकम उपलब्ध गराउने र विमाको रकम चाँडो उपलब्ध गराउने प्रयास गर्ने सहमति भएको जनाइएको छ । 
बुधबार राति कोहवरा ४ का अमर राजवंशीका छोरा अन्तलालको विवाहको जन्ती लिएर आउँदै गरेको मे १ ख ४६७ नम्बरको बस पल्टिएको थियो ।बस पल्टँदा ४ जनाको ज्यान गएको थियो भने तीन दर्जनभन्दा बढी जन्ती घाइते बनेका थिए । कोहवरा ४ बाट गएको जन्ती बस जुरोपानी १ बाट बेहुली लिएर फर्कने क्रममा राति आठबजे पल्टिएको थियो ।
बस पल्टँदा बसले किचेर कोहवरा ३ का २५ बर्षिय प्रेमसिंह ताजपुरिया, कोहवरा ५ का १८ बर्षिय राजु ताजपुरिया, कोहवरा ९ का ५५ बर्षिय विश्वेश्वर शर्माको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी बस पल्टँदा घाइते बन्नु भएका कोहवरा ४ का १९बर्षिय गोविन्द ताजपुरियाको भने दमकस्थित लाईफलाईन अस्पतालमा उपचारकै क्रममा ज्यान गएको थियो ।
विष्णु - Via : पुर्वेली टाइम्स !

Post a Comment

0Comments

Post a Comment (0)