मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले नेता तथा कार्यकर्ताहरूलाई हाइब्रेट सखुवाको विरुवा वितरण गरेर मिसन ग्रिन लिम्बुवानको शुभारम्भ गरेका छन् ।
मंगलबार दमकस्थित परिषदको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबाट लिङदेनले अरुणपूर्व नौ जिल्ला सम्पूर्ण लिम्बुवानीवासी जनताहरूले प्रतिव्यक्ति कम्तिमा ५ वटा विरुवा रोप्नु पर्ने बताउनु हुँदै अबको लिम्बुवानलाई हरियाली लिम्बुवान बनाउने वताए ।
कार्यक्रम संघीय लिम्बुवान महिला परिषदका केन्द्रीय अध्यक्ष तथा यस मिसन ग्रिन लिम्बुवानका संयोजक शान्ता योङहाङको अध्यक्षतामा भएको थियो भने संघीय लिम्बुवान विद्यार्थी युनियन लिम्बुवानका सचिव दिनेश तुम्बापोले कार्यक्रम संचालन गरेका थिए । उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरीका नेता तथा कार्यकर्ताहरू उपस्थित भएका थिए ।
Via : पुर्वेली टाइम्स !