...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

प्रवास -कोहबरा सम्पर्क मञ्चको आयोजनामा भव्य सास्कृतिक कार्यक्रम !

Posted on
  • 11 May 2011
  • by
  • Kohabara Online
  • in
  • यहि २०६८ साल जेष्ठ २ गते सोमबार तदनुसार १६ मे २०११ का दिन श्री भद्रकाली उच्च माध्यामिक विधालय कोहबरा-२ झापामा, भव्य रुपमा "अन्तर विधालय खुल्ला नृत्य प्रतियोगीता" हुने भएको छ ! उक्त कार्यक्रमको व्यवस्थापन श्री भद्रकाली उच्च माध्यामिक विधालय , आयोजक प्रवास-कोहबरा सम्पर्क मञ्च, दोहा - कतार र संयोजक ’'प्रवास-कोहबरा सम्पर्क मञ्च, दोहा - कतार' को कोहबरामा गठित उप समितिले गर्ने'छ ! कार्यक्रममा कोहबरा गा.बि.स मा सञ्चालीत सम्पूर्ण सरकारी तथा निजि विधालयहरुलाई निमन्त्रणा रहेको छ ! विधालयहरुको सहभागी उत्साहजनक रुपमा हुने र सम्पूर्ण तयारीहरु पुराभई सकेको उक्त बिधालयका बिधालय प्रमुख श्री रेब लाल श्रेष्ठले बताउनु भएको छ !उक्त सास्कृतिक कार्यक्रम आयोजना गर्नु हाम्रो मञ्चको उद्देश्य भनेको विधार्थीहरुमा रहेको अन्तर निहित प्रतिभा (शृजना) लाई प्रस्फुटित गराउनु, समाज सेवा प्रति सबैको चासो बढाउनु तथा आपसी सम्बन्ध सुधार गराउनु र हाम्रो मञ्चको बारेमा स्थानीय तहमा जानकारी दिनु रहेको छ !

    सम्प्रेषक : ओम बहादुर बोगटी

    0 प्रतिक्रियाहरु:

    Post a Comment