अन्ना हजारे,बाबा रामदेव र सुडान घोटाला काण्ड

0

धेरै महिना भएकै छैन भारतीय सचेत नागरिक अन्ना हजारे ले भ्रस्टचार का बिरुद्द मा आफ्नो भोक हड्ताल सफल पारेको.उनको भ्रस्टाचार बिरोधि अभियान यति सफल भयो कि तत्कालिन सक्तिसाली कृषि मन्त्रि सरद पावर ले कुर्सि छोड्नु पर्यो अझ त्यति मात्र कहाँ होर भारतीय सरकार ले हजारे को माग लाइ सम्बोधन गर्यो र भ्रस्टाचार नियन्त्रण का लागि कानुन नै बनाउने सहमति पनि भयो.अर्का बाबा रामदेव ले फेरी भ्रस्टाचार कै बिरोध का रुप मा अर्को भोक हड्ताल सुरु गरे जसको फलस्वरूप भारत मा आई कांग्रेसको सरकार नै संकट मा छ.यी दुई उदाहरण हुन् भ्रस्टाचार नियन्त्रण का लागि नागरिक चेतनाका.

हामि कहाँ पनि भ्रस्टाचार बिरोधि चेतना कम छैन कसैलाई सोध्यो भने सजिलै भनि दिन्छन भ्रस्टाचार नियन्त्रण का लागी नेता लाइ प्वाकै मार्नु पर्छ.तर एक पल्ट सोचौ त नेता लाइ मार्दैमा भ्रस्टाचार नियन्त्रण हुन्छ?हामि ले के भुझ्न जरुरि छ भने भ्रस्टाचार नेता ले गर्ने होइन यो त सासक ले गर्ने हो अनि के नेतालाई मारेर सासक को अन्त्य हुन्छ के एकाईसौ सताब्दी मा मानब समुदाय सासक बिहिन हुन सम्भब छ?ताजुब को कुरा के छ भने हामि सासक परिबर्तन का लागि ज्यान को बाजी लगाएर लड्न मा माहिर बन्यौं तर सासन परिबर्तन का लागी जहिल्यै अनभिज्ञ.किन हाम्रो मा भ्रस्टाचारी ले उन्मुक्ति पाइरहन्छ र यो कहिले सम्म क्रमस: भैरहन्छ? सुडान घोटाला काण्ड जस्तो महाअपराध मा पनि अख्तियार ले झारा टार्न को लागि मात्र जस्तो पारा ले केहि तेस्रो पोजिसन अर्थात त्यो भन्दा मुनिका हरुलाई मात्र मुदा दायर गरेको छ.भ्रस्टाचारको दौड का प्रथम तथा दितीय खेलाडी हरुलाई मुदा त के आरोप समेत लगाइएको छैन.

हामि कहाँ सरकार नालायक छ यो यथार्थ हो प्रहरी प्रसान,कर्मचारी तन्त्र या अन्य जिम्मेवार निकाय सब्कासब आरोप मुक्त छैनन.राजनीतिक दल को त कुरै नगरौं त्यहाँ कसले सबै भन्दा भयङ्कर अनियमितता गर्ने कसले भ्रस्टाचारको रेकर्ड कायम राख्ने र कसले रेकर्ड तोड्ने जस्ता प्रतिस्पर्स्दा भैरहेछन र प्रतिस्पर्धा का लागि बेजोड तयारि गरिरहेछन.यिनको तयारि हेर्दा लाग्छ कतै यिनीहरु slc को परिक्षा दिन त लागि रहेका छैनन्? हो सबका सब पक्ष निरासा जनक छन तर पनि एउटा बाटो देखाइदिएका छन छिमेकी हजारे र बाबा रामदेव ले...सान्ति पूर्ण खबरदारीको बाटो.आज सम्म हामि भ्रस्टाचार र कुशासन का बिरुद्द मा यति कुन्ठित बानेका छौं कि यहि कारण ले कतिपय मानसिक रुपमा बिक्षिप्त बनेको हामि हाम्रो समाज मा देख्न सक्छौं. अब बेला भएको छ कुण्ठा लाई सार्बजनिक गर्ने भारत जस्तो ठुलो र शक्तिसाली राज्य मा त एउटा बिद्रोही ले हलचल र परिबर्तन ल्याउन सक्छ भने नेपाल मा सम्भब छैन र???अबस्य छ. सरकार,दल अर्थात् राज्यका सम्पूर्ण अंग लाइ साइज मा ल्याउने अधिकार,कर्तब्य र क्षमता तिनै थोक नागरिक संग छ.सुडान घोटाला काण्ड जस्तो जघन्य अपराध का अपराधि तिन गृह मन्त्रि कृस्न सिटौला,बामदेब गौतम,भिम रावल र सचिब हरु अनि तिनी हारु संगै जोडिएर आउने अन्य नेता तथा कर्मचारी हरु लाइ कारबाही गर्न गराउन छिमेकी ले देखाए जस्ता रचनात्मक बाटा हरु खोजेर अबलम्बन गर्न हामी ले नि ढिला गर्न हुन्न.

सबैले आबाज उठाऊँ:सुडानघोटाला काण्ड का सम्पूर्ण दोसी लाइ कारबाही गर

लेखक:बिपिन ओझा

Post a Comment

0Comments

Post a Comment (0)