प्रवास -कोहबरा सम्पर्क मञ्चको आयोजनामा भव्य सास्कृतिक कार्यक्रम !

0

यहि २०६८ साल वैशाख ३० गते सुक्रबार तदनुसार १३ मे २०११ का दिन श्री भद्रकाली उच्च माध्यामिक विधालय कोहबरा-२ झापामा, भव्य रुपमा "अन्तर विधालय खुल्ला नृत्य प्रतियोगीता" हुने भएको छ ! उक्त कार्यक्रमको व्यवस्थापन श्री भद्रकाली उच्च माध्यामिक विधालय , आयोजक प्रवास-कोहबरा सम्पर्क मञ्च, दोहा - कतार र संयोजक ’'प्रवास-कोहबरा सम्पर्क मञ्च, दोहा - कतार' को कोहबरामा गठित उप समितिले गर्ने'छ ! कार्यक्रममा कोहबरा गा.बि.स मा सञ्चालीत सम्पूर्ण सरकारी तथा निजि विधालयहरुलाई निमन्त्रणा रहेको छ ! विधालयहरुको सहभागी उत्साहजनक रुपमा हुने र सम्पूर्ण तयारीहरु पुराभई सकेको उक्त बिधालयका बिधालय प्रमुख श्री रेब लाल श्रेष्ठले बताउनु भएको छ !उक्त सास्कृतिक कार्यक्रम आयोजना गर्नु हाम्रो मञ्चको उद्देश्य भनेको विधार्थीहरुमा रहेको अन्तर निहित प्रतिभा (शृजना) लाई प्रस्फुटित गराउनु, समाज सेवा प्रति सबैको चासो बढाउनु तथा आपसी सम्बन्ध सुधार गराउनु र हाम्रो मञ्चको बारेमा स्थानीय तहमा जानकारी दिनु रहेको छ !
सम्प्रेषक : ओम बहादुर बोगटी

Post a Comment

0Comments

Post a Comment (0)