अभियान भित्र को अभियान

0

भारत बाहेक का बिदेशी भुमि मा करिब पच्चिस लाख नेपालि युवा जन शक्ति क्रियाशील छ भन्ने आंकलन छ.समाज परिबर्तन को मुख्य कारक भनेको पुस्ता परिबर्तन हो तर नेपाली समाज को युवा जन शक्ति बिदेशिएका ले सम्मुर्ण समाज को जिम्मे वारी आज भन्दा पचास वर्ष अगी को पुस्ता मा निहित छ यो नै समाज परिबर्तन का लागि प्रमुख समस्या हो.साथै युवा जन शक्ति को पलायन संगै सामाजिक अशुरक्षा बढेको छ भने स्थानीय उत्पादन घटेको छ,युवा शक्ति को अनुपस्थिति मा भ्रस्टाचार बढेको छ,कुशासन ले प्रसय पाएको छ.समग्र मा भन्नु पर्दा नेपालि समाज मा युवा जन शक्ति को ठुलो अभाब खट्किएको छ तर यो कसैको रहर ले भएको होइन सिमित राजनीतिज्ञ को निहित स्वार्थ का कारण नेपालि युवा जन शक्ति आफ्नो बस्ति मा युवा सुन्यता निर्माण गर्न बाध्य छन.

आफ्नो अबस्था,बाध्यता र कर्तब्य लाइ ख्याल गर्दै कतार को गर्मि ले भन्दा पनि आफ्नो गाउँ को मायाले पोलेको केहि कतार मा कार्यरत कोहबरेली मन हरु को प्रयास मा समाज परिबर्तन का लागि सचेत भै सहकार्य गर्ने उदेश्य ले “प्रबास-कोहबरा सम्पर्क मंच – दोहा कतार” स्थापना भएको हो तर यो मंच कतार का कोहबरेली हरुको मात्र होइन यो आम कोहबरेली हरुको साझा मंच को रुप मा रुपान्तरित हुन अत्यन्त आतुर छ.

मंच ले गत जनवरी मा अधिबेसन गरि “हाम्रो अभियान एक वर्ष मा एम्बुलेन्स संचालन” भन्ने नारा का साथ कोहबरामा यहि २०११ भित्र एम्बुलेन्स संचालन गर्ने पहिलो र महत्वाकांक्षी योजना पारित गरेको छ.यदि यो योजना सफल भयो भने कोहबरामा एउटा एम्बुलेन्स मात्र भित्रिदैन एम्बुलेन्स का साथसाथै एउटा नया सोच पनि भित्रिने छ जसले आफ्नो गाउँ आफै ले बनाउनु पर्छ र यो सम्भब पनि छ भन्ने कुराको पुस्टि गर्दछ.बिकाश का निमित्त बर्सौ देखि सरकार को तथा दात्री निकाय को मुख ताक्ने प्रवृति को अन्त्य गर्ने छ.समाज परिबर्तन का निमित्त यो कार्यक्रम एक नजिर बन्ने छ.

सार्बजनिक काम गर्छु भन्न सजिलो छ तर गर्न गाह्रो छ भन्ने कुरा लाइ सायद प्रमाणित गरि रहनु नपर्ला.कतार स्थित नेपालि राजदुतावास मा “प्रबास-कोहबरा सम्पर्क मंच”दर्ता गर्दा यसको दर्ता नम्बर एक सय सोह्र परेको छ त्यस पछी पनि अरु दर्ता नम्बर सायद थपिए होला.सायद सम्पूर्ण नेपालि सामाजिक संघ संस्था गन्ति गर्न सम्भब छैन तर तिनीहरुको उपलब्धि का बारे मा हामि सबै जानकार नै छौ.त्यसैले हामि ले पानि सोच्नु पर्छ कि हाम्रो अभियान सिर्फ नारा मा मात्र सिमित नहोस र यसका लागि अर्को अभियान संचालन गर्न जरुरि छ “अभियान भित्रको अभियान”

हामि मंच लाइ सम्पूर्ण कोहबरेली हरुको साझा चौतारी का रुप मा बिकास गर्न चाहन्छौ तर आफै भने केहि सिमित वार्ड तथा वार्ड को पनि केहि गाउँ टोल मा नै सिमित हुन्छौ.समग्र मंच लाइ व्यक्ति प्रचार का लागि प्रयोग गर्छौ,निहित अहम तथा घमण्ड लाइ मौलाउने अवसर दिन्छौ,अर्का ले गर्ने काम मा भरसक प्रमाण को खोजि गर्छौ तर आफु ले गरेको काम लाइ बिस्वाश को आधारमा स्वीकार्य हुनु पर्ने अडान राख्छौ भने यस्ता संकीर्ण सोचाई ले कसरि हामी अधिबेसन ले पारित गरेको अभियान पुरा गर्न सक्छौ त्यसैले माथि उल्लेखित कमि कमजोरी हटाउन एम्बुलेन्स संचाल को अभियान भित्र अर्को आत्म शुद्दी को अभियान संचालन गर्नु जरुरि छ.

लेखक-बिपिन ओझा

Tags:

Post a Comment

0Comments

Post a Comment (0)