जन्ती बोकेको बस दुर्घटना, चार जनाको मृत्यु

0

काठमाडौ, जेष्ठ २६ - झापाको जुरोपानी २ बुरीसिमलमा बुधबार राति जन्ती बोकेको वस पल्टदा चार जनाको मृत्यु भएको छ । कोहवरा चार बाट गएको जन्ती बस जुरोपानी- १ बाट बेहुली लिएर र्फकने क्रममा राति साढे ८ बजेतिर पल्टिएको थियो ।
दुर्घटनामा कोहवरा ३ का २५ वर्षीय प्रेमसिंह ताजपुरिया,कोहवरा ५ का १८ वर्षीय राजु ताजपुरिया ,कोहवरा ९ का ५५ वर्षीय विश्वेश्वर शर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । बसको छतमा बसेका उनीहरुको बसले थिचेर मृत्यु भएको हो । घटनामा गम्भिर घाइते कोहवरा ४ का १९ वर्षीय गोविन्द ताजपुरियाको दमक स्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा २० जना घाइते भएका छन्। घाइते मध्ये ९ जनाको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा र बाँकी को दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भैरहेको इलका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । लाइफलाइनमा रहेका सवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
साँघुरो सडक र सडकको दुवैतिर खाल्डो भएको स्थानमा बस पल्टिएको थियो । बसको छतमा बसेका हरुलाइ बसले थिचेको थियो । राति ११ बजेतिर दमकबाट गएकेा क्रेनको सहयोगले बस पल्टाएपछि मात्रै थिचिएका हरुको शव निकालिएको प्रहरीले जनाएको छ । कोहवरा ४ का अमर राजवंशीका छोरा अन्तलाल को विवाहको जन्ती बोकेको मे १ ख ४६७ नम्बरको बस दुर्घटना भएको हो । बेहुला बेहुली कार मा सवार रहेकाले सकुसल रहेको स्थानीय हीरा राजबंशीले जनाएका छन् ।
Via: eKantipur.com
By Om Bogati

Post a Comment

0Comments

Post a Comment (0)