किन बनेन संबिधान ???

0

Photo Source 

२००७ सालको परिबर्तनताका पनि संबिधान सभाको गुन्जायस नभएको होइन तर एक दम धिमा स्वरमा, तत् पश्चात नेकपा माओवादीको  जनयुदको शुरुवाती संगै फेरी संबिधान सभाको आवाज घन्किन शुरु भएको हो ! ज्ञानेन्द्रले सत्ताको बागडोर आफ्नो हातमा लिए पछी तत्कालिन संसदबादी दलहरु ज्ञानेन्द्र विरुद्ध  खनिदै थिए तर यो सब प्रभाव हिन भैरहेको थियो ! माओवादी,राजावादी र संसदवादी दल गरि नेपालमा तत्काललिन  तिन शक्तीहरु आफ्नो अस्तित्व स्थापना गर्न वा जोगाउन संघर्षरत थिए ! राजासँग जनता तथा मित्र राष्ट्रहरु सन्तुष्ट थिएनन यसैको फल स्वरूप भारतको पहलमा संसदवादी दलहरु र माओवादीका वीचमा सहकार्य गराई राजालाइ पाखा लगाउने बिसयलाइ भारतले सहयोग गर्यो फल स्वरूप बाह्र बुद्दे सम्झौता सम्पन्न भयो ! सम्झौतामा बाह्र ओटा बुंदा भए पनि त्यो दुई बुंदे सम्झौता थियो एक राजा लाई पाखा लगाउने र दोस्रो माओवादी शान्ति पूर्ण राजनीतिमा प्रवेश गर्ने ! यी दुवै सम्झौता कार्यन्वयनका लागि मध्यमार्गी बाटो संबिधान सभा लाइ बनाउने भनि सम्झौता भित्रको अर्को सम्झौता भएको हो ! संबिधान सभाको चुनाब गर्ने भनि कुनै स्वतन्त्र सम्झौता भएको भने थिएन किनकि संबिधान सभा कसैको चाहना नभई बाध्यता बनि सकेको थियो ! संसदवादी दललाइ आँफू सचिएको देखाउनु थियो भने माओवादीलाइ दशक लामो र हजारौंको बलिदानी भै सकेको युद्दको अन्त्य गर्ने आधार चाहिएको थियो ! खैर वास्तविकता जे भए पनि संबिधान सभाको चुनाब सफलता पुर्बक सम्पन्न भयो यसको आधिकारिक समय दुई वर्षमा संबिधान बन्न नसके पछी थप एक बर्स समय तानियो तर त्यो तनुवा समयमा पनि कुनै लछारपाटो लागेन ! आखिर किन बन्न सकेन त संबिधान ??? मुख्यतया संबिधान बन्न नसक्नुका प्रमुख तिन कारण छन

१.कसैको चाहाना नहुनु : माथि पनि उल्लेख गरिसकिएको छ कि संबिधानसभा प्रति कसैको चाहा थिएन भनेर ! संबिधानसभासँग  सम्बन्धित दुई पक्ष छन माओवादी र तत्कालिन संसदवादी दलहरु ! संसदवादी दलहरु संबिधानसभा बिरोधि थिए भन्ने कुरा राजा ज्ञानेन्द्रले कु’गर्नु अघिका तिनका गतिबिधि र बक्तब्यहरु हेर्दा प्रमाणित हुन्छ ! संबिधानसभा त संसदवादी दललाइ फेरी जनता सामु अनुमोदित हुने बहाना मात्र थियो ! अनि संबिधानसभाको जननीको गाम्चा ओडेको माओवादी पनि कहाँ संबिधान सभाको पक्षमा थियो र उ त संबिधान सभालाइ क्रस कार्डको रुपमा प्रयोग मात्र गरिरहेको थियो ! किन भन्नुहोला एक पल्ट सोच्नु होस्त..... माओवादीले चाहेको जनबादी राज्य सत्ता के संबिधानसभा बाट सम्भब थियो त ? संबिधानसभा चुनाब पछी माओवादीले संबिधानसभा प्रति देखाएको गैरजिम्मेवारिपनले पनि स्पष्ट पार्छ कि माओवादी  संबिधान सभा बिरोधि थियो ! संबिधानसभाको सबै भन्दा ठुलो दल भैरहदा उसले गरेको जनविद्रोहको प्रयास र उसले शान्ति तथा संबिधान बिसयलाइ अल्पमतमा पारि जनविद्रोहको लाइन पारित गर्दा माओवादीलाइ कुन कोणबाट संबिधानसभाको पक्षधर भन्न सकिन्छ ? संबिधानसभाको आधिकारिक समयाबधि सकिएर थपिएको एक वर्ष पनि सकिन लाग्दा मात्र नेकपा माओबादीले आफ्नो मूल एजेन्डा शान्ति  तथा संबिधान लाई बनाएको छ त्यो पनि जनविद्रोहको लाइन लाइ स्थगित मात्र गरेर यसको अर्थ यो हुन सक्छ कि सत्ता समिकरण परिबर्तन हुनासाथ उ फेरी आफ्नो मूल एजेन्डा जनविद्रोहलाइ बनाउन सकोस ! संबिधानसभा बिरोधि भए पनि माओवादीले संबिधानसभाको माग किन यति प्राथमिकताका साथ गरेको थियो त ? संबिधान सभा देखि तत्काल राजा तथा तत्कालिन संसदवादीदलहरु सारै डराएका थिए र यो बिद्रोहको औचित्य पुस्टि गर्नका लागि पनि अत्यन्त सरल माग थियो ! हो, त्यसैले माओवादीले सबिधानसभाको ओठे भक्ति देखाएको हो !
२.बदलाको भावना : संबिधानसभा चुनाबबाट एमाले र कांग्रेस साँघुरिएका अबश्य छन तर त्यो भन्दा डरलाग्दो पारामा उसका प्रमुख र शक्ति साली नेताहरुले चुनाब हारेका छन यसले उनिहरु संबिधानसभासँग बदला लिन चाहन्छन ! अवश्य संबिधानसभा असफल भयो भने चुनाब जितेका नेताका तुलनामा चुनाब हारेका नेता सफल मानिनेछन ! एमाले र कांग्रेसका केन्द्रिय हस्तीहरुको सट्टा माओवादीका नामै नसुनिएका नेतालाइ भोट दिएर जिताउने नेपाली जनताले जुन निर्णय गरेका थिए त्यो निर्णय ठिक थियो भनेर पुष्टी गर्न जितुवाहरु असफल भए भने त्यो निर्णय गलत थियो भनेर पुस्टि गर्न हारेकाहरु सफल भए ! हिंजो चुनाब हारेकाहरु प्रमाणित गर्न चाहान्छ्न की हामी नभए देश असफल हुन्छ ! अनपेक्षित रुपमा चुनाब जितेकाहरुले आफ्नो औचित्य पुष्टी गर्न सकेनन ! दुई-दुई ठाउंबाट चुनाब हारेकाले संबिधान बनाउन दिएनन भन्ने बिसय सामान्य नहोला तर दुई-दुई ठाउं बाट चुनाब जितेकाले पनि संबिधान बनाउन चाहेनन भन्ने बिसय सामान्य हुन सक्दैन ! जनताले पुराना केहि नेता लाई बिदा दिन चाहेका थिए तर उनीहरुको ठाउं लिन सक्न्ने अर्को नेता कोहि निस्किएन ! संबिधानसभाको असफलता संगै जनतामा अर्को दबाब परेको छ कि, उनीहरु अब आफुले चाहेको मान्छे लाइ हराउन वा जिताउन पाउने छैनन किनकी अब यो नजिर बनेको छ कि स्थापित नेता लाइ चुनाब हराउनु हुँदैन, यो अत्यन्त महँगो नजिर बन्नेछ नेपाली  राजनीतिमा !
३.विश्वासको अभाब : विश्वासको आधारमा नै संबिधानसभाको चुनाब सम्पन्न भएको थियो र संबिधान जारी गर्न पनि विश्वासको  वाताबरण आबश्यक थियो तर जब चुनाबको परिणाम सार्बजनिक भयो तब माओवादीलाइ विश्व बिजेताकोको झैँ उन्मादले गाँज्यो भने अन्य दललाइ लघुताभासले ! नेपाली राजनीतिमा दुर्भाग्य त्यति बेला शुरु भयो जति बेला नेपालको प्रथम राष्ट्र पतिको चयन गरियो ! अवश्यमेव नेपालको राजनीतिमा गिराजा प्रसाद कोइराला तथा माधब कुमार नेपाल राष्ट्रपति बन्नै नहुने वा बन्नै नसक्ने व्यक्ति थिएनन तर जब यी दुवैको विकल्पमा माओवादीले राम राजा प्रसाद सिंहलाइ प्रस्ताब गर्यो यो सम्पूर्ण नेपालको बेईजत्ति थियो ! नेपालको प्रथम राष्ट्रपति  बन्ने के योग्यता देख्यो माओवादीले रामराजामा ?? नेपालको राष्ट्रपति  बन्नको लागि के योगदान छ उसको नेपाललाइ ??? राष्ट्रपतिकालागी स्वयम प्रचण्ड वा बाबुरामको नाम प्रस्ताब गरिन्थियो भने सह्य  हुन सक्थ्यो तर जुन पात्रलाइ माओबादीले प्रस्ताब गर्यो त्यसले सहयात्री दलका नेताको अबमुल्यन गर्यो, यसैको प्रतिफल हो प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी नहुनु र एमालेका केपी माधब समुहको सहयो पाउन नसक्नु ! यदि साच्चै सहयात्रा गर्नु थियो भने प्रचण्ड प्रधान मन्त्रि बने पछी गिराजा प्रसाद कोइराला लाई राष्ट्रपतिमा सहर्स स्विकार्न सक्नुपर्दथ्यो  र एमाले लाइ पनि सम्मान जनक स्थान दिन सक्नु पर्दथ्यो ! जब माओवादीले सहयात्री दललाइ अबमुल्यन गर्ने खेल शुरु गर्यो तब देखि विश्वासको  रथ पनि तत्क्षण ध्वस्त भयो !
जसका कारण आज सम्म देश संविधान विहिन भएर निकै ठुलो चक्रब्युमा फसी रहेको छ !

लेखक : बिपिन ओझ

Post a Comment

0Comments

Post a Comment (0)