बैदेशिक रोजगार सहकारीमा लगानीको आधार !

1

मुलुकको कमजोर अर्थतन्त्र, बेरोजगारी, असुरक्षा र राजनैतिक अस्थिरताका कारण अधिकांश शिक्षित, अर्धशिक्षित तथा पौराखी हामी युवा-युवतीहरु बिदेशिन बाध्य छौ ! यदि यहि क्रम जारि रहिरहनेहो भने अहिलेको परिस्थितिमा बिदेश बाट भित्रिएको रेमिट्यान्सले मुलुकको कम्जोर अर्थतन्त्र धानेकोछ भने भोलि त्यहि अर्थतन्त्र पनि धान्न नसक्ने अवस्था नआउला भन्न सकिन्न ! स्वदेशमै दिर्घकालिन, महत्वाकांक्षी र रोजगारमुलक योजनाहरु बाट मात्र मुलुकको अर्थतन्त्र मजबुत हुन सक्छ ! नेपाल सरकारले आफ्नै मुलुकका श्रोत, साधन र जनशक्तिहरु प्रयोगगरी बेरोजगार युवा-युवती हरुलाई स्वदेशमै रोजगारको शृजना गरि बिदेशिन निरुत्साहित गरि बैदेशिक रोजगारलाइ ब्यबस्थित गर्नुको सट्टामा बिदेशबाट भित्रने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको ब्याख्या गर्दै युवाहरुलाई बिदेशिन उक्साइरहेको अवस्था हामि सबैमा सर्वबिधितै छ ! मुलुकमा भएभरका सम्पूर्ण युवा जनाशक्तिलाई यसरी नै विदेश तिर मात्र धकेलेर मुलुकको अर्थतन्त्रमा सुधार आउने देखिदैन !
देशको बिकाश र रोजगारीको लागि राज्यको मात्र मुख ताक्नु भन्दा पनि हामी स्वयं युवा शक्ति पनि सचेत हुनु जरुरि छ ! परिबर्तनशील समय संगै नया सोच र अवधारणाका साथ अगाडी बढ्नु आजको आबस्यकता हो ! समुन्नत राष्ट्र निर्माणको लागि नेपाल जस्तो बिकासउन्मुख मुलुकका लागि आर्थिक क्रान्ति अपरिहार्य छ ! बिशेशत निम्न आय भएका अधिकांश युवाहरुका लागि धेर थोर जति कमाइ भएपनि खाडी मुलुकहरु यतिबेला सबैको पहुच पुग्ने प्रमुख रोजगारीको गन्तब्य बनेको छ ! बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा छरिएर रहेका नेपाली युवा-युवतीहरु मध्ये धेरै क्षेत्रगत, पेसागत, जातीय, तथा बैचारिक दृष्टिले खोलिएका सामाजिक संघ संस्था हरुमा आबद्द छन् भने केहि सामुहिक बचत तथा बित्तिय संचालनमा संलग्न छन् ! यसरि क्रमिक रुपले जातीय, क्षेत्रीय, पेशागत र बैचारिक रुपले नै भएपनि एक-आपसमा संगठित हुनु अटन्यत सकारात्मक पक्ष हो ! भैपरी आउने समस्या समाधान र सामाजिक सेवा भाबले खुलेका यी सामाजिक संघ-संस्था हरुमा आबद्द हुनु र आबस्यकता अनुसार सर-सहयोगको भावना लिनु अत्यन्तै सबल पक्ष्य हो ! तथापि सामाजिक संस्थाका नाममा कतिपय ठाउमा बिकृति हरुपनि नभएका होइनन रयदाकादा यस्ता अपबाद लाइ छोडेर हेर्ने हो भने सामाजिक संघ-संस्था कों मध्यम बाट अत्यन्तै सकारात्मक रुपमा गाउ/नगरका मठ-मन्दिर, बिद्यालय, बाट-घाटा फलैचा-चौतारा तथा एम्बुलेन्स जस्ता अत्याबस्यक कुरामा लगानी गरि बिकाश-निर्माणमा प्रत्यक्ष्य रुपमा टेवा पुर्याउदै छन् भेने समय समयमा राजनैतिक रुपमा खबरदारी गर्न पनि पछाडी हटेका छैनन् ! यसरीनै समय संगै सहकारी लाइ पनि अगाडी बढाउनु आजकोआबस्यकता भैसकेको छ ! यहि अबधारणाकों बिकाश गर्दै क्षेत्रगत तथा पेशागत स्तरका उत्साही युवाहरु मिलेर सामुहिक बचतका कार्यक्रमहरु ल्याउनु जरुरि छ ! कतिपय मुलुकमा नेपालीहरुले सहकारी खोल्न सक्ने प्राबधान नभएपनि आपसी विश्वास र समझदारीका आधारमा अप्रतक्ष रुपबाट सहकारीकों सिद्दान्त अनुरुप सामुहिक बचत संकलन तथा सदस्यहरुमा ऋण प्रबाह गर्न सकिन्छ ! आजका युवाको बाध्याता बैदेशिक रोजगार, बर्तमानको पहिचान सामाजिक संस्था र सुनिस्चित भबिस्यकों आधार सहकारी अबधारणा ! बर्तमान परिप्रेक्क्षमा एकजना सामान्य आय भएको व्यक्तिले मात्र लगानी गरेर कुनै आयमुलक र रोजगारमुलक कार्यकों थालनी गर्न सम्भब छैन तसर्थ बदलिदो समय संगै सम्पूर्ण श्रमजिबी नेपालीहरुले बिदेशमै रहेपनि र एकै चोटी लगानी गर्न नसकेपनि क्रमिक रुपमा हरेक महिना आफ्नो करार आवधिभर धेर-थोर सामुहिक रुपमा बचत गर्ने र निश्चित समय अवधि पस्चात कुनै आयमुलक र रोजगारमुलक कार्यमा सामुहिक लगानी गर्ने हो भने स्वदेश फर्केपछि फेरी विदेश नै जानुपर्ने अवस्था रहदैन भने अर्को तिर प्रबासमा हुने अनाबस्यक फजुल खर्च कम हुदै जाने र थोरै भएपनि बचत गर्ने बानीको बिकास हुन्छ !

लेखक : प्रकाश पराजुली (सल्लाहकार) प्रबास-कोहबरा सम्पर्क मंच

Post a Comment

1Comments

  1. प्रकाश जी! समय सान्दर्बिक लेख लग्यो

    ReplyDelete
Post a Comment