कोहोवरा गाविसद्वारा आदिवासीका लागि तालिम तथा अनुदान !

0

झापाको कोहवरा गाविसले आदिवासी जनजाति समुदायका महिला तथा पुरुषहरुका लागि विभिन्न सिपमूलक तालिम तथा अनुदानको व्यवस्था गरेको छ । गाविसले ११ जना पुरुषहरुलाई मोटर ड्राईभिङ सिकाएको छ भने महिलाहरुलाई अत्मनिर्भर बनाउन ६ वटा लुगा सिलाउने मेसिन खरिद गरेको छ ।

आदिवासी-जनजाति समुदायका युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सो शिप सिक्न अनुदान दिईएको गाविस सचिव टंक दुलालले बताए । सोका लागि गाविसले आदिवासी जनजाति महासंघ गाउँ समन्वय समितिलाई १ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
महिला सशक्तिकरण अन्तर्गत १ लाख रुपैयाँको लागतमा खरिद गरिएका ती लुगा सिलाउने मेसिनमा दैनिक ३ चरणमा १८ जनाले शिप सिकिरहेका छन् ।
Via : पूर्वेली टाइम्स !

Post a Comment

0Comments

Post a Comment (0)